अनुदान ओइरो, प्रतिफल कति ? 

२०७५ मङ्सिर १४ शुक्रबार १०:५०:०० मा प्रकाशित

कृषि क्षेत्रमा दातृ निकायको ३३ अर्ब अनुदान

हलोखबर

halokhabar

काठमाडौं, १४ मंसिर : कृषि क्षेत्रमा विभिन्न वैदेशिक सहयोगहरु थुप्रै हुने गरेका छन् । हालसम्म विभिन्न दातृ निकायले ३ सय मिलियन अमेरिकन डलर अनुदान स्वरुप नेपलको कृषि क्षेत्रको विकासकालागि दिएका छन् । यसमा सवैभन्दा धेरै वल्र्ड बैंक र एडीबीले लगानी गरेको छ ।
तर, यसबारे रियल किसान पूर्ण रुपमा जानकार छैनन् । कृषि विकास मन्त्रालय अन्तर्गत वैदेशिक सहयोगमा संचालित आयोजनाहरुबारे जानकारी दिने हामीले प्रयास गरेका छौ । कुन दातृ निकायले के कस्ता कृषि कार्यक्रमको लागि कुन कुन जिल्लामा सहयोग गर्दैछन् ? यसबारे पूर्ण रुपमा जानकारी दिने प्रयास गरेका छौ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपाल सरकारको जम्मा बजेटको त्यस्तै १५, २० प्रतिशत वैदेशिक सहयोग आउँछ । त्यसमा वैदेशिक अर्थात दातृ निकायले गरेको सहयोगबाट मात्रै के कस्तो उपलब्धी भयो भन्ने ठ्याक्कै तथ्याङ्क नभएको सुवेदीले जानकारी दिए । 

यति धेरै अनुदान रकमको रिजल्ट भने पर्याप्त रुपमा देखिएको छैन । यसबारे चर्चाहरु थुप्रै हुने गरेका छन् । पारदर्शी रुपमा यस्ता रकम खर्च नहुदा सर्वसाधरण किसान भने जिल्ल पर्ने गरेका छन् ।
अहिलेसम्म सवैभन्दा धेरै व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) प्रोजेक्टकालागि वल्र्ड वैंकले ८१ दशमलब ८५ मिलियन अनुदान दिएको थियो । जुन सन् २००९ देखि सुरु भएर यही बर्ष अर्थात सन् २०१८ मा समापन भयो । 


त्यस्तै उच्च पहाड कृषि व्यावसाय तथा जिविकोपार्जन आयोजना (हिमाली) प्रोजेक्टकालागि एशियाली विकास वैंक (एडीबी)ले ३० मिलियन सहयोग गरेको छ । जुन उच्च पहाडी जिल्लाहरु जुम्ला, मुगु, हुम्ला, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग, सोलुखुम्बु, संखुवासभा, रसुवा र दोलखा रहेका छन् । त्यसबाहेक रानी, जमरा, कुलरिया सिंचाई आयोजनाकालागि वल्र्ड वैंकले कैलालीकालागि २ दशमलब ७ मिलियन, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाकालागि एडीबीले ३३ मिलियन सहयोग गरेको छ । जुन परियोजना मध्यपश्चिममा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख तथा सुदुरपश्चिमतर्फ कैलाली, डोटी, डडेलधुरा, बैतडी र दार्चूला रहेका छन् ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत सहयोग गरेको विभिन्न परियोजनाको पूर्ण जानकारी तलको तालिकामा हेर्न सक्नुहुनेछ ।
 

 

कार्यक्रम/आयोजना

दातृ निकाय

शुरु मिति

समाप्त हुने मिति

कार्यक्रम लागु भएका जिल्ला

 

कूल लागत (युयस $)

व्यवसायिक कृषि तथा व्यापार आयोजना (PACT)

World Bank

नोवेम्वर, २००९

जुन, २०१८

७५ वटै जिल्ला ।

८१.८५ मिलियन  (अतिरिक्त लगानी सहित)

एकिकृत जलश्रोत व्यवस्थापन आयोजना (IWRMP)

