‘पूर्वी मोरङका वासिन्दाद्धारा विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग'

२०७५ मङ्सिर १७ सोमबार १७:२६:०० मा प्रकाशित

भूमि समस्या समाधान गर्न सरकार गम्भिर : प्रम ओली

हलोखबर

halokhabar

काठमाडौं, १७ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग सोमबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताए । ‘यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ’, प्रधानमन्त्री ओलीले भने ।


 प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले  भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई  तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सँगै रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताईन । 

मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधीहरु साँसद घनश्याम खतिवडाको नेतृत्वमा आएका थिए । 
 

प्रतिकृया दिनुहोस

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ: मन्त्री साह

लहान, १० फागुन । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण

बिरुवा वितरणमा अनियमितता भएको कृषकको गुनासो

हुम्ला, ९ फागुन । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको जनाइएको छ ।

अब दैलेखको गाउँमैं अल्लो प्रशोधन हुने

दैलेख, ७ फागुन । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा