फिलिपिन्स युवती काट्रियोना भईन मिस यूनिभर्स

२०७५ पौष २ सोमबार ०८:४८:०० मा प्रकाशित

मिस यूनिभर्सको उत्कृष्ट दशबाट नेपालकी मनिता आउँट

हलोखबर

halokhabar

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा भने मिस यूनिभर्सको फाईनलमा संघर्ष गरिरहेकी थिईन । तर, उनी उत्कृष्ट दशबाटै बाहिरिएकी छन् । 
मिस वल्र्डको उत्कृष्ट २० हुदै उत्कृष्ट दशसम्म पुगेकी थिईन । मिस वल्र्डमा श्रृंखला खतिवडा पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिईन । मिस यूनिभर्समा पनि मनिताको उपलब्धी चानचुने होइन । यसअघिका मिस नेपाल फस्ट रनरअपहरु कुनै पनि उत्कृष्ट दशमा पुग्न सकेका थिएनन् । उत्कृष्ट तीनमा फिलिपिन्स, साउँथ अफ्रिका र भेनेजुएला पुगेका थिए । जसमा मिस यूनिभर्स फिलिपिन्सकी काट्रिओना ग्रे, फस्ट रनरअप साउथ अफ्रिकाकी तमार्यान ग्रीन र सेकेन्ड रनरअप भेनेजुएलाकी श्रेफनी गुटीयायाराज भएकी छन् । 

थाईल्यान्डमा सम्पन्न यस बर्षको मिस यूनिभर्समा एक महिनाअघिदेखि भएको विभिन्न गतिविधिपछि आज फाईनल प्रतिष्पर्धा भएको हो । हुन त नेपालको चर्चा मिस वल्र्डमा झै हुन सकेको छैन । त्यही पनि मनिताले राम्रो पर्फमेन्स गरेपनि नेपालीको शिरमा मिस वल्र्ड वा मिस यूनिभर्सका ताज पहिरिएको हेर्न अझै कति समय लाग्ने हो ? अब मिस नेपाल सेकेन्ड रनरअप मिस इन्टरनेशनलमा प्रतिष्पर्धा हुन बाँकी छ । 

प्रतिकृया दिनुहोस

गाई किसानका कथाव्याथा समेटिएको चलचित्र गोपीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं, ५ पुस । नेपालमा चलचित्र बन्नेक्रम बढ्दो छ । वर्षमा औसत सयको हाराहारीमा चलचित्र बन्छ । तर, ति प्रायः मनोरञ्जन दिने उद्येश्यले निर्माण गरिएको

‘द आर्ट अफ फेसन ड्रपिङ’ क्याम्पमा सुन्दरीहरु (फोटो फिचर सहित)

काठमाडौं । पछिल्लो समय युवापुस्तामा फेसन क्रेज बढ्दो छ । यसैलाई लक्षित गर्दै विभिन्न फेसन कलेज र इन्स्टिच्यटहरु पनि खोलिने क्रम बढ्दो छ । यस्तै फेसन

अहिले जारी मिस यूनिभर्समा नेपालकी मनिता उत्कृष्ट दशमा पर्न सफल

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा