खेतीयोग्य जमिन मास्दै रुद्राक्ष रोप्न थाले किसान

२०७५ मङ्सिर १७ सोमबार ०८:४७:०० मा प्रकाशित

उत्तरी भोजपुरमा आम्दानीको श्रोत रुद्राक्ष

हलोखबर

halokhabar

भोजपुर, १७ मंसिर : नेपालका शिक्षाका ज्योतीका रुपमा परिचित बालागुरु षडानन्द अधिकारीले भारतको बनारसबाट ल्याएर रोपेको रुद्राक्ष भोजपुरको उत्तरी १५ भन्दा बढि गाविसका नागरिकको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकहरु खेतीयोग्य जमीन मासेर रुद्राक्ष रोप्न थालेका हुन । रुद्राक्षको राजधानीको रुपमा परिचित भोजपुर जिल्लाको उत्तरी क्षेत्रका १५ भन्दा बढी गाविसमा बर्षेनी लार्खौ मुल्यमा रुद्राक्षको किनवेच हुने गरेको स्थानियवासीहरु बताउँछन । 


रुद्राक्ष कृषकका अनुसार मुख अनुसार रुद्राक्षको किनवेच हुने गरेको छ । जति धेरै मुख भयो त्यति नै धेरै बढी मूल्य तोकिन्छ । मुखका आधारमा रुद्राक्षको किनबेच हुने गरेको पाईन्छ । रुद्राक्ष कृषकहरुका अनुसार २१ मुखे रुद्राक्षको मूल्य स्थानीय बजारमा २५ देखि ३० लाख सम्म पर्ने गरेको छ । अहिलेसम्म २ देखि २९ मुखेसम्मको रुद्राक्ष फल्ने गरेको उत्तरी क्षेत्रका किसानहरु बताउँछन । रुद्राक्ष भोजपुर तथा संखुवासभामा अत्याधिक मात्रमा फल्ने गरेको छ । भोजपुरमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भएपनि यसको पहिलो बजार संखुवासभाको सदरमुकाम खाँदबारी नै हो ।

जिल्ला विकास समिति भोजपुरले जिल्लाबाट निर्यात हुने जडिबटिमा प्रत्येक बर्ष निकासी कर लगाउने गरेपनि प्रभावकारी संयन्त्रको अभावमा रुद्राक्ष निकासीको केही प्रतिशत पनि कर उठाउन सकेको छैन । खाँदबारीमा खरीद हुने रुद्राक्ष तराईका जिल्ला, काठमाण्डौ, भारतमा समेत निर्यात हुने गर्दछ अहिले भने ती बाहेक चीन, युरोप र अमेरिका लगायतका मुलकहरुमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । 
धार्मिक विश्वासका आधारमा पनि रुद्राक्षलाई किन्ने गरिन्छ । रुद्राक्षको माला लगाएमा धर्म मिल्ने बिश्वासका कारणले पनि यसको बिक्री बढेको कृषकहरुको भनाई रहेको छ । विभिन्न मुखे रुद्राक्ष हिन्दु धर्मावलम्वीले लगाउने गरेका छन ।   


नगदेबालीका रुपमा स्थापित हुन थालेको रुद्राक्षको कारोबार साउनदेखि फाल्गुनसम्म बढी हुने गरेको उत्तरी क्षेत्रका बासिन्दाहरु बताउँछन । भोजपुरको दिङलामा उत्पादित रुद्राक्ष चीन, जापन र भारतमा सबैभन्दा बढी निकासी हुने गरेको छ । पछिल्लो समयमा चिनियाँ बजारमा रुद्राक्षको माग ह्वात्तै बढेपछि भोजपुरमा रुद्राक्ष कारोबार बढेको हो । 
भोजपुरको उत्तरी क्षेत्रमा रहेको पाँच गाविस केउरेनीपानी, मुलपानी, तुङगेछा, किमालुङ, र खार्तम्छालाई समेटेर षडानन्द नगरपालिका सरकारले केही समय अगाडी घोषणा गरेपछि विभिन्न तह तप्कामा नगरपालिका चलाउन सक्ने स्रोतकोरुपमा पनि रुद्राक्षलाई लिइएको छ । रुद्राक्षबाट भित्रने करोडौं रुपैयाले नगरपालिका चल्न सहज हुने दिङलाबासीको विश्वास छ । भोजपुरको दिङलामा मात्रै हुने रुद्राक्षको कारोवार अहिले जिल्लाको विभिन्न भेगमा समेत शुरु गरिएको छ । 


पछिल्लो समयमा कृषकहरुमा रुद्राक्ष मोह बढन थाले पछि जिल्ला बन कार्यालय भोजपुरले समेत रुद्राक्षको बिरुवा बितरण गर्न थालेको छ । जिल्लामा रुद्राक्ष लगाउने कृषकको संख्यामा बृद्धि हुन थालेको बताएँदै जिल्ला बन कार्यालय भोजपुरका बिरेन्द्र महासेठले कार्यालयले समेत केही बिरुवा बितरण गरेको बताए ।
 

प्रतिकृया दिनुहोस

प्रदेश १ ले ल्यायो करोडसम्म कृषि अनुदान प्याकेज

सरकारी व्यवस्था त त्यसै पनि भ्रष्ट र ढिलासुस्ती छदैँछ । सर्वसाधरण जतनाकै उपज हो, यो सरकार पनि । न कि अन्यत्रबाट झिकाएको हो । यिनै जनताको नाडीँ

‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य

गुणस्तरीय दुग्ध पदार्थको उत्पादित क्षमता सुधार

हेटौँडा, २८ मङ्सिर । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका