चरनको अभावले भेडापालन व्यवसाय सङ्कटमा 

२०७५ मङ्सिर १४ शुक्रबार १६:२२:०० मा प्रकाशित

भेडाच्याङ्ग्रा बेँसी झार्नुपर्ने बाध्यता

हलोखबर

halokhabar

बझाङ, १४ मङ्सिर । चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा पर्न थालेको हो । 

 

वर्षभरि लेकबेंसी गरेर भेडापालनको व्यवसायका लागि रहेको सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न थालेको हो । चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकको गुनासो छ । पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा स्थानीयले वन संरक्षणका नाममा चरिचरन गर्न नदिएपछि समस्या आएको हो । परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, कैलास, गडराय, दहबगर, सैनपसेलालगायतका ठाउँका करीब ४५० परिवारले पालेका ४० हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई चरन सङ्कट भएको छ । 

 

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको काँडाका घुरन बोहराले बताए । “सामुदायिक वनमा भेडा चराएवापत शुल्क तिर्नुपर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन्, उनीहरुले भनेको नमान्नु भएन सधैं पैसा तिर्न सकिँदैन, पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने गरेको छ”,उनले भने । यसरी पैसा तिर्दै जाने हो भने वर्षभरिमा कमाइएको आधा हिस्सा सकिने भेडापालकको गुनासो छ । अब यो व्यवसाय छोड्नुभन्दा अर्को विकल्प नभएको साइपाल गाउँपालिकाका मनबहादुर महतले बताउँछन् । चरन क्षेत्रको अभावसँगै युवा पनि यस पेशामा आकर्षित नहुँदा पनि यस्तो समस्या आएको उनको भनाइ छ । 

 

युवाको वैदेशिक रोजगारतर्फ जान थालेपछि झन समस्या थपिएको छ । पहिलेपहिले भेडा हेरालु सहजै पाइन्थे आजकाल महीनाको रु १५-२० हजार दिन खोज्दा पनि मानिस पाइँदैन । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले भेडाच्याङ्ग्रालाई बेँसी झार्नुपर्ने बाध्यता हुन्छ । बिरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको अर्का भेडापालकको दुखेसो छ । साइपाल गाउँपालिकामा मात्र करीब ३६३ परिवार छन् जसमध्ये २५० भन्दाबढी भेडापालन व्यवसायमा संलग्न रहेको स्थानीय गोरख बोहराले बताए ।

 

“केही वर्षअघि एक जनाले ४५० देखि २०० भन्दाबढी भेडापालन गर्दै आइरहेका थियौँ, तर अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०-६० भेडा पालेको छौ,” उनले भने । यहाँका हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेशा मानिएको भेडापालन हालैका वर्षमा क्रमशः घट्दै गएको छ । सामुदायिक वनको आप्नै किसिमका नीतिनियमका कारण व्यवसायमा असर पर्न थालेको हो । ऊनको प्रयोग पनि घट्दै गएको व्यवसायी बताउँछन् ।

 

सामुदायिक वन उपभोक्ता समितिले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनाश गर्न थालेपछि अधिकांश ठाउँमा चरिचरनमा रोक लगाउनुपरेको बताउँछन् । रासस
 

प्रतिकृया दिनुहोस

प्रदेश १ ले ल्यायो करोडसम्म कृषि अनुदान प्याकेज

सरकारी व्यवस्था त त्यसै पनि भ्रष्ट र ढिलासुस्ती छदैँछ । सर्वसाधरण जतनाकै उपज हो, यो सरकार पनि । न कि अन्यत्रबाट झिकाएको हो । यिनै जनताको नाडीँ

‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य

गुणस्तरीय दुग्ध पदार्थको उत्पादित क्षमता सुधार

हेटौँडा, २८ मङ्सिर । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका