मोरिंगा अर्थात सजिउन खेती कसरी गर्ने ?

२०७५ मङ्सिर १९ बुधबार १०:२१:०० मा प्रकाशित

मोरिंगा के हो र ?

हलोखबर

halokhabar

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली  होस हिजन । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा म्चगm कतष्अप भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो भएकोले ज्यचकभचबमष्कज पनि भनिन्छ ।

गुणहरुः 
पौष्टिक महत्वस्शितल चिनीको खेती पात, फल र जराबाट पाइने विभिन्न खाद्यपदार्थ तथा औषधीको लागि पनि गरिन्छ । यसलाई संसारको धेरै पोषिलो बालीहरु मध्ये एक हो । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाईन्छ । 
खाद्य तथा पे पदार्थमा प्रयोगः कलिलो नरम फल ९कोसा० विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । जरा मशालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ ।

स्वास्थ्यमा प्रयोगः शितल चिनी बच्चाहरुको कुपोषणको लागि सफलताका साथ प्रयोग गरिन्छ भने यसले हाम्रो शरीरको लागि प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एच।आइ।भी। को आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यस्को प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । हालमा यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा पत्ता लागेको छ ।

अन्य प्रयोगः यस्को बीउ र वा बीउको पिना पानी शुद्धिकरणमा प्रयोग गर्ने दिसा तर्फ अनुसंधान भईरहेको छ ।

बृद्धि विकासः यो विभिन्न किसिमका वातावरणीय अवस्थामा उत्पादन हुन सक्दछ । यो छाँयामा धेरै उँच्च तापक्रम सहन सक्छ र हल्का तुषारोमा पनि बाँच्न सक्छ । यो सुख्खा सहन सक्ने रुख भएकोले वार्षिक २५०–१५०० मि।मी।सम्मको वर्षामा पनि राम्ररी हुन सक्छ । यो राम्रो निकास भएको बलौटे दोमट वा दोमट माटो तर पांगोमाटो पनि सुहाउँछ । यो सिधै बीउ रोपण, बेर्ना सार्ने वा कडा डाँठको कटिङबाट प्रसारण गर्न सकिन्छ ।

उत्पादनः यसको पात ३–६ महिनाको उमेरमा जब रुख १।५ देखि २ मीटर अग्लो अवस्थामा टिपिन्छ । यसको पात डाँठ हांगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्गयाउनु पर्दछ । यस्ता पातहरु सुकेको पातको धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ किनभने डाँठहरुलाई बोटवाट अर्को ठाउँमा सार्नु पर्ने हुन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहानै टिपेर बजारमा उही दिन बिक्री गर्ने पर्ने हुन्छ । फूल रकोसा दोश्रो वर्षमा उत्पादन दिन्छ । कोसाहरु कलिलो कोमल र हर्रिै टिप्नु पर्दछ । छिपिएको कोसाकोकलिो बीउहरु पाक्नु भन्दा अगाडिसम्म छोटो समयको लागि खान लायक हुन्छ ।

ग्रामीण तथा सामाजीक विकासमा योगदानः यो न्युन उपयोग पर्ने बाली ग्रामीण तथा शहरी क्षेत्रका मानिसहरुको जीविकोपार्जनमा यसको प्रत्येक भागहरु कुनै न कुनै तरीकाले फाइदामन्द रहेको छ । यसको खेती उद्देश्य र चाहिएको परिमाण अनुसार सामुदायिक परियोजनामा वा परिवार तहमा सानो परिमाणमा गर्ने गरिन्छ । यो वायूअवरोधक, भू–क्षय रोक्न, जिवित बार, सौन्दर्यता तथा अरु बालीको लागि छाँया प्रदान गर्न प्रयोग गरिन्छ । यस्को उत्पादन तथा उपभोगको राम्ररी संतुलन नभएमा जैविक प्रणाली समेतमा नकरात्मक प्रभाव परी अनुवांशिक श्रोत पनि लोप हुने अवस्था हुन सक्ने हुन्छ । त्यसकारण उन्नत प्रविधिबाट खेती गरी हालको आवश्यक्तालाई पुर्ति गर्न सकिन्छ । वास्तवमा शितल चिनीको प्रभावकारी विकास र व्यवस्थापनमबाट विकसित देशहरुमा दीगो विकास ताथ गरिवी न्यूनीकरणमा योगदान पु–याएको छ । मानिसहरुको सामाजिक तथा आर्थिक विकासको लागि सितल चिनीको तत्काल माग र प्राकृतिक श्रोतको आधार संरक्षण बीचको संतुलन हुनु नितान्त आवश्यक छ ।

