‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

२०७५ मङ्सिर २९ शनिबार १२:०१:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य क्षेत्रको विकास भने अझै हुन सकिरहेको छैन । कुखुराको मासुकालागि चितवन राजधानी कै रुपमा चिनिन्छ । यहाँका साना कुखुरा पालक किसानहरुका हकमा भने अझै सुधार हुन सकिरहेको छैन । 

नेपाल कुखुरा पालक किसान संघका सबै शाखा अहिले आन्दोलित छ । उनीहरु अहिले साना कुखुरा पालक किसानको हकहितमा संघर्षरत भएका हुन् । ठूलो माछाले साना माछालाई खाईदिन्छ भने झै साना कुखुरा पालक किसानको अवस्था पनि त्यस्तै भईरहेको छ । कुखुरासंग सम्वन्धित अन्य क्षेत्रहरु जस्तै ह्याचरी संघ, नेपाल दाना उद्योग संघ, कुखुराकालागि आवश्यक औषधी व्यवसायी संघ, मासु व्यावसाय संघ, पोल्ट्री कल्याणकारी संघ, दाना व्यापारी लगायतका थिचोमिचो र हेपाहा प्रवृतिले साना कुखुरा पालक किसानहरु अन्यायमा पर्दै आएका हुन् । तर, अण्टा उत्पादक संघको हालत पनि साना कुखुरा पालक किसानको जस्तै भएको नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए । 

अध्यक्ष पौडेलका अनुसार विशेषत मूल्य निर्धारण, राष्ट्रिय अनुगमन तथा खोर काटाको व्यवस्था हुनुपर्ने मुख्य माग हो । सरकारले यसको व्यवस्था नगरेसम्म आन्दोलत झनै चर्किने चेतावनी दिन्छन्, अध्यक्ष पौडेल । उनी प्रश्न गर्दै भन्छन्,‘साना कुखुरा पालक किसान दिनानुदिन मर्ने अनि त्यससंग सम्वन्धित निकाय झन मालामाल हुने ?’ साना कुखुरा पालक किसानलाई ह्याचरी, दाना, औषधी व्यवसायी, कुखुरा मासु व्यवसायी लगायतका सम्वन्धित निकायले थिचोमिचो गरेको कारण यस्तो आन्दोलन गर्नु परेको आन्दोलनकारीहरु बताउँछन् । 

आन्दोलनकै क्रममा सिन्धुली पुगेका अध्यक्ष पौडेलका अनुसार ३० रुपैया उत्पदन कष्ट लाग्ने चल्ला ६०, ७० मा किन्नुपर्ने, दानामा प्रति केजी दश रुपैँया तिर्नुपर्छ, मासु पनि चितवनमा १४० तथा काठमाडौंमा १८० रुपैँयामा विक्री गर्नुपर्छ । तर, विक्रेताले प्रति केजी मासु किसानबाट किनेको मूल्यमा थप एक सय बढाएर उपभोक्तालाई विक्रीवितरण गर्दै आएको छ । पौडेलका अनुसार यहाँ किसान पनि मारमा छन्, उपभोक्ता पनि । बिचमा ‘दलाली विचौलिया’हरु मात्रै मालामाल हुने अवस्था छ । यसको अन्त्यका निम्ति पनि सरकारले चासोँ दिनुपर्ने साना कुखुरा पालक किसानको माग रहेको छ । साना कुखुरा किसानलाई प्रति एक केजी मासु उत्पादन गर्न एक सय ७० रुपैँया लाग्छ । तर, महंगो दाना, औषधी, मेन पावल लगायतको खर्चले गर्दा साउँ पनि नउठ्ने संभावना रहेको पौडेलले जानकारी दिए । घाटामा विक्री गर्नु परेको हुदा यसको अन्त्यका लागि पनि सरकारले आखाँ खोल्नुपर्ने माग उनको छ । 

ठूला कुखुरा पालक किसानले भने एक लाख वटासम्म कुखुरा पालिरहेका छन् । उनीहरुमध्ये धेरैको भने आफ्नै दाना फ्याक्ट्री, औषधी उपचार गर्ने चिकित्सक, आफ्नै बजार भएका कारण उनीहरु समस्यामा छैनन् । यही आन्दोलनका क्रममा साना कुखुरा किसानहरुले गत पुस १ गते चिक्स होली डे मनाउँन समेत सुरु गरेका छन् । धेरै किसानले पुस १ गतेदेखि आफ्नो खोरमा चल्ला हालेका छैनन् । 
 

प्रतिकृया दिनुहोस

उखु किसान मारमा, मालिक चिनीको भाउँ बढाउने दाउँमा !

नवलपरासी पश्चिम, ५ माघ । नवलपरासी पश्चिम जिल्लाका मुख्य तीनवटा चिनी मिलहरू सिजनको दुई महिना वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा नआएका कारण उखु

अनुदान दुरुपयोगको एउटा प्रमाण पेस गर्दै कृषि मन्त्रीलाई सञ्जय पन्थी प्रश्न, ‘कसरी अनुदान दुरुपयोग हुन्छ, जानकार हुनुहुन्छ मन्त्री ज्यू ?’

मन्त्री ज्यु, तपाईको निर्वाचन क्षेत्रको मतदाता भएकोले कृषि मन्त्रालयको अनुदान र कार्यक्रमबाट कसरी लाभान्वित बन्ने चेष्टा हुनुपर्ने हो ? तर, मलाई कसरी

विधेयक पारित भए, ‘खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेलाई  जरिवाना’

सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन