आहा ! गुन्द्रुकको अचार र लोकल कुखुराको झोलसंग त कुरै छाडौँ

२०७५ मङ्सिर २७ बिहीबार ०७:२०:०० मा प्रकाशित

मनोज श्रेष्ठ

halokhabar


काठमाडौं २७ मंसिर । केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा लन्चमा ढिँडो लिइरहेका थिए खोटाङ, वुईपाका सन्देश राई । 
पन्ध बर्ष पहिले यो संवददाता खोटाङस्थित कान्तिपुर दैनिकमा कार्यरत छदा उनको गुनासो थियो, ‘गाउँमा धान फल्दैन, विहान बेलुकी ढेडोकै भरपर्नु परेको छ ।’ त्यसपछि उनी वैदेशिक रोजगारीको सिलसीमा मलेसिया पुगे । यो संवददातालाई देखेर अम्चम्म मान्दै भने, ‘दाई के गर्ने पहिले र अहिलेमा धेरै कुरा परिवर्तन भएको छ । पहिले गाउँमा त्यै ढिँडो लत्याइयो, अहिले यही मिठो हुन्छ । त्यै पनि महंगोमा किनेर खानुपर्ने ।’

हुन पनि हो, त्यो बेला खोटाङजस्तो पहाडमा एक केजी चामल आयात गर्दा भरियालाई मात्रै केजीको ३० रुपैया तिर्नुपथ्र्यो । त्यसमाथि पनि चामलको भाउँ जोड्दा खानै नसकिने अवस्था थियो । अनि, गाउँमा जे फल्छ, त्यही नखाई नहुने अवस्था थियो । हुन त अहिले समय फेरिएको छ । किनभने अव हिमाल, पाहाडमा समेत सरर् गाडीमै सामानहरु पुग्न थालेपछि हिमाल तथा पहाडका बासिन्दाले पनि तपाईका सामान सस्तैमा उपभोग गर्न पाउँन थालेका छन् । 

कुरा सन्देशको मात्रै होइन, शहरीयाले ढिँडो खोजीखोजी खाने गरेका छन् । जतापायो त्यता ढिँडो उपलब्ध पनि छैन । विशेषगरी थकाली र नेवारी रेष्टुरेन्टमा बढि ढेडो पाइन्छ । स्टार होटलमा पनि यो चिज महंगो रुपमा विक्री हन्छ । चर्चित व्यक्तिलाई सेलिब्रेटी भनिए झै खानामा ढिँडोे सेलिब्रेटी बन्दै गएको छ । स्वास्थ्यकालागि समेत राम्रो मानिने ढिँडोे नेपाली परिकार हो । शहरमा यसले उच्च स्तरको सम्मान पाउँदै गएको महसुस हुन थालेको छ ।

विशेषगरी कोदो, फापर, मकै र गहुँको पिठोबाट बनाइने ढेडो आफ्नो इच्छा अनुसारको तरकारीसंग खाने गरिन्छ । पोखराको घान्द्रुक पनि ढिँडोेको लागि प्रख्यात छ । त्यस्तै पोखराका प्रायः होटेल र रेष्टुरेन्ट यो परिकार पाइन्छ । विदेशी पर्यटकको रोजाइमा समेत यो परिकार पर्ने गरेको पोखरास्थित टेक ओ टेलका संचालक योगेन्द्र शाक्यले वताए । उनी भन्छन्, ‘नेपालमा गरीवहरुले मात्रै खाने भनेर हेपिएको यो परिकार अहिले विस्तारै शहरका धनीवर्गको रोजाइमा पर्न थालेको छ ।’

विदेशमा रहेका जतिपनि रेष्टुरेन्ट छन्, ति सवैमा प्रायः ढिँडो र गुन्द्रुक पाइने गरेको मलेसिया, क्वालालाम्पुरस्थित मण्डला रेष्टुरेन्टका संचालक पासाड लामा शेर्पाले जानकारी दिए । खाना त भईहाल्यो, ढिँडोलाई स्पेशल रुपमा विक्री वितरण गरिन्छ । त्यति मात्रै नभएर शुशील कोइराला प्रधानमन्त्री हुदाकी सल्लाहाकार मध्येकी एक म्रिदुला कोइरालाले अमेरिकामा संचालन गरेको रेष्टुरेन्टको मेनुको मुख्य खानामा पनि ढिँडो राखिएको छ । त्यस्तै जर्मनमा सरोज श्रेष्ठले संचालन गरेको नेपाली रेष्टुरेन्टमा पनि ढिँडो राखिएको छ । अहिले नेपाल आएका उनले भने, ‘नेपाली टीपीकल खाना भएको कारण पनि ढिँडो मेनुमा अटाएको छ ।’

सुन्धरास्थित एक थकाली रेष्टुरेन्टका संचालक रवि शेरचनका अनुसार बढि मात्रामा मध्यम र उच्च तहका व्यक्ति ढेडो खानकै लागि आउने गरेका छन् । कोदो र फापर वढि मात्रामा पहाडी भूभागमा उब्जनी हुन्छ । यसको व्यवसायिक खेति गर्न सके निक्कै राम्रो हुने विज्ञहरुको सुझाव छ । 
मधुमेह, उच्च रक्तचाप तथा युरिक एसिड रोगका विरामीले ढिँडो खादा एकदमै राम्रो गर्ने विराट मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । यो परिकार पकाउन पनि त्यति झन्झटिलो र महंगो छैन ।

पानी उमालेर विस्तारै हालिएको पिठोलाई राम्रोसंग चलाएर त्यहाँ भएको डल्ला फुटाए पुग्छ । पकाउन पनि खासै झन्झट छैन । कुनै बेला किसानले गाउँमा ढिँडोको भरमात्र थियो, पेट भर्ने । विस्तारै चामलहरु देशमा हरेक ठाउँमा पुग्न थालेपछि गाउँबाट विस्तारै ढिँडो विस्थापित हुन थालेको थियो । शहरमा भने ढिँडोले गाँजी सकेको छ । आँहा, गुन्द्रुकको अचार र लोकल कुखुराको झोलसंग त कुरै छाडौ ।

ढिँडो खाने तयारीमा चलचित्रकर्मी रविन्द्र सिंह बानिया ।
 

प्रतिकृया दिनुहोस

वीक ईन्ड मेन्यू : घुम्दै खानुको मज्जै बेग्लै

घुम्दै खानुको मज्जा खाना पारखीहरु हप्तै पिच्छे नयाँनयाँ रेष्टुरेन्टको खोजीमा हुन्छन । कतिपय खाना पारखीहरु विज्ञापन हेरेर त कतिपय पत्रपत्रिकामा

मातातिर्थ दाक्षीधारास्थित होटेल आउटलुक

हिजोआज खुलेका होटेल तथा रेष्टुरेन्टमा कुनै न कुनै विशेषता हुनेगरेको पाइन्छ। सधैजसो एकै ठाउँमा बसेर खादाखादा वाक्क भएकाहरु कै लागि पनि एकान्त र