बगर हरियाली बनाउन किसानलाई अनुदान

२०७५ मङ्सिर २९ शनिबार १७:०४:०० मा प्रकाशित

हलोखबर

halokhabar

दाङ, २९ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारीखेती गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताएका हुन् । 

 

पाण्डेले ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख बराबरको विभिन्न सहयोग गरिने बताए । त्यसैगरी व्यावसायिक रुपमा बसन्ती मकैखेती गर्ने किसानलाई पनि बीउको सम्पूर्ण अनुदान दिने र बजारीकरणका लागि सहयोग गरिने भएको छ । उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि आयोजना गरिएको कृषक भेलामा बोल्दै नगर प्रमुख पाण्डेले उपमहानरपालिकाको धारणा सार्वजनिक गर्नुभएको हो । उनले उपमहानगरपालिकालाई हरियाली बनाउन किसानलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि बगरखेतीको अवधारणा ल्याएको बताए । 

 

कार्यक्रममा किसानलाई बसन्ती मकै र बगरखेतीका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा कृषि शाखाका प्राविधिक सहायक शङ्कर न्यौपानेले बसन्ती मकै वर्षमा तीन बाली लगाउन सकिने भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसानलाई आग्रह गरे । 

 

प्राविधिक न्यौपानेले एक कठ्ठामा मकैखेती गर्नका लागि दुई हजार खर्च लाग्ने लाग्ने र रु १० हजारसम्म आम्दानी लिन सकिने जानकारी दिए । उनले तुलुसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा बगरखेतीको सम्भावना रहेको भन्दै लौका, तरबुजा र काँक्रालगायतको खेती गर्न सकिने भएकाले यसतर्फ लाग्न किसानलाई सल्लाह दिए । रासस
 

प्रतिकृया दिनुहोस

५२ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकले घोषणा गर्यो सहुलियतपूर्ण कर्जा कार्यक्रम 

काठमाडौं, ७ माघ । सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा नपाएको गुनासो यत्रतत्र सुनिने गरेको छ । कतिपय बैंकले अझै पनि किसानलाई सहुलियत ऋण दिन आनाकानी

दार्चुलामा यसवर्ष यूरोपबाट ल्याइएको साढे बाह्र हजार स्याउको विरुवा रोपिने

दार्चुला, ४ माघ । दार्चुला जिल्लामा चालु आर्थिक वर्ष भित्रै १२ हजार ६ सय स्याउका बोटहरु रोपिने भएको छ । जिल्लाका प्रधानमन्त्रि कृषि आधुनिकिकरण

कृषि अनुदान दुरुपयोगको सरकारले पुनः मूल्याङ्कन गर्ने

काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनः मूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन