तनहुँमा सुन्तला उत्पादन वृद्धि

२०७५ पौष १ आइतबार १६:४५:०० मा प्रकाशित

हलोखबर

halokhabar

तनहु, १ पुस । तनहुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । 

 

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँमा रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिए । अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएका थिए, यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यहाँमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा निर्यात हुँदै आएको छ । 

 

जिल्लाको राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आम्दनी गरेकाछन् । संयुक्त रूपमा सुन्तला खेती गर्दै आएका उनीहरुले यस वर्ष जिल्लामै सबैभन्दा बढी सुन्तला बिक्री गरेका हुन् । सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेको बताए ।

 

भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिए । व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले भनाई छ। उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य छ । देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

 

गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताएका हुन्। उनका अनुसार गत वर्ष गाउँपालिकाबाट रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको थियो । रासस
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३