“विपन्नताको प्रमाण पेस गरौं” निशुल्क बीउ पूँजी लिउ 

२०७५ मङ्सिर १८ मंगलबार १७:२८:०० मा प्रकाशित

हलोखबर

halokhabar

बागलुङ, १८ मङ्सिर । विपन्न परिवारको जीवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशुपक्षीको बीउ पूँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ ।बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पूँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो । 

 

गाउँपालिकाले पशु सेवा शाखामार्फत यसवर्ष रु १५ लाख बराबरको बीउ पूँजी किसानलाई उपलब्ध गराउने पशु सेवा शाखाका प्रमुख होमबहादुर थापा मगरले जानकारी दिए । ‘‘हामीले किसानसँग निवेदन माग गरेका छौं, निवेदनका आधारमा अनुगमन गरेर विपन्न भएको प्रमाणित भएमा बीउ पूँजीको व्यवस्था गाउँपालिकाले गर्नेछ’’ थापाले भने ।

 

विपन्न किसानलाई प्रतिपरिवार एक-एकवटाका दरले पशु चौपाया उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले चार समूहमा विभाजन गरेर निःशुल्क बीउ पूँजी पशुपक्षी वितरण गर्ने जनाएको छ । गरीब तथा विपन्न किसानलाई स्थानीय र उन्नत जातका गाई, भैंसीपालन र कोरली पालनका लागि बीउ पूँजी उपलव्ध गराइने छ । गोठ सुधार गर्न चाहनेको लागि समेत अनुदान उपलब्ध गराइने छ । तीनजना सहभागी हुन पाउने यस कार्यक्रमको लागि आफैँ लगानी गर्न नसक्ने र अनुदानमा आएको पशु चौपायबाट उत्पादन गर्नसक्ने योजना बनाएका किसानलाई मात्र यो कार्यक्रममा सहभागी गराइने थापाले बताए । 

 

त्यस्तै १० जनाका किसानलाई स्थानीय तथा उन्नत जातका बाख्रापालनका लागि बीउ पूँजी उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्दै आयमूलक हिसाबले उन्नत जातका कुखुरापालन गर्ने किसानलाई पनि बीउ पूँजी उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । गरीब तथा विपन्न किसानलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत २० जना किसानले कुखुरापालनको लागि बीउ पूँजी पाउने थापाले जानकारी दिए । गरीब तथा अति गरीब विपन्न परिवारका किसानका लागि स्थानीय जातका बाख्रापालन गर्न १० जना र स्थानीय तथा उन्नत जातका कुखुरापालन गर्न १२ जनालाई बीउ पूँजी उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । 

 

यस्तै एकल महिलालाई आयआर्जनसँग जोडेर जीवन गुजारा गर्ने माध्यम बनाउनका लागि भन्दै १५ जनालाई भेडाबाख्रापालन र १५ जनालाई कुखुरापालनको लागि बीउ पूँजी उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जनाकारी दिए । गाउँपालिकाले द्वन्द्वपीडितलाई पनि समावेश गरेर बीउँ पूँजी वितरणको कार्यक्रम बनाएको छ । द्वन्द्वपीडित परिवारका २० जना किसानलाई भेडा बाख्रापालन र २० जना किसानलाई कुखुरा पालनको लागि बीउ पूँजी अनुदान उपलव्ध गराइने घर्तीले बताए । यो वर्ष पशु तथा पशुपक्षीपालनका लागि १२५ जना किसान लाभान्वित हुने गरी कार्यक्रम तयार पारिएको घर्तीले बताए । 

 

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफू विपन्न भएको प्रमाण र पशु तथा पक्षीपालन गरेर आर्थिक उन्नति गर्ने योजनासहित अनुदानका लागि निवेदन माग गरेको छ । बीउ पूँजीको रुपमा उपलब्ध गराइएका पशुपक्षीको औषधि उपचार गाउँपालिकाले गर्ने जनाएको छ । किसानले उत्पादनमूलक हिसाबले पालेका पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए गाउँपालिकाको प्राविधिक टोलीले निःशुल्क उपचार गर्ने शाखा प्रमुख थापाले बताए ।

 

पहिलो चरणमा शुरु गर्न थालिएको बीउ पूँजी वितरण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ । बजारमा भाउअनुसार पशुपक्षी खरीद गर्न नसकेका कारण व्यावसायिक पशुपक्षी पालन गर्न नसकेका किसानलाई आकर्षित गर्दै व्यावसायिक उत्पादनमा प्रेरित गर्न कार्यक्रम शुरु गरिएको अध्यक्ष घर्तीले बताए । रासस


 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