जातहरुः स्थानीय जातहरु बढीमात्रामा गाउँ घरमा देखिन्छ। यसमा पनि वर्षमा १ पटक मात्र र कुनै कुनै २ पटक फल्ने पनि हुन्छ । तर बढी उत्पादन लिन को लागि बर्षमा २ चोटी फल्ने जात लगाउनु पर्दछ ।

रोपने दूरीः २ मीटर पंक्ति देखि पंक्ति १।५मीटर बोट देखि बोटको दुरीमा रोप्नु पर्दछ ।

खाडल खन्नेः बैसाख महिनामा माथि दिइएको दुरीमा ५० से।मी। लम्बाई चौडाइ तथ गहिराइको खाडल खनी उक्त खाडलमा १० किलो गोठेमल, १ किलो चुन, २ किलो पिना राखी राम्ररी मिसाइ माटोले छोप्नु पर्दछ । जेष्ठको महिनामा पहिलो पानी परेपछि ५० से।मी।को लठी जस्तो मोटो १ वर्ष पुरानो डाँठरहाँगा काटी हल्का छडके रोप्नु पर्दछ । काटेको अन्तीम माथिल्लो भागमा आलो गोबरले छोप्नु पर्दछ ।

मलखादः यो बालीमा खासै मल दिएको पाइदैन तर यसबाट राम्रो उत्पादन लिनको लागि फसफोरस र पोटास दिदा राम्रै हुन्छ । प्रत्येक फल टिपाइ पछि १ किलो डी।ए।पी। ०।५ किलो म्यूरेट पोटास दिनु पर्दछ ।

सिँचाईः उन्नत किसिमको व्यवसायिक खेती गर्दा सुख्खा याममा १, २ पटक सिंचाई गर्नु पर्दछ ।

रोग किराः यसमा खास गरेर झुसिले किराले पौष माघमा सम्पूर्ण पात खाएर डाँठ मात्र देखिने गरी बनाउने हुनाले यस्को उत्पादनमा धेरै कमी आउँछ । यसको नियन्त्रणको लागि नीमको विषादी ३ मि।ली।प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ । रोगमा चिसो महिनामा डढुवा लाग्ने भएकोले व्यवस्थापनका उपाय गर्नु पर्दछ ।

तरकारीको उत्पादनः शितलचिनीको जात अनुसार तथा बोटको उमेर अनुसार वर्षमा १०० देखि २५० किलो सम्म तरकारीको रुपमा बिक्री गर्न सकिन्छ ।

 

 

बहुउपयोगी मोरिंगा खेती 

मोरिंगा के हो र ?
मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमको पोषण तत्व र ४६ किसीमका एन्टी अक्सिडेन्ट पाइने ,तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने र छिटो बाली लिन सकिने यो खाद्य पदार्थ ,औषधी ,रंग ,घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अत्यन्त अपहेलित बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेगमा खास गरि भारतमा भएको मानिन्छ । यसलाई विभिन्न क्षत्रमा विभिन्न नामले चिनिन्छ ।

तराई तिर यसलाई सोहिजन , सैजन ,सजिउन , मुनका आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितल चिनीको नामले प्रख्यात छ । यसको अग्रेजि नाम मोरिंगा ओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी लट्ठी जस्तो भएकोले अंग्रेजिमा मचगm कतष्अप पनि भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो हुने हुदाँ कतेै कतै जयचकभ चबमष्कज पनि भनिन्छ । स्मरणरहोस ,यो बायो डिजल निकाल्न प्रयोग गरिने सोइजन होइन , बायो डिजल निकालीने बालीलाई अण्डी ९वबतचयउजब० भनिन्छ । कृषि बिकास मन्त्रालयले उपलव्ध गराएको तथ्याङक अनुसार तराईका १३ जिल्लामा ६७ हेक्टरमा भएको मोरिंगाको जम्मा वार्षिक उत्पादन ५५४ मेट्रिक टन रहेको छ ।
नेपालमा मोरिंगा खेतीको अवस्था
मोरिंगाको कलिलो कोसाहरु बजारमा राम्ररी बिक्री भएको पाइएता पनि यसको अन्य भागहरुको उपयोगिता बारे आम उपभोक्ता र कृषकहरु अझै पनि अनभिज्ञ छन् । तराईमा सामान्य रुपमा हरेक घरको वरिपरि २–४ वटा मोरिङ्गाका बोटहरु देख्न पाइने भएता पनि यसले अझै पनि हाम्रो देशमा व्यावसायिक महत्व पाउन सकेको छैन ।
केहि वर्षयता यसको कोसा तरकारीको रुपमा १५० देखी २०० रुपैँया प्रति के।जी सम्मका दरले विक्री हुन थालेको छ । तर पनि यसको व्यवसायिक खेतीको विषयमा साधारण किसान वा उद्यमीह्ररुको ध्यान पुग्न सकेको छैन । विगत ४ वर्ष देख ओष्ट्रच नेपाल प्रा।लीले सेनेगलबाट बीउ ल्याएर यसको व्यावसायिक उत्पादन शुरु गरेको छ । यसको पातमा पाइने प्रोटिन लगायत अन्य विभिन्न किसीमका पोषणतत्वका कारण अष्ट्रिचको लागि पूरक पोषणको रुपमा मोरिङ्गाको पातको प्रयोग हुदै आएको फार्मका सञ्चालक सि।पी शर्माले जानकारी दिए ।
यसको खेतीका विषयमा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुमा खासै तथ्यांक छैन । यो फल मानिस,पशु र बालीका लागि समेत पोषणयुक्त रहेको र रोग किरा पनि खासै नलाग्ने भएकाले व्यवसायिक उत्पादनका लागि धेरै संभावना रहेको न्याप एस पि प्रोजेक्ट जनसंख्या तथा बातावरण मन्त्रालयका कृषि खाद्य सुरक्षा तथा पोषणका विज्ञ श्रीभगवान ठाकुर बताउँछन् । हालै मात्र यसको विरुवा उत्पादनका लागि जेनरल एग्रो फरेष्टिले थाइल्याण्डबाट १० किलो बिउ ल्याई गुणस्तरिय विरुवा उत्पादन शुरु गरेको छ ।

खेती प्रविधि
मोरिंगा ५–१२ मिटर अग्लो छाताको जस्तो आकार भएको बोट हो । यसको जरालाई कम पानी भए पुग्छ । त्यसैले पनि थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यो विरुवा समुद्री सतह देखी ६ सय मिटर सम्मको उचाईमा धेरै राम्रो सप्रन्छ । तर पनि कतिपय अफ्रिकि मुलुकमा २ हजार मिटरको उचाईमा पनि यसको प्रजातीको खेती भएको पाइएको छ । २५ – ३५ डिग्री से। तापक्रम यसको लागि उपर्यक्त भएतापनि सो भन्दा केहि कम वा उच्च तापक्रममा पनि यसको उत्पादन लिन सकिन्छ । आँप, लिच्चि जस्ता फलफूल हुने हावापानीमा यो धेरै राम्रो सँग फैलन्छ । यसको खेतीका लागि पानीको राम्रो निकास भएको बलौटे दोमट माटो राम्रो हुन्छ । यसलाई सिधै बीउ रोपण,बेर्ना सार्ने वा कडा डाँठको कलमीबाट प्रसारण गर्न सकिन्छ ।

रोप्ने विधि

बेर्ना रोप्ने
नर्सरीमा पोली ब्याग, पानीको बोतल, वा ट्रेमा उमारिएको ६०–९० से।मी उचाई भएको विरुवालाई तयार गरिउको खाल्डोमा रोप्नु पर्दछ । पोली व्यागमा नर्सरी तयार गर्दा ३ भाग माटो र १ भाग बालुवा मिसाई पोली व्याग भर्नुपर्दछ । प्रत्येक व्यागमा २–३ गोटा बिउ १–२ से।मी गहिरो गरि रोप्नुपर्दछ ।

कलबी वा कटिंगबाट रोप्ने
परिपक्क बोटको हाँगा ४५ से।मी देखी १।५ मिटर लामो र १० सेमी गोलो लिने र एक तिहाई भाग माटो मुनि पर्ने गरि काटी हल्का छड्के पारेर रोप्ने । काटेको अन्तिम माथिल्लो भागमा आलो गोबरले छोप्नु पर्दछ । धेरै पानी नहाल्ने र जराको राम्रो विकासको लागि फोस्फोरस हाल्ने । व्यवस्थापनमा सहजताको लागि पंक्तिमा लगाउनु पर्दछ ।
लगाउने दुरी
सघन खेती गर्ने हो भने २ ह २।५ मिटरको दुरीमा विरुवा लगाउनु पर्छ । अन्तरबालीको रुपमा लगाउने हो भने आवश्यकता अनुसार दुरी मिलाउन सकिन्छ ।

मलखाद
विरुवा रोप्न खाल्डो तयार गर्दाको समयमा बोहेक प्रेत्यक पटक उत्पादन लिइसकेपछि प्रतिबोट १ किलो डि।ए।पी र आधा किलो युरिया मल राख्दा राम्रो उत्पादन लिन सकिन्छ ।

सिँचाई
उन्नत किसीमको व्यावसायिक खेती गर्दा सुख्खा याममा १,२ पटक आवश्यकता अनुसार सिँचाई गर्नु पर्दछ ।

काँटछाट तथा तालिम
यो विरुवा रोपेको डेढ वर्षमा ३ फिट भन्दा अग्लो भएपछि काँटछाँट गरेर २ फिट भन्दा माथि मात्रै हाँगा राख्दा राम्रो हुन्छ ।
रोग किरा व्यवस्थापन
यो बोटलाई खासगरी पौष माघको समयमा झुसिलकिराले सम्पूर्ण पातहरु खाइदिइ डाँठ मात्र राख्दिने भएकाले उत्पादनमा कमी आउँछ । यसको नियन्त्रणका लागि निमको विषादी ४ एम।एल। प्रतिलिटर पानीमा मिसाइ्र्र स्प्रे गर्न सकिन्छ । जाडो मौसममा डढुवा लाग्ने सम्भावना रहने हुँदा आवश्यकता अनुसार ढुसीनाशक विषादीहरु प्रयोग गर्न सकिन्छ ।

उत्पादन ?
मोरिंगाको पात,रुख, १।५ देखी २ मिटर अग्लो अवस्थामा ३–६ महिनाको उमेरमा टिपिन्छ । यसको पात डाँठ हाँगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्ग्याउनु पर्दछ । सुकेको पात धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहाने टिपेर बजारमा उही दिन लान सकिन्छ । कोसाहरु टिप्दा कलिलो र हरियो टिप्नुपर्दछ । मोरिंगाको जात र बोट अनुसार एउटा बोटबाट २० किलो देखी २ सय किलो सम्म कोसाहरुको उत्पादन लिन सकिन्छ । हाल नेपाली बजारमा थोक मुल्यमा ७० देखी ८० रुपैँया प्रति के।जी र खुद्रा मुल्यमा १५० देखी २ सय सम्ममा यसको विक्री वितरण हुने गरेको पाइन्छ । यसको सघन रुपमा खेती गरिएको अवस्थामा प्रति विगाह १२ देखी १५ टन कोसा उत्पादन लिन सकिन्छ । यसलाई सिमान्त ९ अर्ध खाली० जग्गामा लगाएर बढी मुनाफा दिन पनि सकिन्छ ।

नेपाली समाजमा अपहेलीत बालीको विषयमा केहि वर्ष अघि देखी अध्ययन अनुसन्धान गर्दै आएका कृषि विज्ञ श्री भगवान ठाकुर मोरिंगा नेपालको सन्दर्भमा अपहेलीत बालीको रुपमा रहेको बताउँछन् । यसको महत्वको विषयमा थाहा नपाएर अपहेलीत रहेको उनको भनाइ छ ।
नेपालको तराई क्षेत्रमा धेरै वर्ष अघि देखी घरवरिपरि यसको रुख हुने गरेको भएतापनि मोरिंगाको कोसा र पात खानाको रुपमा प्रयोग गर्न सकिन्छ र यसबाट फाइदा हुन्छ, भन्ने जानकारी नभएकाले यसको व्यावसायिक उत्पादन हुन नसकेको ठाकुरको बुझाइ छ ।
उनको अनुभवमा तराई क्षेत्रमा आर्थिक रुपमा विपन्न र गरिब समुदायले कतै तरकारी नपाउने समयमा मोरिंगालाई बाध्यात्मक रुपमा तरकारीको रुपमा प्रयोग गर्ने बाहेक अन्य उपयोग भएको थिएन । तर केहि वर्षदेखी नेपाली बजारमा उपभोक्ताको रोजाई मोरिंगा ९शितल चिनी, सजिवन ० पर्न थालेपछि यसको बजारमुल्य १५० देखी २ सय रुपैँया प्रतिकिलो रहेको छ ।
ठाकुरले आफ्नै पहलमा मोरिंगाको प्रयोग र उत्पादनको विषयमा जनचेतना फैलाउन बैशाख २ गते मोरिंगा दिवसको रुपमा मनाएको पनि जानकारी दिए । उनका अनुसार नेपालमा यो बालिको व्यावसायिक उत्पादन गर्न सके खाद्य

प्रतिकृया दिनुहोस

टुल्कीलाई फाप्यो ‘पैँचो बाख्रा पालन व्यावसाय’

बागलुङ, २८ मंसिर । बागलुङ, दमेक–८ कि टुल्की थापा सापकोटा जल्दोबल्दो महिला हुन् । जल्दोबल्दो बन्न उनले कम्ती मेहनत गर्नु परेको छैन् । हुन त

डा.मदन राईले भने साच्चै नै विद्यार्थीलाई खेतबारी मै पढाउँछन्

मिति २०७५ साल कात्तिक ११ गते उनको अन्तिम फेसबुक स्ट्याटस जस्ताको जस्तै आजको ५ देखि १० बर्षभित्र सुभद्रा मदन फाउन्डेशनमा शिक्षालिने बिध्धार्थीको

दशपछि गाउँ फर्केका युवाले सुरु गरे बाख्रापालन

पोखरा, ६ मङ्सिर : अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गरेका छन् ।  साबिकको माझठाना