कृषि सूचना दिने केन्द्र कै वेब साईट नचल्ने !

२०७५ मङ्सिर १९ बुधबार १६:५५:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, १९ मंसिर : कृषि सूचना तथा सञ्चार केन्द्रले समग्र कृषि तथा पशुपंक्षी मन्त्रालय मातहतदेखि अन्य कृषि क्षेत्रको सम्पूर्ण सूचनाहरु विभिन्न माध्यामबाट सर्वसाधरणलाई पुर्याउने काम गर्दै आएको छ । 

आम संचारको विभिन्न माध्यामहरुबाट परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यवसायिक कृषिमा रुपान्तरण गर्न कृषि प्रविधियुक्त सामाग्री र जानकारीमुलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरु समक्ष पुर्याउने मूख्य जिम्मेवारी विस २०२२ सालदेखि पाएको तत्कालिन कृषि विभाग मातहत कृषि सूचना शाखा नै कृषि सूचना तथा संचार केन्द्रको रुपमा संचालनमा छ । र, गत साउनदेखि भने संघीयतामा ढाचाँमा आएपछि त्यो नाम पनि परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र नामाकरण गरिएको छ । 

तर, उद्येश्य अनुसार यस केन्द्रको काम विपरित विगत छ महिनादेखि वेबसाईटमा केही कुरा अपडेट गरिएको छैन । यहाँ भएका पुराना तथ्याङ्कहरु कुनै पनि खुल्दैन् । क्याटगरी होस वा कुनै जानकारी अथवा यस कार्यालयले उत्पादन गरेको कार्यक्रम, पब्लिकेशन कुनै पनि नखुल्दा सर्वसाधरण तथा संचारकर्मी प्रभावित भएका छन् । कार्यालय प्रमुख निरु दाहाल पाण्डेका अनुसार यस कार्यालयका वेब साईट बन्नेक्रमले गर्दा यस्तो भएको बताउँछिन् । 

विगत २, ३ महिनादेखि यस्तो समस्या आएको बताउँदै पाण्डे भन्छिन्, ‘अब केहि दिन मै नयाँ वेबसाईट आउँछ ।’ तर, यस कार्यालयले चाहेको भए पुरानै वेबसाईटलाई पनि क्याटगोरी खोल्न मिल्ने बनाउँन सकिन्थ्यो भन्ने आम जन गुनासो छ । हाल, यो साईट खुल्न त खुल्छ तर, यहाँ भित्रका कुनै क्याटगोरी खुल्दैन । जे खोल्दा पनि होम पेज मात्रै खुल्ने गरेको छ । यस केन्द्रको वेब साईट ठेगाना एआईसीसी डट जीओभी हो । यो साईछ खोल्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस

प्रदेश १ ले ल्यायो करोडसम्म कृषि अनुदान प्याकेज

सरकारी व्यवस्था त त्यसै पनि भ्रष्ट र ढिलासुस्ती छदैँछ । सर्वसाधरण जतनाकै उपज हो, यो सरकार पनि । न कि अन्यत्रबाट झिकाएको हो । यिनै जनताको नाडीँ

‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य

गुणस्तरीय दुग्ध पदार्थको उत्पादित क्षमता सुधार

हेटौँडा, २८ मङ्सिर । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका