च्याग्रा पालन र त्यसबाट कसरी गर्न सकिन्छ आम्दानी ?

२०७५ मङ्सिर १८ मंगलबार १५:०४:०० मा प्रकाशित

हिमाली च्याग्रावारे खोजपूर्ण लेख

हलोखबर

halokhabar

च्याङगा्रा उच्च हिमाली क्षेत्रमा पाईने बहुउदेश्य बाख्राप्रजाती मानिन्छन् । हिन्दु कुशको हिमाली क्षेत्रको ६० प्रतिशत भन्दा बढी चरीचरण क्षेत्र समुन्दिक्र सतहबाट २५०० देखि ५००० मिटरमा अवस्थित छ । यस्तो चिसो अनी असजीलो हावापानीमा सजिलै अभ्यस्त भई यस क्षेत्रको मौलीक जैविक विविधता संरक्षण एवं सम्वर्धनमा यो जीवमात्र सफल रहेको मानिन्छ । विशिष्ट सामाजीक, प्राकृतिक तथा आर्थिक महत्वका कारण यस हावापानी जन्य क्षेत्रमा जुनवेला देखि यी प्रजाती पालन शुरु गरियो पशुपालनका अन्य प्रजाती भन्दा यसको विशिष्ट महत्व छ । यस क्षेत्रको चरीचरणमा आधारीत भएर मात्र बाँच्ने यो जीवले विभिन्न खाले पशुजन्य उत्पादन दिने गर्दछ । 


यी च्याङगा्राजन्य प्रजातीको प्राकृितक बासस्थान समुन्दि« सतह भन्दा ३००० देखि ६००० मिटर माथी मानिन्छ, जुन भुमी वर्षाको अधिकांश समय हिउले ढाकेको हुन्छ । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाको प्रमुख आय स्रोत यसै प्रजातीमा निर्भर छ । विश्वको सबै भन्दा जोखिम पुर्ण प्रयाावरणीय क्षेत्रको कृषिजन्य विविधताको संरक्षणमा त्यस क्षेत्रमा न्युनमात्रा तथा समयमा नपाईने न्युन पौष्टिक घाँसपात खाएर आँफु बाँच्ने मात्र हैन ती वनस्पतीको विउ संर्वधन तथा मलजल गरी वातावरणीय संतुलनमा यस प्राणिको योगदान र्बििर्सदिने हो भने मानवीय सभ्यता अधुरो रहने छ ।


हिन्दु कुश क्षेत्र अझ तीब्बतीय प्लेटु क्षेत्रमा अवस्थित मुलुक भारत, नेपाल ,पाकिस्तान भुटानमा यो प्रजातीको पालन पद्दती फिरन्ते अनी चरीचरण मै आधारीत छ । वर्षा याममा यी च्याङगा्राहरु शितोष्ण चरीचरण जुन ४५०० मिटर भन्दा माथी यिनको गोठ सारिन्छ भने जाडो समयमा यी प्रजाती ३०० मिटरको उचाई भएको आफ्नो थातथलो नजिक गोठ सारिन्छ । वर्षा याममा शितोष्ण चरीचरणमा उपलब्ध घाँस जन्य वनस्पती तथा जडीबुटी जन्य वनस्पती उच्च पौष्टिक गुणस्तरका उपलब्ध हुन्छन भने हिँउदमा यो पशु प्रजाती उपलब्ध रुखोखस्रो पराल तथा रुखो रुखो हाँगापात खाएर आफ्नो जिवन धान्दछन ।


साठीको दशकमा भोकमरीको चपेटामा परेको यसक्षेत्रको अपेक्षाकृत सुगम तथा समतल भुभागमा खाद्दय सुरक्षणको लागी हरित क्रान्ति अनी स्वेत क्रान्तिको अभियान संचालन हुँदा कृषि तथा पशुपंक्षी जन्य उत्पादन बृद्घिका लागी प्रयोग गरीएको रसायनीक मल, रसायनीक किट्नाशक औषधि मात्र हैन रसायनीक प्रति जैविकको अनी अनियन्त्रित प्रयोगको दुसपरिणामको असर आज जनसमुदायको जनस्वास्थ्यमा देखिँदा आजका सजग  उपभोक्ता जैवीक कृषि तथा पशुपंक्षी जन्य उत्पादन तर्फ आकर्षित भएका छन । अझ वि.एस.इ, इ.कोलाई ०१५७, अनी सालमोनेलाको आतंक त आफ्नै ठाँउमा छ । नत्र किन पोखरा तीर मात्र हैन काठमाण्डौं मै दशै ताका उपभोक्ताको पहिलो छनौट हिमाली उत्पादन च्याङगा्रा तीर आकर्षित हुने थीए होलन । 

यस्का निम्न कारण अभिलेख गर्न सकिन्छ ।
१.     आजको अनुंवाशिंक परिवर्तीत कृषि तथा पशुपंक्षी जन्य उत्पादनले निम्त्याएको दुष्परिणाम।         
२.    पशु कल्याणको बारे सजकता ।
३.     कृषि तथा पशुपंक्षी जन्य उत्पादनमा रसायनीक मल तथा किटनाशक जन्य अवषेसका कारण जनस्वस्थ्यमा पार्न सक्ने असरका बारे जनसमुुदायमा जनस्वास्थयमा पार्ने दुष्परिणामबारे आशंका ।
४.    कृषि तथा पशुपंक्षी जन्य उत्पादनमा प्रतिजैवीक सहनसिल     जीवाणु उत्पन्न हुने जोखिम ।

च्याङगा्रा वाट उत्पादन हुने जैवीक पशुजन्य पदार्थः  

जैवीक कृषि जन्य उत्पादनका लागी चाहिने जैवीक मलको  स्रोतको  केन्द्रबिन्दु पशुपंक्षी पालनलाई मानिन्छ । पशु कल्याणको उच्च सुनिश्चितता जैवीक कृषिको आधार स्तम्भ मात्र हैन जनस्वास्थयको भरपर्दो सुनिश्चितता पनि पशुपंक्षी स्वस्थ्य हुनको अर्थ पशु रोगको अनुपस्थीती मात्र हैन,उच्चतम, तंग्रीएको तथा फुर्तिला पशुपंक्षी जस्का कारण पशपंक्षीमा आकस्मिक रुपमा देखा पर्ने रोग परजिवीको प्रकोप तथा चय अपचयजन्य विकार सहन सक्ने क्षमतावान हुनु पनि हो । जस्का कारण न्युनतम उपचार जन्य पशुस्वास्थ्यको आवश्यकता यसमा लाग्ने खर्चको वचत पनी । 


च्याङगा्रा हरु परम्परागत वसाँई सराँइ गराइ गरी त्यस्तो भुभागमा पालिन्छ  जहाँ नत कृषि क्षेत्रको व्यवसायीक तथा व्यापारीकरण तथा विविधीकरण गरीएको छ । च्याङगा्राको प्राकृतिक वासस्थल समुन्द्रि तह वाट ३००० देखि ६००० मीटर अवस्थित जुन भुभाग सवै खाले वातावरणीय प्रदुषणबाट आज सम्म मुक्त मानिन्छ । च्याङगा्राका चरण क्षेत्र आज सम्म कुनै पनि खाले रसायनीक अवशेषवाट मुक्त छन । च्याङगा्रा वीचरण गर्ने वासस्थन कुनै पनि कृषि गतिविधीबाट मुक्त छन , त्यस उसले रसायनीक मल अनि किटनाशक जन्य अवशेषवाट पनि मुक्त छन । 


 रौ वाट तयार हुने लीउ,राडीपाखीको त के कुरा गर्ने छाला झन कति बहुमुल्य अनी ताजा मासु अनी सुकुटीको त यहाँ चर्चा नगरौ सिङ्ग सहितको खप्पर सजावट कै सामाग्री । आज जलवायु परिवर्तन अनि विश्वव्यापी तापक्रम वड्ने क्रम अनि विश्व वाष्पीकरणको प्रभाव परी रहेको वेला हिन्दु कुश अनि समग्र पर्वतीय क्षेत्र चरण सुधार अनि व्यवस्थापनका कुरा गरेर मात्र पुग्दैन । हिमाली क्षेत्रमा पाइने औषधि जन्य जडिवुटि अनि घाँसपातकै कुरा गरी रहंदा समतल क्षेत्रमा मात्र आज देखा परेका रोग व्याधि यो जीवमा लागेमा के गर्ने भन्ने वेला आएको छ जस्तो लाग्छ ।

आज समग्रमा हेर्ने हो भने भन्न सकिन्छ यो उच्च हिमाली क्षेत्रमा भौतारीने बाख्राकै प्रजातीमा के कस्ता सरुवा तथा संक्रामक तथा परजीवी रोग अनी किट जन्य रोग वारे पशुचिकित्सा विज्ञानका अभिलेखमा न्यून भेटिन्छ । अझ अन्तराष्टिय« एकीकृत पर्वतीय विकाश केन्द्र जस्को कार्य क्षेत्र हिन्दु कुश नै छ मा एक जना पनि पशु चिकित्सा कर्मी विज्ञको रुपमा नरहेको अवस्थामा च्याङगा्राको उत्पादन विशुद्ध जैवीक पशु जन्य उत्पादन भनि गर्व त गर्न सकिन्न होला वेलैमा आज उष्ण अनि सम उष्न क्षेत्रमा देखा परेका सरुवा तथा संका्रमक रोग परजीवी तथा किट जन्य रोग यो जीवमा देखा परे यस्ता रोग विरुद्द शुन्य सहन शिलता भएका च्याङगा्रा लोप हुन पुगे आश्चर्य मान्नु नपर्ला ।

बाख्राकै प्रजातीमा के कस्ता सरुवा तथा संक्रामक तथा परजीवी रोग अनी किट जन्य रोग वारे सरकारी स्तरमा यस क्षेत्रमा अन्तराष्ट्रि«य  दात्रि संस्थाको सहयोगमा संचालीत आयोजनामा कार्यक्रम छन ।

त्यसो भए के गर्नु पर्ला त ?

१.     च्याङगा्रा पालक कृषकको सहकारी गठन अनि भएका उत्पादनको     संगठीत बजारीकरणको व्यवस्था गर्ने ।
२.      च्याङगा्रा जन्य उत्पादनको विश्वव्यापी मान्य गुणस्तर निर्धारण त     गरिनै      पर्छ ।
३.       संभावित रसायनिक प्रदुषण रोगव्याधी रहित यीनका उत्पादन     छन     भन्ने मानक संस्था तोक्ने वा स्थापना गर्ने ।
४.    आजकै अवस्थामा यीनका रोग व्याधी वा भोली देखिन सक्ने     रोग     व्याधीको अध्ययन अनुसंधान, अभिलेखीकरण तथा रोग रोकथाम नियंत्रण तथा उपचारका लागी विज्ञ पशु चिकित्सा कर्मी ,पशु     चिकित्सकतथपशु स्वास्थ्य     प्राविधिक     मात्र हैन कृषकस्तरमा तालीम प्रशिक्षण एवं सचेतना कार्यक्रम संचालन त गर्नै पर्छ ।
५.     स्थानीय स्तरमा उपयुतm हुने प्रविधि स्थानीय स्तर उपलब्ध   आर्थीक स्रोतले धान्न सक्ने त हुनै पर्छ ।
६.     हाल परम्परागत रुपमा उत्पादन हुने च्याङगा्रा जन्य उत्पादनको     विविधिकरण अनि गुणस्तरको बृद्धिका लागी स्तरोन्नतीका वारे सोच्ने हो की ?
७.    च्याङगा्रा पालक कृषकलाई शुद्ध, स्वच्छ अनि स्वास्थ्य च्याङगा्राजन्य  उत्पादन कसरी गर्ने वारे तालीम अनि अभिमुखिकरण गराउने पो हो की ?
८.     च्याङगा्रा जन्य उत्पादनका स्थानीय बजार व्यवस्थापन मात्र हैन     निर्यातका संभावनाका लागी सहजीकरण गर्ने बारे त सोच्नै पर्ला ।
९.     आम जनसमुदायमा च्याङगा्रा जन्य उत्पानका बारेमा सुचना प्रवाह     त गर्नै     पर्ला ।


अन्तमा एउटा निचोड के निकाल्न सकिन्छ भने च्याङगा्रा पालन अनि च्याङगा्रा जन्य उत्पादन जैविक उत्पादन हुन भन्ने मान्यता हामीमा छ । किनभने पशु पालनका अन्य क्षेत्रमा जस्तै कुनै रसायन प्रयोग गर्ने गराइएको छैन । यो जीवले हिमाली क्षेत्रमा पाईने बहुमुल्य औषधि जन्य जडिबुठि अनि झारपात उपयोग गर्ने गरेका छन । जस्को न त कुनैै प्राज्ञिक अभिलेख छ, न त कुनै वैज्ञानिक आधार अनि प्रमाण । यदि चरणवद्ध अनि संगठीत रुपमा शुद्ध, स्वच्छ अनि स्वस्थ्य यीनका उत्पादन तथा आजका परम्परागत उत्पादनलाई प्रसोधित एवं परिमार्जीत रुपमा उत्पादन विविभिकरण तथा बजार विस्तार तथा बाजारीकरणका लागी विश्वव्यापी मान्य हुने गरी मानक तयार गरी हामै्र आफ्ना मौलीक उत्पादन हुन भनी प्रतिलिपी अधिकार लीन सके पो उच्च हिमालीक्षेत्रको गरीवी निवारण गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

भरपर्दो भैँसी पालन ! (फाईदा र वेफाईदा सहित)

मनोज श्रेष्ठ भैसीलाई जनावर मध्ये सवैभन्दा उन्नत र राम्रो मानिन्छ । नेपालमा जनावरमध्ये ५३ प्रतिशत योगदान भैसीको छ । नेपालमा कूल १७ लाख मेट्रिक टन दूध

तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन्

काठमाडौं । खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाई आदि जस्ता कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् । सायद यही

तोरी खेती गर्ने किसानलाई तालीम

दाङ, २६ मङ्सिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान