अधिकांस किसानका छोराछोरी पढ्ने त्यस क्षेत्रका स्कूलाई १९ करोड अमेरेकी डलर प्रदान

२०७५ मङ्सिर १८ मंगलबार १५:१३:०० मा प्रकाशित

नेपालर अमेरिकाद्वारा रामेछापमा पुनर्निर्मित मावि भवनको संयुक्त हस्तान्तरण

हलोखबर

halokhabar

रामेछाप, १८ मंसिर : मंगलबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गरेका छन् । यो विद्यालय २०७२ सालको भूकम्पमा नराम्ररी क्षतिग्रस्त भएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबभन्दा पहिले निर्माण सम्पन्न विद्यालय पनि यही हो ।

हस्तान्तरण समारोहमा राजदूत बेरीले भने, ‘अमेरिकी सरकार नेपाल सरकार र यहाँका जनतासँग मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । स्वस्थ र सुशिक्षित मुलुक, २०७२ को भूकम्पले थोपरेको कहरलाई पन्साएर आत्मनिर्भरताको यात्रामा सहज अगाडि बढ्न सक्छ ।’

नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको परामर्शमा अमेरिकी सरकारले सामुदायिक संरचनाहरू, खासगरी विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्रथमिकता दिएको छ किनभने शिक्षा र स्वास्थ्य समाज विकासको महत्वपूर्ण अंग हुन् । यससँगसँगै २०७२ को भूकम्पपछि विकासको गतिलाई अवरुद्ध हुन नदिन पनि शिक्षा र स्वास्थ्यलाई प्रथमिकता दिन आवश्यक छ । अनुसन्धानहरूले देखाए अनुसार माध्यमिक तहको शिक्षाले छात्राहरूलाई तिनको जीवनमा तिनले उत्तीर्ण गरेका प्रतिकक्षा २५ प्रतिशतका दरले अधिक ज्याला पाउने सम्भावना बढाउँछ । 

त्यति मात्रै होइन शिक्षाले महिला र तिनको परिवारको स्वास्थ्य अवस्थामा अचम्मैको सकारात्मक लहर ल्याउँछ । त्यसरी नै नेपालको आर्थिक समृद्धिका लागि स्वस्थ जनशक्ति तयार पार्न स्वास्थ्यमा आम मानिसको पहुँच आवश्यक छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग हाल भूकम्प प्रभावित क्षेत्रका जम्मा ३६ वटा विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा व्यस्त छ ।

२०७२ को भूकम्प पश्चात त्यसबाट प्रभावितहरूको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस कोषबाट ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुनर्निर्माणमा सहयोग गरेको छ ।  त्यसरी नै १५ हजार इञ्जिनियर, निर्माण व्यवसायी, निर्माण प्राविधिक, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । 
त्यसरी नै एक हजार अस्थायी सिकाइ केन्द्रहरू, २५० संक्रमणकालीन सिकाइ केन्द्रहरूको पुनर्निर्माण गरेको छ । त्यस्तै जोखिममा परेका ९७ हजार विद्यार्थीलाई विद्यालय शिक्षा सुचारु राख्न सकून् भनेर अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

अढाई सय वर्षदेखि संघीयता भए पनि अमेरिकामा समस्याः  सभामुख महरा

सौराहा (चितवन), २९ मंसिर ।     चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रदेश

दुर्घट्नामा मृत्यु हुनेको संख्या १८ पुग्यो, मृत्यु हुनेहरुमा स्थानिय किसान बढी

काठमाडौं, २९ मंसिर । मिनिट्रक दुर्घट्ना हुदा नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मृत्यु हुनेहरुको संख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृत्यु

नागरिकता सम्बन्धी बेग्लै प्राबधान राख्न गेसोको माग

काठमाडौं, २८ मंसिर । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा सैनिक र तिनका सन्ततीहरुको हकमा नेपाली नागरिकता सम्बन्धी बेग्लै प्राबधान राख्न माग गरेको छ