World Bank

२०६५/६६

 

पूर्वाञ्चलः  झापा, सुनसरी

मध्यमाञ्चलः वारा , पर्सा

पश्चिम,मध्यपश्चिम र सुदुरपश्चिमका सवै जिल्लाहरु

६.२ मिलियन

 जलवायु प्रकोप समुत्थान निर्माण आयोजना (PPCR)

World Bank

२०६९/७०

२०७४/७५

२५

पूर्वाञ्चल : झापा, मोरङ्ग, सुनसरी, धनकुटा, संङ्गखुवासभा, सप्तरी, सिराहा

मध्यमाञ्चल : वारा, महोत्तरी, काभ्रे, दोलखा, चितवन, धादिङ्ग

पश्चिमाञ्चल : मुस्ताङ्ग,कास्की, पाल्पा, रुपन्देही

मध्यपश्चिमाञ्चलः बाकें, दाङ्ग, सुर्खेत, रुकुम, जुम्ला

सुदुरपश्चिमः दार्चुला, डोटी, कैलाली

 

६ मिलियन

रानी, जमरा, कुलरिया

सिंचाई आयोजना

World Bank

२०६९/७०

२०७५/७६

कैलाली

२.७ मिलियन

उच्च पहाड कृषि व्यावसाय तथा जिविकोपार्जन आयोजना (HIMALI)

ADB

२०६७/६८

२०७४/७५

१०

जुम्ला, मुगु, हुम्ला, डोल्पा, मुस्ताङ्ग,मनाङ्ग, सोलुखुम्वु,संङ्गखुवासभा, रसुवा, दोलखा

३० मिलियन

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISMFP)

ADB

२०६७/६८

२०७४/७५

१०

मध्यपश्चिम : बाकें, बर्दिया, दाङ्ग, सुर्खेत, दैलेख

सुदुरपश्चिमः कैलाली, डोटी, डडेलधुरा ,बैतडी, दार्चूला

३३ मिलियन

समुदाय व्यवस्थित सिंचित (कृषि)

(CMIASP)

ADB

२०६२/६३

२०७५/७६

पूर्वाञ्चलको सुनसरी र मध्यमाञ्चलको भक्तपुर वाहेक सवै ३३    जिल्ला ।

५ मिलियन

उच्च मूल्य कृषि बस्तु विकास आयोजना (HVAP)

IFAD

२०६७/६८

सन् २०१५/१६

१०

मध्यपश्चिम : सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा

सुदुरपश्चिम : अछाम

१८.९ मिलियन

किसानका लागि उन्नत वीउ विजन कार्यक्रम (KUBK)

IFAD

२०६९/७०

२०७५/७६

पश्चिमाञ्चलः गुल्मी , अर्घाखाचीं

मध्यपश्चिमाञ्चलः  रुकुम, रोल्पा, सल्यान , प्युठान

५२ मिलियन

कृषि तथा खाद्य सुरक्षा आयोजना (AFSP)

GAFSP

२०७०/७१

२०७५/७६

मध्यपश्चिम र सुदुरपश्चिमका तराईका ५ जिल्ला वाहेक अन्य १९ जिल्ला

५७.५ मिलियन 

घर वगैचा कार्यक्रम  (Home Garden) Phase IV

SDC

२०७१/७२

२०७४/७५

२०

रामेछाप, ओखलढुङ्गगा, खोटाङ्ग, सिन्धुली, महोत्तरी, धनुषा, सिराहा, दाङ्ग, रोल्पा, सल्यान, बर्दिया, कैलाली, वैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला

२.८ मिलियन

प्रतिकृया दिनुहोस

बगर हरियाली बनाउन किसानलाई अनुदान

दाङ, २९ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई

जमीन बाँझो भएसम्म कृषिमा परनिर्भरता नघट्ने 

काठमाडौँ, २१ मङ्सिर । जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त

व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई अनुदानमा जैविक मल र दाना 

पाल्पा, २० मङ्सिर । कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ । पाँच वर्षभित्रमा कृषि र पर्यटन