प्रदेश नं २ मा अनुदानको गहुँको बीउ अभाव 

२०७५ मङ्सिर १९ बुधबार १२:४५:०० मा प्रकाशित

हलोखबर

halokhabar

पर्सा, १९ मङ्सिर । प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । 

 

पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा यादवका अनुसार पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।

 

प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ । प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटाँैडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ । 

 

किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ । हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन् । 

प्रतिकृया दिनुहोस

बगर हरियाली बनाउन किसानलाई अनुदान

दाङ, २९ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई

जमीन बाँझो भएसम्म कृषिमा परनिर्भरता नघट्ने 

काठमाडौँ, २१ मङ्सिर । जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त

व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई अनुदानमा जैविक मल र दाना 

पाल्पा, २० मङ्सिर । कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन