बढ्दैछन् कृषि गीत र तिनका दर्शक  

२०७५ मङ्सिर २० बिहीबार ०९:५०:०० मा प्रकाशित

गायक गायिकाकालागि यूट्यूब जिन्दाबाद !

हलोखबर

halokhabar


गायक/गायिकाहरु प्रायः जसो लभ संग गाउँन मै व्यस्त हुन्छन् । विकृति, विसंगतीका गीतहरु पनि थुप्रै आउँनेगर्छ । तर, पछिल्लो समय कृषि विषय पनि गीत बन्न थालेको छ । अझ, पशुपति शर्माको मलाई अमेरिका यही भन्ने बोलको गीत हिट भएपछि कृषि गीतले पनि जुनी फेरेको छ । अझ, पुरानो गीत ह ह माले ह ह, ह ह तारे ह ह...भन्ने गीत त कालजयी नै बन्यो । यसका गायक धर्मराज थापाको भने यसै बर्ष मृत्यु भएको थियो । 

त्यो बाहेक पनि अन्य कृषि गीतहरु थुप्रै छन् । चर्चित गायक राजेश पायल राईले मात्रै आधा दर्जनबढी कृषि गीत गाएका छन् । अन्य थुप्रै गायक/गायिकाले पनि कृषि गीतमा स्वर दिएका छन् । साथै यस्ता गीतका म्यूजिक भिडियो समेत बजारमा अथवा युट्युबमा थुप्रै हेर्न पाईन्छ । एल्वम निकाल्ने क्रम दिनानुदिन बढ्दो छ । एल्वमसंगै कम्तीमा एउटा म्युजिक भिडियो निकाल्नु अनिवार्य जस्तै भएको छ । एउटा पनि म्युजिक भिडियो नबनाए शाखै (सानै) गिर्ने अवस्था छ । नयाँ र पुराना दुवै गायक गायिकामा यो कुरा लागू हुन्छ । 


पाइरेसीको मार खेरिरहेको संगीत वजार ओरालो लागिरहेको छ । नयाँ एल्वम निकाल्नेहरु पनि बढ्दो छ । पहिले पहिले म्युजिक भिडियो बनाउन त्यति सजिलो थिएन । चलेकै गायकलाई पनि म्युजिक भिडियो बनाउन धाउँधाउँ छ । आजभोली सामान्य बन्दै गएको म्युजिक भिडियो तयार भएपनि बजारको समास्या उस्तै छ । 
बग्रेल्ती खुलेका एफएम र टेलिभिजनमा बजाउनुपर्ने अर्को बाध्यात्मक अवस्थामा यूट्यूबले गायक÷गायिकालाई मात्रै नभएर संगित बजारमा लगानी गर्नेहरुलाई ठूलै राहत मिलेको छ । टेलिभिजन र एफएममा प्रोमो बजाउदा खर्च गर्न नसक्नेकोलागि सामाजिक सञ्चाल फेसवुक र यूट्यूवले ठूलै राहत मिलेको छ, गायक रामकृष्ण ढकालले भने, ‘मेरो नयाँ गीत यूट्युवमा पोष्ट गरेको एक सातामै ४० हजारभन्दावढिले हेरे । यो त मेरो लागि गर्वको कुरा हो ।’ 


हिजोआज हरेक गायक÷गायिकाले आफ्नो नयाँ गीत अथवा नयाँ म्युजिक भिडियो कुनै चलेका टेलिभिजन र एफएममा भन्दा पहिले यूट्यूवमा राख्न थालेका छन् । विगत तीन महिनादेखि यूरोप र यूकेको विभिन्न स्थानमा कन्सर्टमा व्यस्त अर्का गायक यस कुमारका अनुसार यूट्यूवले समून्द्रपारीको बजारलाई नजिक ल्याइदिएको छ । टेलिभिजन र एफएमको पछि दगुर्ने हो भने एउटा गीतको लागि सामान्य रुपमा प्रोमोको लागि खर्च गर्ने हो भने पनि कम्तीमा दुई लाख खर्च हुन्छ । 


तर, त्यसको मतलव टेलिभिजन र एफएमलाई ‘माइनस’ नै गर्ने भन्ने पनि होइन, उनी थप्छन्, ‘आवश्यक वा राम्रो टेलिभिजन र एफएममा त प्रोमो फ्याल्नै पर्ने हुन्छ ।’ पहिले त जसोतसो एल्वम विक्रीले नै खर्च उठ्ने गथ्र्यो । नउठेपनि नाम चलेको गायकको लागि म्युजिक कम्पनीले नै पैसा लगानी गरिदिन्थ्यो । तर, आजभोली त्यो अवस्था छैन । एकातिर एल्मव विक्री शून्य छ, अर्को तर्फ लगानी बढ्दैछ । 
म्युजिक भिडियो निर्देशकको संख्या पनि बढ्दो छ । टेलिभिजनमा काम गर्नेहरु त प्रायः सवैजसो म्युजिक भिडियो निर्देशक बनेका छन् । यस कुमार भन्छन्, ‘म्युजिक भिडियो वनाउन त राम्रै हो, तर खर्चले धान्नै गाह्रो छ । पैसा जति रेकडिङ स्टूडियो, म्युजिक भिडियो निर्देशक र प्राविधिकलाई दिदैमा ठिक्क हुन्छ ।’ केहि समयअघि डा.भोला रिजालले बदलिदो राजनीतिप्रति ब्यङ्य गर्दै एउटा गीतमात्रै निकालेर त्यसको म्युजिक भिडियो निकाले । त्यस्तै दीपक बज्राचार्यले पनि देशभक्ति गीतको म्युजिक भिडियो तयार पारेर यूट्यूवमा राखे । 


त्यस्तै अहिले यूट्यूवमा एउटा यात्रीले मुगलिनमा खाना खादा एउटा बालकले अनौपचारिक रुपमा गाएको गीत यूट्युवमा अपलोड गरेका थिए । त्यो बालकको गीत सुनेर हजारौले कमेन्ट गरेका छन् । उनलाई सहयोग गर्छु भन्ने दशौ हजार भए । नाम उल्लेख नगरेपनि उनले गाएको गीत सुनेपछि कमेन्ट नगर्नेहरु कमै भेटिन्छन् । उनको गीत सुनेर नेपाली तारा २ का विजेता सन्तोष लामाले फेसवुक वालमा शेयर गर्दै लेखेको छन्, कुनै कुनै व्यक्ति यस्ता हुन्छन जसलाई जन्मदै भगवानले केहि न केहि उपहार दिएका हुन्छन् । उनको भबिष्यको उत्तरउत्तर कामना। त्यस्तै अमेरिकामा रहेर व्यापार गर्दै आएकी नेपाली काग्रेस, अमेरिकाकी नेता मृदुला कोइरालाले त्यो बच्चाले गाएको गीत सुनेपछि आफुलाई थाम्नै नसकेर फेसवुक वालमा लेखेकी छन्, ‘यो बच्चाको गीतले मलाई रुवायो ।’ 
यीत सामान्य उदहारण मात्रै हुन । अहिलेका जतिपनि गायक गायिकाले गाएका गीतहरु छन् प्राय सवै गीत यूट्युवमा अपलोड गरिएका छन् । सिआरविटी र यूट्यूवमा कस्ले पनि भिवर पाउछ भनेर प्रतिष्पर्धा गर्नेहरुको सख्या वढि नै पाइन्छ । 

प्रतिकृया दिनुहोस

चर्चित गीतकार बुद्धवीरलाई  ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं, २६ मंसिर । चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड

‘अब अभिनेत्रीको होइन, बाछीको चुम्बन !’ (फोटो फिचर सहित)

काठमाडौं, २६ मंसिर । चलचित्रको पोस्टरमा गाई ? त्यो पनि चर्चित मेकरले निर्माण गरेको फिल्ममा । फिल्म पारखीकालागि यो फोटो अत्यिारिलो मात्रै होइन्, झट्ट

मिस वल्र्डमा नेपाली सहभागीताको दुई दशक

काठमाडौं, २७ मंसिर । यस बर्ष अर्थात सन् २०१८ कि मिस वल्र्ड मेक्सिकोकी भेनेसा पोन्च भईन । उनीसंगै प्रतिष्पर्धी थिईन, नेपालबाट प्रतिष्पर्धामा गएकी