बहुउपयोगी अष्ट्रिच व्यासाय र यसका आर्थिक फाइदाहरु

२०७५ पौष १ आइतबार २०:१७:०० मा प्रकाशित

डा.केदार कार्की

halokhabar

उटको जस्तो  लामो तर, झिनो गर्दन भएको, जोड सँग  दौडन सक्ने तथा मरुभँमिमा  हुने ठँलो जातको पक्षी हो अष्ट्रिच । यो पक्षीलाई  नेपालीमा  सुतुरमुर्ग  भनिन्छ । यसलाई  संसारकै  ठँलो पक्षी तथा प्राणीहरूमा दोस्रो छिटो दौडन सक्ने जीवको रूपमा पनि लिइन्छ ।  यो ५० देखि ७० किमी प्रति घण्टाको गतिमा दौडन सक्छ ।  पक्षीहरूमा  सबैभन्दा  ठँलो  अण्डा  पार्ने  पनि  अष्ट्रिच  नै  हो ।  यसको अण्डाको तौल  करिब  १  दशमलव ५  केजी सम्मको हुन्छ ।  वयस्क  भाले अष्ट्रिचको उचाइ करिब १ दशमलव ८ देखि २ दशमलव ८ मिटर  हुन्छ  भने  पोथीको  उचाइ १  दशमलव ७  देखि २  मिटर सम्म हुन्छ ।  यसको  वजन  करिब १३० केजी  देखि १६० केजी  हुने  गर्दछ ।  भाले  अष्ट्रिचको प्वाँख पुरै  कालो र पुच्छर  सेतो  हुन्छ  भने  पोथीको प्वाँख  हल्का  बदामी तथा सेतो हुन्छ ।  घाँटी  भने दुबैको खाली र नाङ्गो  हुन्छ । 

अन्न, घाँस, साना साना बोट विरुवाका पातका साथै किरा फट्याङ्ग्राहरू पनि खाने हुनाले यसलाई वातावरण मैत्री  पक्षीको  रूपमा  पनि  लिइन्छ ।  खाना चपाउने दाँत नहुने हुनाले यसले खाना निल्ने गर्दछ ।  खाना  पचाउनको  लागि  स–साना  ढु्ङ्गाको  टुक्रा  पनि  खाने  गर्दछ ।  एउटा वयस्क अष्ट्रिचले  आफ्नो  पेटमा  करिब  एक  केजी  ससाना  ढु्ङ्गा  लिएर  हिँड्ने  गर्दछ ।  यो  पानी  विना कयौं  दिन  बाँच्न  सक्छ ।  ससाना  रुख  बिरुवाको  पातबाट  यसले  आफ्नो  शरीरलाई  आवश्यक  पर्ने  पानीको  मात्रा  पँरा  गर्दछ ।  अन्य  पशुपक्षीको  तुलनामा  यसको  आँखा  ठँलो  हुन्छ ।  आँखाको आकार  करिब  ५०  मी मी हुन्छ ।  यो  पक्षीको  जीवनकाल  सरदर  ४०  देखि  ५०  वर्ष सम्म  हुने  गर्दछ ।
  
अष्ट्रिचको  मासु  अन्य  पशुपक्षीहरूको  मासुको  तुलनामा  महँगो  हुने  भएकोले  अस्ट्रेलिया  लगायत युरोपका  देशहरूका साथै विश्वका विभिन्न देशहरूमा यसको व्यासायिक पालन गरिन्छ ।  अष्ट्रिचको रातो  मासुमा प्रशस्त प्रोटिन, आइरन, भिटामिन, मिनरल, ओमेगा ३ र ७ एवं अन्य स्वास्थ्यबर्धक प्राकृतिक  तìवहरू  पाइनुका  साथै  न्यँन  कोलेस्ट्रोल,  क्यालोरिज  एवं  कम  बोसो  हुने  तथा  जुनसुकै  बिरामीले  पनि  खान मिल्ने  भएकोले  मासु  पारखीहरू बीच यो निकै लोकप्रिय छ ।  अन्तर्राष्ट्रिय  बजारमा  अष्ट्रिचको  मासुको  मँल्य  ५०  डलर देखि  १००  डलर  प्रति  केजी सम्म पर्ने बताइन्छ ।  यो पक्षी व्यवसाय र प्रयोगको हिसाबले बहुमँल्य तथा बहुउपयोगी मानिन्छ ।  बच्चा कोरलिएको  करिब  दुई  महिनामै  मासुको  लागि बिक्री योग्य हुने अष्ट्रिचको  शरीरबाट  केही पनि खेर जाँदैन  भने  पनि  हुन्छ ।  यसको  अण्डा, आन्द्राभुँडी, छाला, बोसो, प्वाँख, रौं  सबै मँल्यवान हुन्छन् । 

