मातातिर्थ दाक्षीधारास्थित होटेल आउटलुक

२०७५ कार्तिक २७ मंगलबार १४:४५:०० मा प्रकाशित

हलोखबर

halokhabar

हिजोआज खुलेका होटेल तथा रेष्टुरेन्टमा कुनै न कुनै विशेषता हुनेगरेको पाइन्छ। सधैजसो एकै ठाउँमा बसेर खादाखादा वाक्क भएकाहरु कै लागि पनि एकान्त र शहरभन्दा थोरै टाढा होटेल तथा रेष्टुरेन्ट खोलिन थालेका छन्।

एकान्तमा खोलिएका होटेल र रेष्टुरेन्टमध्यमै पर्छ मातातिर्थ दाक्षीधारास्थित होटेल आउटलुक। नजिकै रहेको चन्द्रागिरी पहाड र काठमाडौंको दृष्यले सतुङगलभन्दा तीन किलोमिटर दक्षिणमा पर्ने यस होटेलमा पाइने मिठामिठा परिकारको स्वाद थप स्वादिलो बनाउछ। पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्ने योजना वनाउनुपूर्व यसै चन्द्रागिरी पहाडबाट अवलोकन गरेको थिए।

IMG_1959

चन्द्रागिरी पहाडको काखमा पर्ने आउटलुक होटेलमा लोकल कुखुराको मासु, ढेडो, विभिन्न थरिका तरकारी र अचारहरु वाहेक प्यानकेक पेट्टी रोल, पनिर वल, मसरुम छोयला, पोलेको अन्डा, फापरको ढेडो, चिकेन फ्राइ, गुजराती आलु, चिकेन वास्केट, ग्रिल चिकेन पनि पाइन्छ। साथै वारवीक्यु, क्याम्प फायर, सेमिनार हलहरु, वस्ने कोठाहरु पनि भएकोले खाना पारखीको लागि थप सुविधा हुने भएको छ।

कलंकीबाट लगभग सात किलोमिटर टाढा पर्ने यस ठाउँमा वीक इन्ड मनाउनेहरुको समेत गन्तव्य बन्ने गरेको होटेल सञ्चालक खगेन्द्र वस्नेतले जानकारी दिए। यस होटेलले आफ्नो मेनुमा राखेको अधिकांस खाने कुराहरु गाउमै उब्जनी गरेका सामाग्रीहरु प्रयोग गर्ने गरेको छ। सरकारले चन्द्रागिरी पहाड हुदै चित्लाङ, हात्तीवनसम्म खुडकिला बनाइ दिएकोले पनि आन्तरिक तथा वाह्य पर्यटकहरु आउदा यहि होटेलमा वस्ने वा खाने गर्छन।

IMG_1880IMG_1970

प्यानकेक पेट्टी रोल र चिकेन वास्केट पनि यस होटेलमा रुचाइएको खाना पर्छ। प्यानकेक पेट्टी रोलको लागि आलु, नुन, अन्डा, चिनी, बेकिङ पाउडर, दुध, मैदा, वटर, स्वीट हट सस चाहिन्छ। त्यस्तै चिकेन वास्केटको लागि पहिले वोनलेस चिकेनलाई काटीसकेपछि ह्याम्वरले थिचिन्छ। त्यसपछि अन्डाको सेतो र कालो पेपर पाउडरमा नुन मिसाएर लेप लगाइन्छ। र, फ्राइगरि तयार पार्ने गरिन्छ। स्वादेशी तथा विदेशी दुवै खाले ग्राहक आउनेगरेको सञ्चालक वस्नेत वताउछन्। यहाँ शान्त ठाउँको साथै विभिन्न चराचुरुङ्गीको आवाजले पनि थप आनन्दित पार्ने गरेको छ। त्यस्तै सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि यस ठाउँमा सेमिनार गर्ने गरेको छ। साथै युवापुस्ताहरु पिकनिक समेत यस ठाउँमा आउनेगरेको पाइन्छ।

प्रतिकृया दिनुहोस

आहा ! गुन्द्रुकको अचार र लोकल कुखुराको झोलसंग त कुरै छाडौँ

काठमाडौं २७ मंसिर । केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा लन्चमा ढिँडो लिइरहेका थिए खोटाङ, वुईपाका सन्देश

वीक ईन्ड मेन्यू : घुम्दै खानुको मज्जै बेग्लै

घुम्दै खानुको मज्जा खाना पारखीहरु हप्तै पिच्छे नयाँनयाँ रेष्टुरेन्टको खोजीमा हुन्छन । कतिपय खाना पारखीहरु विज्ञापन हेरेर त कतिपय पत्रपत्रिकामा