प्रदेश नं २ मा अनुदानको गहुँको बीउ अभाव 

२०७५ मङ्सिर १९ बुधबार १२:४५:०० मा प्रकाशित

हलोखबर

halokhabar

पर्सा, १९ मङ्सिर । प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । 

 

पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा यादवका अनुसार पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।

 

प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ । प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटाँैडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ । 

 

किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ । हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन् । 

प्रतिकृया दिनुहोस

प्रदेश १ ले ल्यायो करोडसम्म कृषि अनुदान प्याकेज

सरकारी व्यवस्था त त्यसै पनि भ्रष्ट र ढिलासुस्ती छदैँछ । सर्वसाधरण जतनाकै उपज हो, यो सरकार पनि । न कि अन्यत्रबाट झिकाएको हो । यिनै जनताको नाडीँ

‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य

गुणस्तरीय दुग्ध पदार्थको उत्पादित क्षमता सुधार

हेटौँडा, २८ मङ्सिर । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका