कृषि पूर्वाधार र यान्त्रिकिकरणमा अमेरिकी सहयोग अपेक्षा

२०७५ मङ्सिर २० बिहीबार १६:१६:०० मा प्रकाशित

अमेरिकी राजदूत बेरी र कृषि मन्त्री खनालबीच शिष्टाचार भेट

हलोखबर

halokhabar

काठमाडौं, २० मंसिर : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । 


भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरु सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए । अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रिकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ । नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए । 


नेपालमा हरेक बस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ । जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए । त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो । नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाहरुको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदुत बेरीले बताए । 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