अस्ट्रिचको अण्डा कखुराको अण्डा जस्तै विभिन्न परिकार बनाउन प्रयोग हुन्छ ।  दुई  दर्जन कुखुराको अण्डामा  पाइने तìवहरू एउटै अष्ट्रिचको अण्डाबाट प्राप्त हुने बताइन्छ ।  यसको छालाबाट जुत्ता, ज्याकेट, पर्स, ब्याग, बेल्ट आदि बनाउन सकिने भएकाले छाला छुट्टै मँल्यमा बेच्न सकिन्छ ।  बोसो विभिन्न क्रिम तथा शृङ्गारका  सामग्री  बनाउन प्रयोग हुन्छ ।  मिर्गौला, कलेजो र फोक्सो भुटनको परिकार बनाउन बिक्री हुन्छ भने आन्द्रा–भुँडी ‘ससेस’ बनाउन बिक्री गरिन्छ ।  हड्डीको  धुलो माछाको आहारामा प्रयोग हुन्छ भने प्वाँख र रौं हस्तकला तथा सजावटका सामग्री बनाउन प्रयोग गर्ने गरिन्छ। परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालन गाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामा विभिन्न खाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवा तथा संर्पकित रोगहरुको अचानक माहामारी देखा पर्नु जस्का कारण उत्पादन अचानक हास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् । अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक पशुपंक्षि पालन व्यवशायको रुपमा निकट भविष्यमा स्थापीत हुने सम्भावना देखिन्छ ।

अष्ट्रिचको उत्पती अफ्रिकामा भएको हो तर उड्न नसकने चरा प्रजातीले आफ्नो पद चिन्ह भारत नेपालमा पनिे यस चरा पालन व्यवशाय प्रति पशुपंक्षि व्यवशायीहरुको बढदो चासो ले पुष्टी गर्दछ ।अष्ट्रिच पालनमा लगानीको धेरै नाफा प्राप्त हुने संभावना देखिन्छ साथै लगानी उठने पनी । नेपालमा पहिलो पटक यस्को पालन उत्पादन अष्ट्रीच नेपाल प्रा।लि। ले शुरु गरेको छ । अष्ट्रिच राटाइटस  प्रजातीको चरा मध्ये पर्दछ ।यसको  मासु  अण्डा  बोसो  तेल  छाला  तथा प्वाख अती मुल्यवान  हुन्छन् ।स्वास्थ्य एंव व्यापारीक दृष्टिकोकोण बाट यी शान्त सर्तक चराहरु विविध खाले जलावायु जन्य अवस्थामा आफुलाई अभ्यस्त पार्ने क्षमता राख्दछन् ।यीनको  दाना आहाराहरु मा मुख्यत अन्न, अन्नका उप उत्पादन दाल जन्य उत्पादन र केही मात्रामा पोषीलो तर नरम  खाले घास मुख्य  हुन । यीनमा रोग प्रति रक्षा शक्ती यती बलीयो संग विकशीत हुन्छन कि अन्य पंक्षि प्र जातीमा बेला बेलामा देखा पर्ने संक्रामक तथा सरुवा रौगबाट सजीलै बचाउन सक्छन् । अष्ट्रिचको शरीरका प्रत्येक भाग व्यापारीक दृष्टिकोणले मुल्यवान हुने हुदा यस्का पालन एउटा साहसी कदम त हुन्छ नै होला ।यस्का विभिन्न  उत्पादनहरुको  मुख्य  विशेषताका  कारण  यो  पेशा  पनाउन  आर्कषित  गराउछ ।

 छालास्
 अष्ट्रिचको छाला धेरै नरम तथा मुलायम हुन्छ यस्को छालाको वाहिरी भाग प्वाख उर्मने ठाउमा केही उठेको थोप्ला जस्ता देखिन्छन् जस्ले गर्दा यस्को आकर्षण वढाउछ जस्का कारण अन्तराष्ट्रिय छाला उदयोगमा छालाजन्य शौखिन उत्पादनको लागी माग वढदो छ एउटा अष्ट्रिच बाट प्राप्त हुने छालाको मुल्य अन्तराट्रिय वजारमा सय देखि एक सय पचास अमेरीकी डलर पर्छ। अष्ट्रीचको शरीरको बिभीन्न भागबाट उपलब्ध हुने छालाबाट वेग्ला वेग्लै व्यापारीक प्रयोजनका  सामाग्री  बनाइन्छ जस्तै शरीरको छालाबाट कोट ज्याकेट जुत्ता पर्स जस्ता अती सुन्दर तथा शिल्पकलात्मक सामाग्री वनाउन सकिन्छ ।खुटटाको  छाला  सर्प अजीगर  जस्ता घस्रिने जीबको छालाको  आकृती जस्तै  देखिन्छ यो कम्मर पेटि नाडी पेटी तथा लुगामा नमुनाको रुपमा सजावटको रुपमा प्रयोग गरीन्छ ।

अष्ट्रिचको मासुस् 
अष्ट्रिचको मासुको प्रयोग आजभोली आम उपभोक्ता एव जनसमुदायमा स्वस्थ्यकार खादय सामाग्रीहरु प्रति जनचेतना भएको हुदा यस्को मासुको भाग वढ्दो छ। अन्य पशुपंक्षिमा बेला बेला देखा पर्ने विविध खाले संक्रामक सरुवा तथा संर्पकित रोगका कारण विकल्पको रुपमा यस तर्फ आर्कषित हुन पुगोका छन् हाम्रो आफ्नै परिवेशमा पनि परिसथीती फरक छैन अष्ट्रीचको मासुमा वोसो न्युन १।५ प्रतिशत भन्दा कम हुन्छ अरु खाले मासु सँग तुलना गर्दा यो गाढा रातो नरम तथा सुगन्धीत शिकार गरीने मृग चित्तलको जस्ता श्वादको हुन्छ जसबाट विविध खाले मासुका परिकार बनाउन सकिन्छ । यस्को मासुको सवाद थोरै समयम पकाउदा बढेर जान्छ बरु अन्य खाले मासु जस्तो गरी धेरै समय पकाये स्वाद खल्लो तथा मासु चामरो भएर जान्छ बढी प्रयोगमा ल्याइने मासुको लागी यस प्रजातीको भागहरु तीघ्राको मासपेशि तथा पिढयुको मासु पेशि मानीन्छ ।छाती तथा मेरुदण्ड तथा घाटीको मासु हाड सहित हुने हुदा झोल हालेर सुप खान सकिन्छ । यसको मासु कोलेस्टेरोल मुक्त पनी हुन्छ । 

अष्ट्रिचको फूलस्
अष्ट्रिचको फूल आश्चर्य लाग्दो गाढा सेतो रंगको वाहिरी आकृति फुलहरु पुग नपुग ८ देखि १० इन्च लम्वाइका हुन्छन् यीनको एउटा फूलको तौल ९ सय पचास देखि १२ सय पचास ग्राम सम्मका हुन्छन् यीनीहरु आफैमा सुन्दर कलाकारीता गरिएको पो जस्ता देखिन्छन्। अष्ट्रीचको खाली फुलहरु वाट विविध खाले कलात्मक वा शिल्पकलात्मक सामाग्री बनाउन सकिन्छ एउटा चराले बर्ष भरीमा कम्तीमा बीस बढीमा चालीस गोटा फूल पार्छ यीनको बलीयो बनौट कारण शिल्प कलाकारीताका लागी तथा वाहिरी गाढा रंगका कारण खन्य खाले रंग प्रयोग सजावट जन्य चित्र वाउन सकिन्छ जुन घरायसी एवं व्यापारी प्रयोजनका लागी विक्री गर्न सकिन्छ । यस  बाहेक अष्ट्रीचको फूलको खाली वोक्राको खोलबाट महिलाले लगाउने चुरा पोते नाक कानमा लगाउने गहनाका साथै भान्सामा प्रयोग हुने कपप्लेट पनि वनाएर व्यापारीक प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ। यस्को एउट खाने फुलको प्रतिगोटा ने रु २ हजार तथा खाली खोलको १००० पर्दछ। 

