नार्कका कर्मचारीलाई कृषि मन्त्री खनालको प्रश्न, ‘तपाईका कृयाकलापबाट म सन्तुष्ट छैन ?’ 

२०७५ मङ्सिर १६ आइतबार ११:४५:०० मा प्रकाशित

हलोखबर

halokhabar

काठमाडौं, १६ मंसिर : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माँझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्क प्रति असन्तुष्टि जनाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतिबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना कृयाकलापमा परिवर्तन गर्न आग्रह गरे ।

‘नार्कका कर्मचारी प्रति मेरो कुनै गुनासो छैन, तर तपाईका कृयाकलापबाट म सन्तुष्ट छैन’, मन्त्री खनालले भने, ‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाई ? त्यो मलाई थाहा छैन तर बनाउने भन्दा भत्काउने काम भयो ।’नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाई छ । कि त हामीसँग प्रयाप्त श्रोत साधान र प्रयोगशाला नभएको भनेर हात झिक्न पर्यो, होइन भने फाइदा के भन्दै खनालले प्रश्न गरे । 


आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिएका छन् ।  नार्कमा रहेका पेशागत युनियन प्रति पनि मन्त्री खनालले आक्रोस पोखेका छन् । युनियनले हरेक कुरामा हक्ष्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो भन्दै प्रश्न गरे । प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न भन्दै उनले अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे ।


उनले जधावाभी बाली लगाएर अनुदान माग्ने मात्र परिपाटी रहेको भन्दै त्यसलाई पनि परिवर्तन गर्न किसानसँग आग्रह गरेका छन् । ‘अनुसन्धान विनाका जथाभावि भाली लगाएर फाइदा हुँदैन, खनालले भने, अनि असफलता लाग्छ र बाली लगाउन छोड्छन्, त्यसले फाइदा भन्दा घाटा बढी हुन्छ ।यसैबीच बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन् । ६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ । 

प्रतिकृया दिनुहोस

अनुसन्धानले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग

भरतपुर, ८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन

अधिकांश कुखुरामा रोग देखिदा समस्या

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण

माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व

काभ्रेपलाञ्चोक, ६ फागुन । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएको छ