यात्रा संस्मरण : कृषि पर्यटनकालागि प्रख्यात मलेसियाको क्यामरुन हाईल्याण्ड

२०७५ मङ्सिर १९ बुधबार १२:०९:०० मा प्रकाशित

यहाँ काम गर्ने नेपाली कामदारको ज्याला १५ हजार नेपाली  

हलोखबर

halokhabar

मलेसियाको क्यामरुन हाईल्याण्ड त्यस्तो पहाड हो, जहाँ जाँडो पनि हुन्छ । चार बर्ष पहिले अन्नपूर्ण पोष्ट छाड्ने निर्णय गरियो । त्यसपछि व्यवसायिक कृषि पत्रकारिता गर्ने योजना बन्दै थियो । कृषि विषयमा कलम चलाईरहेका केही साथीहरुसंग मिलेर कृषि अनलाईन र पत्रिका संचालन गर्ने निर्णय भएको थियो । अन्नपूर्ण पोष्टको १५ बर्षे यात्रालाई बीट मारियो । फ्रेस हुन विदेश घुम्ने सोच पलायो । तर, यात्रासंगै केही कुराको अनुभब र अध्ययन समेत गर्ने निधो स्वरुप मलेसियाको क्यामरुन हाईल्यान्डको त्यो एग्रो टुरिजम भएको पहाड जाने सोच पलायो । 

मलेसिया बाह्रै मास गर्मी हुने ठाउँ हो । तर, त्यही देशका केही यस्ता ठाउँहरु छन्, जहाँ बाह्रै मास जाडो हुन्छ । क्यामरुन हाईल्याण्ड पनि त्यस्तै एउटा जाडो हुने पहाड हो । त्यहाँ पहाडलाई काटेर कृषि पर्यटन क्षेत्र निर्माण गरिएको छ । यहाँ धेरै ठाउँ घुम्न योग्य र सिक्न योग्य बनाईको छ । सानो ठाउँमा कसरी व्यवसायिक कृषि खेती गर्न सकिन्छ ? माटो नभएपनि विभिन्न प्रविधिबाट व्यवसायिक खेती कसरी गर्न सकिन्छ भन्ने दृष्टान्त त्यस ठाउँले दिन्छ । 

मलेसियाको राजधानी क्वालालाम्पुरबाट २०६ किलोमिटर दुरी पार गर्न सार्वजनिक बसबाट लगभग ४ घन्टा लाग्छ । पूर्वको धरानबाट भेडेटार गए झै क्यामरुन हाईल्यान्ड जादा केही क्षणमा मलेसियाको गर्मीलाई विर्साउदै जान्छ । वास्तव मै त्यस ठाउँलाई मलेसियन सरकारले चियाबारीदेखि स्टोवेरीसम्म लगाएको छ । यहाँ तरकारी तथा फलफूलका अधिकांस प्रजातिका विरुवाहरु रोपिएका छन् । त्यती मात्रै नभएर तिनै तरकारी तथा फलफूलका स्ट्याटुहरु पनि निर्माण गरेर पर्यटकलाई लोभ्याउने बनाएका छन् । 

जब पहाडको उकालो यात्रा सुरु हुन्छ, बाटोको दायाँवायाँ सानो सानो कटेरामा स्थानिय फलफूलहरु विक्री गर्न झुन्ड्याईएका दृष्यहरु देख्न सकिन्छ । गाउँ भएको हुनाले गरिबहरुको वस्ती र त्यहाँका किसानको गतिविधि हेर्दा नेपालको झलक याद आउँछ । 

झापाको चारआलीदेखि ईलामको फिक्कल जादा जस्तै देखिने दृष्यहरुले पटक पटक नेपाल सम्झाउँन बाध्य पार्छ । अझ केही माथि पुगेपछि ईलामको कन्यामको चियाबारी झै क्यामरुन हाईल्याण्डको चियाबारी देख्न सकिन्छ । चिया टिप्नेदेखि लिएर त्यहाँ खेतबारीमा नेपाली कामदार देख्दा आफ्नै देशको कन्याम पुगेको अनुभूति हुन्छ ।

विश्वको थोरै कृषि पर्यटनमध्ये यसलाई पनि लिन सकिन्छ । यहाँ भएका फलफूल तथा तरकारीका बोटविरुवाको नर्सरीदेखि उत्पादन हुनेसम्मको प्रोसेसहरु देखाईएको छ । त्यतीमात्रै नभएर यहाँ वेमौषमी तरकारी खेतीको अभ्यास पनि गरिएको छ । थोपा सिंचाई प्रविधिबाट गरिएको उत्पादनलाई बढि प्राथामिकता दिईएको छ । 

अझ सानो ठाउँलाई कतिसम्म उपयोग गरेर धेरै फलहरु फलाउँन सकिन्छ ? भन्ने हेर्न पनि यहाँ पाईन्छ । मानौ एउँटा १२ वाई १२ को कोठामा स्टोबरी फलाएको देख्दा साह्रै अचम्म लाग्छ । किनभने त्यती सानो ठाउँलाई चारै कुनामा र्याक बनाएर १०,१२ तल्लासम्म गमलाजस्ता भाडा तथा बासलाई दुई फग्ल्याटो पारेर त्यहाँ रोपिएको स्टोबेरी यति धेरै फलेको छ कि भनेर साध्यै नै छैन ।

स्टोबेरी मात्रै नभएर अन्य धेरै खाले फल तथा फूलका प्रजातिहरु यहाँ देख्न पाईन्छ । यहाँ एउँटा त स्टोबेरी पार्क नै निर्माण गरिएको छ । यहाँ उत्पादन हुने फलफूलबाट विभिन्न जुसहरु समेत बनाएर बिक्री गरिन्छ । त्यस्तै विभिन्न फलफूललाई ताजै पनि प्याकिङगरी शहरका विभिन्न डिपार्टमेन्टमा विक्री वितरण गरिदै आएको हामी देख्न पाउँछौ । यस हाईल्यान्डमा रहेको विभिन्न फार्म तथा चियाबारीमा नेपालीहरु पनि थुप्र्रै काम गर्छन् । कृषिमा काम गर्ने नेपालीदेखि लिएर वरिपरी रहेका रेष्टुरेन्टमा कुक तथा सेक्युरिटी गार्डका रुपमा पनि काम गर्नेहरु थुप्रै भेटिन्छन् ।
 
तर, विडम्बना यहाँ काम गर्ने नेपालीको तलब भने लोभलाग्दो छैन । चिया बगानमा त्यतिबेला अर्थात चार बर्ष पहिले १५ हजार नेपाली मात्रै थियो । त्यही पनि कतिले त पैसा नै नपाउँने, दुःख पाउँनेहरु पनि थिए । यहाँ सिकेको शीप नै नेपालमा आएर गर्ने हो भने त्यहाँ भन्दा निक्कै धेरै यहाँ कमाउँन सकिन्छ ।
 

        

प्रतिकृया दिनुहोस

खाद्य अधिकारबारे धान विज्ञ भोलामानसिंहको पढ्नै पर्ने लेख 

     खाद्य अधिकारको लागि पहिला देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्यो । भनिन्छ, खाए अनुसारको तिमी हुन्छौं । बिगत ५२ बर्षको अवधिमा हरितक्रान्तिले

‘जौको जादू, कोदोको कमाल र फापरको फलिफप’

खानेकुराको प्रसंग आउँदा हामी स्वादको कुरा गर्छौं पहिले । तर, स्वाद केका लागि ? जिब्रोका लागि । निश्चिय नै स्वाद जिब्रोका लागि हो, खाना भने स्वास्थ्यका

अर्वन एग्रीकल्चर क्षेत्रमा १८ करोड रुपैया खर्चिने हो भने, उपत्यकाबासीले न तरकारी आयत गर्नु पर्छ, त न वायु प्रदुषणको मार नै खेप्नु पर्छ ?

९३ प्रतिशत कृषिमा आश्रित  नेपाली जनताको वर्तमान अवस्था सवैलाई जगजायर नै छ । पछिल्लो २० बर्षमा कृषिमा आश्रित दर घटेर ६३/६४ मा आईपुगेको छ । यस देशका