चर्चित गीतकार बुद्धवीरलाई  ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

२०७५ मङ्सिर २६ बुधबार १६:४३:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, २६ मंसिर । चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा ृनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।

कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिनेछ । बन्नीले तिलहरी, देउकी लगायतका चलचित्र निर्देशन गरेका छन् । प्रधानलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लामालालाई गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको हो । अमेरिकामा रहेका अधिकाम्स कलाकार तथा प्राबिधिकको सहभागीता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् । करिब ५ हजार बढी दर्शकको उपस्थिती रहने बताइएको कार्यक्रममा आफुलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान दिन लागेकोमा निकै खुसी लागेको गीतकार लामाले बताए । सम्मान आफ्ना लागि मात्र नभएर सम्पुर्ण गीत संगीत क्षेत्रकै लागि भएको उनको भनाई रहेको छ । नेपाली संगीतिक क्षेत्रमा लामाले करिब ५ बढी गीत दिएका छन् । भुपु मायालु, छो रौल्पा ताल,  समयले कोल्टे फेर्दा लगायत ३ समय भन्दा बढी हिट मानिन्छ । ३ गीति पुस्तक समेत सार्वजनिक गरेका लामाले केही समय पहिले राजधानीको राष्ट्रिय नाचघरमा आठौ एकल साँझ सम्पन्न गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

गाई किसानका कथाव्याथा समेटिएको चलचित्र गोपीको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं, ५ पुस । नेपालमा चलचित्र बन्नेक्रम बढ्दो छ । वर्षमा औसत सयको हाराहारीमा चलचित्र बन्छ । तर, ति प्रायः मनोरञ्जन दिने उद्येश्यले निर्माण गरिएको

‘द आर्ट अफ फेसन ड्रपिङ’ क्याम्पमा सुन्दरीहरु (फोटो फिचर सहित)

काठमाडौं । पछिल्लो समय युवापुस्तामा फेसन क्रेज बढ्दो छ । यसैलाई लक्षित गर्दै विभिन्न फेसन कलेज र इन्स्टिच्यटहरु पनि खोलिने क्रम बढ्दो छ । यस्तै फेसन

फिलिपिन्स युवती काट्रियोना भईन मिस यूनिभर्स

काठमाडौं, २ पुस । मिस वल्र्डमा प्रतिष्पर्धा गरेर भर्खरै श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । उनी फर्केसंगै मिस नेपाल यूनिभर्स मनिता देवकोटा भने मिस