'सुनको अण्डा' टीप्न विदेश जानेकालागि स्वादेशी कृषि मै प्रसस्त संभावना !

२०७५ मङ्सिर २० बिहीबार ११:११:०० मा प्रकाशित

सन्दर्भ: सहुलियतपूर्ण कर्जाकालागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५

हलोखबर

halokhabar


काठमाडौं, २० मंसिर : युवा अवस्थामा वैदेशिक रोजगारीमा जानेहरुको लहरा लामै छ । विगत एक दशकदेखि त्यो लहरा केवल लहडले मात्रै निर्देशित छ । तर, नेपालमै केही गरौ भनेर खोजी गर्ने तर्फ भन्दा ‘सुनको अण्डा’ टीप्ने ध्वाउन्नमा विदेश तिरै हान्निनेहरु मात्रै भेटिन्छन् । विदेशमा गर्नुपर्ने दुःखबारे उनीहरुले सुनेका मात्रै हुन्छन् । आफैले भोग्ने समयसम्म उनीहरुले समय र प्रसस्त पैसा फसाईसकेका हुन्छन् । जब फस्छन, तब मात्रै उनीहरुको बुद्धि फर्किन्छ ।  

नेपाल सरकारले युवा वेरोगजारकालागि भनेर बर्षैपिच्छे विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका छन् । त्यस्तो सेवासुविधा लिदा पक्कै पनि विभिन्न कागजपत्र र वैद्यानिकता खोज्नु गलत पनि होइन । तर, त्यो झन्झट देखेर विदेश जानैमा आफुलाई सेफ ठान्ने युवाहरुको दैनिक ३, ४ वटा लास आईरहेका छन् । 

सरकारले यो बर्ष फेरि विदेशबाट फर्किएका युवा तथा बेरोगजार, दलित, महिला, भुकम्प पीडित लगायतकालागि सहुलियतपूर्ण कर्जाकालागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ पास गरेको छ । यो कार्यविधिले साच्चै नेपालमै केही गर्छु भन्नेकालागि निक्कै संभावना ठूलो अवसर मिल्नेछ । 

ब्यवसायिक कृषि तथा पशु पालन शिर्षक अन्तर्गत ५ प्रतिशत ब्याजदरमा २ करोडसम्म बैंक ऋण पाईनेछ । कार्यविधि अन्तर्गत विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रुपैयासम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म ऋण पाईने व्यवस्था गरिएको छ ।

यस्ता कर्जाको अधिकतम समय ५ बर्षसम्म हुने जनाईएकोछ ।  बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रवाहगर्दा १० लाखसम्म सामूहिक जमानीका आधारमा र त्योभन्दा बढी व्यवसायिक परियोजना धितोमा राखी कर्जा लिन सक्नेछन् । 

अर्थमन्त्री डा.युवराज खतिवडाले युवालाई सहुलियत पूर्ण ब्याजमा कर्जा उपलब्ध गराउन सो एकीकृत कार्य्विधि तयार पारेका थिए । उक्त कार्य्विधि कार्यान्वयनमा गएको छ । ५ वर्षको लागि सरकारले विभिन्न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ । एकीकृत कार्य्विधिले बिना धितोमा सहुलियतपूर्ण ब्याजमा निश्चित कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो कर्जा प्राप्त गर्नको लागि परियोजनाको अनिवार्य सुरक्षण र व्यवसायको बीमा गर्नुपर्नेछ ।

सरकारले सबै प्रकारको कर्जामा दिने ब्याज अनुदानको लागि चालू आवको बजेटमा पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ । नेपाल राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थालाई ब्याज अनुदान उपलब्ध गराउने छ । स्वरोजगार प्रवद्र्धन हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदै आएका छन् ।

कार्य्विधिले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ । अर्थात उक्त कर्जाको पाँच प्रतिशतसम्म ब्याज सरकारले तिरिदिनेछ । बैंक तथा वित्तीय संस्थाले निर्धारणको ब्याजमध्ये ५ प्रतिशत सरकारले तिरिदिने छ भने त्यसभन्दा माथिको कर्जाको ब्याज भने ऋणी आफैंले तिर्नुपर्नेछ ।

यस्तो कर्जाको अवधि न्यूनतम ५ वर्षदेखि विशेष परिस्थितिमा ७ वर्षसम्म दिन सकिने व्यवस्था कार्य्विधिले गर्न लागेको छ । देशमा शैक्षिक बरोजगार बढ्दै गएपछि पढेका युवालाई उद्यमशीलतामा आकर्षण गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

आर्थिक अभावका कारण उद्यम व्यवसाय गर्न नसकिरहेका युवाले शैक्षिक प्रमाणपत्रको आधारमा बिना धितो कर्जा पाउँछन् । बैंकहरूले सो कर्जा उपलब्ध गराउने छ,’ उनले भने–‘पाँच प्रतिशतसम्म ऋणीले ब्याज अनुदान पाउने छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सामान्य व्यापारीले बिक्री गर्न लैजादै गरेका बोकापाठी पक्राउगरी सशस्त्र प्रहरीद्धारा लिलामी (प्रमाण सहित)

काठमाडौं, २८ मंसिर । सिकेन्दर साह हजुरबुबाको पालादेखि सिरहाको लहानमा बस्दै आएका सामान्य किसान हुन । उनले विगत दश बर्षदेखि पूर्वका विभिन्न ठाउँमा

तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन्

काठमाडौं । खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाई आदि जस्ता कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् । सायद यही

सहकारीका माध्यमबाट कृषिलगायत अन्य क्षेत्रमा १७४८ जनालाई स्वरोजगार

कञ्चनपुर, २७ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम