व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई अनुदानमा जैविक मल र दाना 

२०७५ मङ्सिर २० बिहीबार १७:४६:०० मा प्रकाशित

हलोखबर

halokhabar

पाल्पा, २० मङ्सिर । कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । 

 

बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिव्यक्ति ५० किलो युरिया, १८ किलो डिएपी र सात किलो पोटास र १० पशुपालक कृषकलाई दाना वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । वडाको एक लाख रकम विनियोजन गरी प्रतिव्यक्ति रु दुई हजार १०० बराबरको जैविक मल र दाना विरतण गरेको उनले बताए । वडाले कृषि क्षेत्रमा निकै राम्रो कार्यक्रम गरेको कृषक देवराज ढकाल बताउँछन् ।

 

कम्तीमा एक रोपनीभन्दा माथि व्यावसायिक तरकारी खेती, कम्तीमा पाँच वटा गाई, तीन वटा भैँसीपालक कृषकलाई छनोट गरी अनुदानवापत रासायनिक मल र दाना दिइएको हो । अनुदानमा सामग्री पाएपछि यहाँका कृषक खुशी भएका छन् । यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताए । रासस
 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