अष्ट्रिचको वोसोस्
 अष्ट्रिचको वोसो बाट उत्पादित तेल अष्ट्रिचको तेलमा पालमिटिग एसिड बाइस प्रतिशत पालमीटोलेइक एसीड पाच प्रतिशत स्टीइरिक एसिड आठ प्रतिशत ओलेइकएसीड त्रीचालीस प्रतिशत लीनोलेइक एसीड बीस प्रतिशत लीनोलेनीक एिसड दुइ प्रतिशत हुने गर्दछ । अष्ट्रीचको तेल भिटामीन ए र इ तथा ओमेगा एसीड तीन ६ र नौ को प्रचुरता भएको प्राकृतिक श्रोत मानीन्छ ।यसमा एन्टी इफलामेटेरी  गुणहरु हुने गर्दछ र छालामा दल्दा भीत्रसम्म पस्न सक्ने क्षमता पनी हुन्छ । अष्ट्रीचको तेल निम्न प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ साधारण मर्केको दुखेको साथै घाउ चाडै निर्को पार्छ प्रतिकुल मौसमी अवस्थामा वाहुरी तथा सुर्यको तापबाट छाला लाई रक्षा गर्ने हुदा छालामा लगाउने क्रिम लोशनको रुपमा प्रयोग गर्न सकिन्छ यो तेल लाइ सौन्र्दय प्रसाधन तथा स्वास्थय प्रसाधनका सामागंी जस्तै स्याम्पु सावन वनाउन प्रयोग गर्न सकिन्छ यस्को तेलले मुटुको धडकन रगतको चाप रगतजम्ने गर्भ ठह¥याउने शरीरका कृयाकलापलाई टेवा दिन्छ । यस्को तेल डण्डीफोर वाथको रोग जोर्नी रंवन्धी रोग फाइव्रोमाइएलजीया सीरोसीस खुटटाको पैताला फाटने जस्ता अवस्थाको उपचारको लागी प्रयोग गरिन्छ भने दाग खत वस्ने सो रोक्न तथा इकजीमाको उपचार तथा पूर्ण दुखाइ व्यवस्थापनको लागी उपयोगी मानीन्छ । त्यसकारण शुद्ध प्राकृतिक रुपमै प्रयोग गर्न सकिन्छ साथै सौन्र्दय प्रसोधन तथा औषधी जन्य उत्पादनगर्ने उद्योगमा खपतहुने गर्दछ अष्ट्रिचको तेलले जीवाणुको शंख्या बृद्धिमा अवरोध गर्दछ । यस्को तेल लगाउदा छाला च¥याउने पोल्ने जस्तो केहि हुदैन । 

अष्ट्रिचको प्वाखहरु 
अष्ट्रिचको प्वाखहरु यीनका प्वाखहरु आर्कषक खैरो रंगको मुलायम एर्लजी विहिनहुने हुदा यसबाट धेरै थरीका सामानहरु वनउन प्रयोग गर्न सकिन्छ यसको माग शोखका लागी उत्पादन गर्ने तथा कला हस्तशीपकला उदयोगहरुमा खपत हुने गर्दछ यीनहरु धुलो वढारने कुचो फिदर पयाड पंखा मास्क –मुकुन्डो ० रग लगाउन भन्दा पहिले सफा गर्ने सामाग्री मौसम प्रतिरोद्यक सामाग्रीहरु तकीया कोट ज्याकेट भीत्र प्रयोग गरीनुका साथै स्वीटर गहना तथा हस्तकलाका सामाग्री बनाउन सकिन्छ ।


अष्ट्रिचको पैतलाका नङग्राहरु 
अष्ट्रिचको पैतलाका नङग्राहरु नंग्राहरु रँगाएर अतीम रुप दिएर विभिन्न नमुना तयार पारी महिलाले लगाउने गहना वनाउन प्रयोग गरीन्छ ।
  नेपालमा अन्डा रु।२ हजार प्रतिगोटा, अन्डाको बोक्रा रु। १ हजार प्रतिगोटा, जिउँदो चल्ला रु। ७० हजार प्रतिगोटा, प्वाँखको रु।३० हजार प्रति केजी र छाला प्रति गोटा रु।आठ हजार ५ सयमा बिक्री भइरहेको छ ।  नेपालका विभिन्न स्थानका साथै राजधानीका तारे होटल तथा रेस्टुरेन्टहरूमा मात्रै दैनिक २० वटा अष्ट्रिचको मासु खपत हुने गरेको तर विदेश निर्यात गर्न केही कानुनी जटिलता रहेको छ । धेरै जसो आन्तरिक पर्यटक यो अष्ट्रिच फर्म अबलोकन गर्न छुटाउँदैनन् । व्यावसायिक अष्ट्रिच पालनबाट मासु र अण्डा उत्पादन हुनुकासाथै कृषि पर्यटन विकास समेत गर्न सकिने भएकोले देशका विभिन्न स्थानमा अष्ट्रिच पालनलाई प्रोत्साहित गर्न सके मासु र अण्डामा आत्मनिर्भर हुने लक्ष्य पँुरा हुन सक्छ ।  

अष्ट्रिच नेपाल प्रा.ली. रुपन्देहि, पशु स्वास्थ्य व्यावस्थापन  सल्लाहाकार
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३