श्रृंखला त्यस्ती भाग्यमानी सुन्दरी हुन, जोसंग क्षमता र दक्षता हुदाहुदै ‘सरकारी’ सहयोगले थप चर्चा पाईन

२०७५ मङ्सिर १७ सोमबार २०:३८:०० मा प्रकाशित

झण्डै बीसौं मिस नेपालको एउटै गुनासो हुनेगथ्र्यो, ‘हामीलाई सरकारले साथ दिएन’

मनोज श्रेष्ठ

halokhabar

श्रृंखला खतिवडा त्यस्तो भाग्यमानी युवती हुन, जसको दक्षता र क्षमता हुदाहुदै पनि ‘शक्तिको अभ्यास’को खाचो पर्यो । किनभने उनीभन्दा निक्कै क्षमतावान युवतीहरु पनि यसअघि मिस वल्र्डमा सहभागीता जनाईसकेका छन् । अहिलेसम्म जति जना मिस वल्र्डमा भाग लिन गएर फर्किएका छन्, उनीहरु सवैको एउटै गुनासो हुन्थ्यो, ‘हाम्रो देशको सरकारले हामीलाई वास्तै गरेन । किनभने हामीले त्यहाँ व्यक्तिको प्रतिनिधित्वमात्रै नभएर देशको प्रतिनिधित्व गरेका हुन्छौ ।’

बास्तममा उनीहरु त्यहाँ पुगेपछि साच्चै नै टुहुरा झै हुन्छन् । मित्तव्ययी खर्चव्यवस्थापन, सरकारको असहयोग जस्ता कारणले पनि उनीहरुको अवस्था यस्तो हुने गरेको थियो ।प्रायः अन्य देशबाट मिस वल्र्डमा सहभागिता जनाउँनेहरुका सहयोगी मात्रै होइन, धेरै देशका सरकारका प्रतिनिधिहरुको पनि साथ र सहयोग हुने गरेको छ । 

यस बर्ष श्रृंखला त्यस्तो भाग्यमानी मध्यमा दरिन पुगिन कि, उनीसंग क्षमतावान हुदाहुदै पनि अघोषित रुपमा सरकारी सहयोग र साथ मिल्यो । यसको एउटै कारण, उनको बुबा विरोध खतिवडा हुन । उनी नेपाल कम्युनिष्ट पार्टीका नेता मात्रै होइनन्, कि उनको पार्टीले अहिले सरकारमा छ । पूर्व एमालेका नेताका नाताले एमाले भित्रको संचार संयन्त्र अन्य पार्टीमा भन्दा पृथक र प्रभावकारी मानिन्छ । 

यसले गर्दा पनि उनी चर्चाको शिखरमा पुगेकी हुन । सरकारी कर्मचारी हुन् या पार्टीका कार्यकर्ता, सहयोग पाउँनु निक्कै राम्रो कुरा हो । यता, पूर्व मिस नेपालहरुले पनि उनलाई राम्रै सहयोग र क्याम्पियन चलाए । हुन त उनलाई निर्मलाको बलात्कार र हत्यासंग जोडेर विवादित पनि पार्न खोजे । तर, उनीहरु बीच तुलना गर्ने काम वास्तबमै राम्रो देखिएन ।

अन्य मिस नेपालको तुलनामा श्रृंखलाको चर्चा ह्वात्त बढ्नुको राज पनि उनैको वुवा हुन । मिस वल्र्डको बारेमा थाहाँ पत्तो नहुनेले पनि यस पटक मिस वल्र्डको चर्चा गरे । चाहे समर्थन होस वा विरोधमा । चर्चा सवै सकारात्क मात्रै हुन्छन् भन्ने छैन । उनको समर्थन वा विरोध जे भएपनि उनले ताज पहिरिदा नेपालले गर्व गर्नै पर्ने हुन्छ । वास्तवमै पनि हरेक देशका प्रतिनिधिका नामले होइन, उनले उच्चाहरण गर्ने देशको नाम र त्यस त्यसको झण्डाले पहिचान दिने गरेको हुन्छ ।

यसै साता हुने मिस वल्र्डको फाईनलमा उनको उपस्थिती कस्तो हुन्छ त्यो त पर्खनै पर्छ । तर, यसअघि ईशानी श्रेष्ठले पनि एउटा टाईटल अवार्ड जितिसकेकी छन् । व्यूटी बीथ अ पर्पस अवार्ड जितेर उनले राखेको किर्तिमान तोड्न सके त राम्रै हो । ईशानीले पश्चिम नेपालमा दन्त शिविर संचालन गरेको भिडियोले ब्यूटी। बीथ अ पर्पसको अवार्ड जितेर सवै रेकर्ड तोडेकी थिईन । त्यस्तै श्रृष्टी श्रेष्ठले पनि आफ्नो पालामा खुबै मेहनत गरेकी थिईन । उनी अन्तर्राष्ट्रिय मिडियाको नजरमा पर्ने सवैभन्दा सेक्सी सुन्दरी थिईन । 
 

प्रतिकृया दिनुहोस

अढाई सय वर्षदेखि संघीयता भए पनि अमेरिकामा समस्याः  सभामुख महरा

सौराहा (चितवन), २९ मंसिर ।     चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रदेश

दुर्घट्नामा मृत्यु हुनेको संख्या १८ पुग्यो, मृत्यु हुनेहरुमा स्थानिय किसान बढी

काठमाडौं, २९ मंसिर । मिनिट्रक दुर्घट्ना हुदा नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मृत्यु हुनेहरुको संख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृत्यु

नागरिकता सम्बन्धी बेग्लै प्राबधान राख्न गेसोको माग

काठमाडौं, २८ मंसिर । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा सैनिक र तिनका सन्ततीहरुको हकमा नेपाली नागरिकता सम्बन्धी बेग्लै प्राबधान राख्न माग गरेको छ