सुरु भयो मिस वल्र्ड (लाईभ)

२०७५ मङ्सिर २२ शनिबार १७:०८:०० मा प्रकाशित

हलोखबर

काठमाडौं, २२ मंसिर : मिस वल्र्डको फाईनल आज राती हुदैछ । विभिन्न विद्याको विजेता घोषणा भईसकेको छ । भिवर च्वाईसकालागि भने भोटिङ अझै खुल्लै छ । तर, यहाँ विभिन्न मिडियाले आफ्नो स्वार्थकालागि मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाका नाममा नचाहिने कुराहरुलाई बढि फोकस गरेको गलत प्रचार गरिरहेको प्रति मिस नेपाल आयोजक हिडन ट्रेजरले आपत्ती जनाएको छ । 


धेरै भोटिङ पाएकै आधारमा उनलाई मल्टिमिडिया अवार्ड विद्यामा उत्कृष्ट घोषणा गरिसकिएको छ । योसंगै उनले ब्यूटी बीथ अ पर्पस उपाधी समेत जितेकी छन् । यो विद्यामा यसअघि सन् २०१३ मै ईशानी श्रेष्ठले उपाधी जितेकी थिईन । ११८ मुलुकबाट प्रतिष्पर्धाबाट उत्कृष्ट ३० घोषणा भईसकेको छ । मिस नेपाल वल्र्ड श्रृंखला खतिवडा पनि आज हुने अन्तिम चरणमा प्रवेस गरिसकेकी छन् । 


चीनको सान्यामा हुने फाईनल प्रतियोगितामा २३ वर्षिय श्रृंखलाको दह्रो उपस्थिती रहनेमा मिस नेपाल आयोजक ढुक्क छ । हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति भन्छन्, ‘श्रृंखलाको उपस्थिती राम्रो छ । उनको पर्फमेन्स पनि राम्रै छ । केही उपलब्धी पाउँनेमा हामी ढुक्क छौ ।’ ललितपुरको पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी श्रृंखलाका वुवा विरोध खतिवडा नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा सांसद हुन् । आमा मुनु खतिवडा पनि नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सभा ३ कि सासंद हुन् । राजनीतिक पृष्ठभुमि र अध्ययनमा अब्बल भएका कारण पनि श्रृंखलाले मिस वल्र्डको प्रश्नउत्तर राउण्डमा पुग्न पाईन भने राम्रै जवाफ दिनेछिन् भन्ने सवै सुभेच्छुकलाई लागेको छ । 


अन्तिम प्रतिस्पर्धामा १५ जना हुदै ५ जना टप फाईनलिष्टलाई भने प्रश्नउत्तर राउण्डमा प्रवेस गराईन्छ । विश्वका सुन्दरी प्रतियोगिताका विज्ञदेखि लिएर ठूला राजनीतिज्ञ, व्यापारी, सेलिब्रेटी लगायतको जम्मो निर्णायक टोलीको नजरमा देशको नाम मात्रैले नपुग्ने जानकारहरु वताउँछन् । त्यहाँ आफ्नो क्षमता नै प्रस्तुत गर्नुपर्ने पूर्व मिस नेपालहरुको अनुभव छ । पूर्व मिस नेपाल माल्भिका सुव्वा, ईशानी श्रेष्ठ, सदिच्छा श्रेष्ठ, सृष्टी श्रेष्ठ लगायत जतिपनि मिस नेपालले मिस वल्र्डमा सहभागीता जनाएर फर्किएका छन्, उनीहरु सवैले भोगेका कुरा यिनै हुन । सृष्टी भन्छिन्, ‘क्षमता नै मूख्य कुरा हो । यहाँ देशको नामले मात्रै हुदैन । भारत लगायत केही देशका सुन्दरीहरु भने भाग्यमानी छन् । उनीहरुलाई भने यसअघि पनि धेरै पटक मिस वल्र्ड भईसकेको कारण पनि निर्णायकको नजरमा पर्छन ।’


मिस वल्र्डको फाईनल गतिविधिहरु आज विहानैदेखि भईरहेको छ । यसको प्रत्यक्ष अपडेट मिस वल्र्डको अफिसियल वेबसाईटमा पनि हेर्न सक्नुहुनेछ । नेपाली समय अनुसार आज मध्ययन्न ४ः ४५ देखि मिस वल्र्डको अफिसियल अनलाईन तथा यूट्युब र जुम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने मिस वल्र्डको अफिसिय बेवसाईटमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस