टुल्कीलाई फाप्यो ‘पैँचो बाख्रा पालन व्यावसाय’

२०७५ मङ्सिर २८ शुक्रबार ०८:५७:०० मा प्रकाशित

हलोखबर

halokhabar

बागलुङ, २८ मंसिर । बागलुङ, दमेक–८ कि टुल्की थापा सापकोटा जल्दोबल्दो महिला हुन् । जल्दोबल्दो बन्न उनले कम्ती मेहनत गर्नु परेको छैन् । हुन त मान्छेहरुले दुःख गरेको खासै देख्दैनन्, सुख पाएको मात्रै देख्ने हाम्रो समाजलाई टुल्की एउटी गतिलो झापड हो । पैचों लिएर बाख्रा पालन गरेकी टुल्कीले पाँच बर्षको तुलनामा यथेष्ट रुपैया कमाउँन सफल भएकी छन् । उनले एक एनजिओबाट लिएको १२ वटा ब्राखाको स्याहार सुसार गरेर हुर्काउन थालेपछि उनको परिचय पनि परिवर्तन हुन थालेको हो । भन्छिन्, ‘उद्यमी बन्न धेरै गाह्रो छैन । हामी त अल्छि गछौ र कुनै संभावनै देख्दैनौ ।’ केही समय मेहनत गर्ने हो भने सधैकोलागि संभावनाको ढोका खालिने विश्वास उनको छ ।

टुल्कीको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिन्छ । व्यावसायिक रुपमा सुरु गरेको बाख्रापालनले उनलाई यो अवस्थामा ल्याईपुर्याएको हो । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको हो । 
‘मुख्य पेसा बाख्रापालन ने हो, राँगो र कुखुरा पनि छ’, टुल्कीले भनिन्, ‘योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेका छौँ, आम्दानी राम्रो छ ।’ पशुपालन र कृषिबाट वार्षिक चार लाख रुपैँयासम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । अव उनको अर्को उद्येश्य मौरीपालन गर्ने रहेको छ । 

सानो खरले छाएको घर, थोरै जग्गा–जमिन भए पनि टुल्कीका परिवारले परिश्रमबाटै राम्रो उन्नती गरेको छिमेकीहरु बताउँछन् । ‘म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो’, टुल्कीले भनिन्, ‘घरपरिवारले हामीलाई अलग्गै राखे, ठूलो दुःख, पीडा झेल्यौँ ।’ पति भैरवप्रसाद सापकोटामा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत भासिए । त्यसपछि उनको थाप्लोमा यि सव कुरा आईपरेको हो । तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्केर आएका पति भैरवप्रसादले भने, ‘श्रीमती मेलापात जाने गर्थिन् म भारी बोक्ने र हलो जोत्ने गर्थे । घरको बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन समस्या थियो ।’

 घरको काममा श्रीमानले पनि पूर्णरुपमा सघाउँदै आएको टुल्की बताउँछिन् । घरमा रहेका पाँच छोरी पनि परिश्रमी छन् । उनीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ, टुल्कीले भनिन् । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा पाँच लाख रुपैँया बचत छ । अहिले उनीसँग रहेका ३० वटा बाख्रामध्ये आठवटा ब्याउने भएका छन् । ‘एउटा बाख्रा ९/१० महिना पुगेपछि बेच्छौँ, एउटा बोका–खसी रु १५ देखि २० हजार मूल्यमा बिक्री हुन्छ’, टुल्कीले भनिन् । बाख्रासँगै कुखुरा, मह, भाँगो, तरकारी बेचेर पनि राम्रोे आम्दानी भएको छ । टुल्की हेफरले नेपालले दिने ‘स्वर्णीम प्रतिभा पुरस्कार’ बाट समेत गतवर्ष पुरस्कृत भएकी थिईन् । 

हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्कीजस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए । 
 

प्रतिकृया दिनुहोस

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

    घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करिब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर

सुन्तलाका बोट सुक्न थालेपछि सल्यानका किसान चिन्तित

           सल्यान, २९ पुस । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन्

खाद्य संस्थानले यसबर्ष चाढे ४ हजार क्विन्टल चालम एक करोड रुपैँयाबढीमा खरिद 

वीरगञ्ज, २९ पुस । नेपाल खाद्य संस्थान कार्यालयले यसबर्ष एक करोड १३ लाख ७७ हजार चार सय मूल्य बराबरको चामल खरिद गरेको छ । संस्थानले चार हजार ६२४ दशमलव २३