कृषि उत्पादन बढाउन निःशुल्क माटो परीक्षण

२०७५ मङ्सिर २८ शुक्रबार १६:२७:०० मा प्रकाशित

हलोखबर

halokhabar

झापा, २८ मङ्सिर । अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ । नगरले माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि आज शिविर नै सञ्चालन गरेर माटोको नमूना परीक्षण गरेको हो । 

 

नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख हरि रानाले जानकारी दिए । नगरपालिकाअन्तर्गतका ११ वटै वडामा खेती गर्दै आएका ७१ जना किसानको जमीनको माटो प्राविधिक विशेषज्ञसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा माटोमा अम्लियपन नभएको र माटोको छारियपन पाइएको माटो विशेषज्ञ हरि भुजेलले बताए । 

 

भुजेलका अनुसार माटोमा एकदेखि १४ पिएचसम्म अम्लियपनाको मापन गरिन्छ । माटोमा ६.५ देखि ७.६ पिएचसम्मको मात्रालाई ठीक अर्थात् माटोका लागि अनुकूल अम्लीयपना भएको मानिन्छ । 

 

परीक्षणले क्रममा कतै ४.५ सम्म र कुनै स्थानमा नौ पिएचभन्दा बढीमात्रामा अम्लियपना देखाएको तथ्याङ्क भेटिने गरेको उनले बताए । चालू बर्षदेखि नगरले वडा नं ८ मा कृषि उत्पादन पकेट क्षेत्र मानेर कार्यक्रमसमेत शुरु गरिसकेको छ । रासस
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३