विगतमा ११ करोडसम्म अनुदान दिएका छौ : निर्देशक पौडेल

२०७५ मङ्सिर १० सोमबार १०:३५:०० मा प्रकाशित

‘कृषिलाई नाफाघाटाको व्यवसाय बनाउँनु पर्छ’ 

मनोज श्रेष्ठ

halokhabar

बर्से दीर्घकालीन कृषि विकास रणनीति ९एडिएस० सफल पार्न विगत तीन बर्षदेखि प्रधानमन्त्री कृषि आधुनीकीरण परियोजना लागू भएको छ । स्वादेशी लगानीमा सुरु भएको यो परियोजना दश बर्षकालागि हो । यसको बजेट एक खर्ब ३० अर्ब रहेको छ । यस परियोजना सुरु भएको छोटो समयमै पनि यसका सकारात्मक परिणामहरु देखिसकेको छ । यस परियोजनामा अहिले निर्देशक लक्ष्मण प्रसाद पौडेल छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबारे हलोखबरका सम्पादक मनोज श्रेष्ठले पौडेलसंग गरेका विस्तृत कुराकारी । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वर्तमान अवस्था कस्तो छ ?
स्वादेशी लगानीमा स्थापित यो परियोजना लागू भएको अहिले तीन बर्ष भयो । छोटो समयमै परियोजनाले सकारात्मक रिजल्ट दिइसकेका छन् । यसलाई अझै परिस्कृत गरेर लैजादैछौ, भविष्यमा पक्कै पनि यसले एउटा उद्हारणीय कामहरु देखाउँन सक्छ । परियोजनाले अहिले चार प्रकारले काम गरिरहेको छ । जस्तो पकेट, ब्लक, जोन र सुपरजोन । दश हेक्टर क्षेत्रफलमा कृषि व्यवसाय गर्नेलाई पटेक, सय हेक्टर क्षेत्रफलमा गर्नेलाई ब्लक, पाँच सय हेक्टरमा गर्नेलाई जोन र एक हजार क्षेत्रफलमा व्यवसायिक खेती गर्नेलाई सुपर जोन नामाकरणगरी परियोजना संचालनमा छन् ।


परियोजनाबाट किसानले केकस्ता आशा वा सहयोग पाउँछन वा पाउँदै आएका छन् ?
कुनै पनि परियोजनाको ८५ प्रतिशतसम्म अनुदान दिने गरेका छौ । त्यो चाँही परियोजनाको प्रकार हेरेर हुन्छ । कुनै परियोजनामा दश हजार पाउँलान भने कुनै परियोजनाले १०, १२ करोडसम्म पाउँलान । विगतका बर्षमा भने ११ करोडसम्म अनुदान दिएका छौ । जुन जिल्ला वा ठाउँमा जे परियोजना लागू भएको छ, त्यसैमा सहयोग निर्भर हुनेगर्छ ।
 

तर, जुन गतिमा बग्नु पर्ने हो, त्यो त पक्कै छैन ?
स्थानिय निकायमा जनप्रतिनिधीको उपस्थिती, अध्यस्त कर्मचारीको अभाव, तीन तहको सरकार, पर्याप्त बजेट, नयाँ कार्यक्रम जस्ता कारणले सोचे जस्तो नभएको पक्का हो । तर, यसको मतलब काम नै नभएको भने होइन । कामहरु धेरै भएका छन् । यस परियोजनाले दश बर्षमा एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य लिएको छ । प्राप्त बजेट दस्ताबेज अनुुसारको बजेट निकासा भएको छैन । तालमेल नमिलेपनि यस्तो भएको हो । गत बर्ष ५ अर्व ६० करोड निकासा भयो । यस बर्ष ३ अर्व २३ करोड विनियोजित भएको छ । तर, ति सवै रकम खर्च हुन सकेको छैन । तीन बर्षमा यो भन्दाबढी खर्च हुुनुपर्ने थियो । तर, उत्पादकत्व वृद्धि भएको छ । 

प्रमानमन्त्री कृषि परियोजनाले लक्ष्य कसरी हासिल गर्न सक्ला त ?
कृषि तथा पशुपच्छी विकास मन्त्रालय अन्र्तगत कृषि मन्त्री र सचिवको संयोजकत्वमा दुई समित छन् । त्यसको सदस्य सचिव म नै हुँ, अर्थात यस परियोजनाका प्रमुख हुने चलन छ । सरकारले दिगो कृषि विकास रणनीति सार्वजनिक गरेको छ । २० बर्षे यस रणनीतिलाई व्यवहारमा लागू गर्न यस परियोजना ल्याइएको छ । विस्तारै विस्तारै कामहरु अगाडि बढीरहेको छ । यसलाई सवै क्षेत्रबाट सकारात्मक ढंगले लिइरहेको पनि पाईन्छ । एवं प्रकारले अरु केही बर्ष काम गर्ने हो भने पक्कै पनि रिजल्ट तपाईहरुले प्रत्यक्ष देख्न सक्नुहुनेछ ।

तीन तहको सरकारका कारण कर्मचारी व्यवस्थानमा परेको प्रभाव कस्तो छ ?
अवस्य पनि समस्या छ । किनभने तीनै तहबीचको आपसी समझदारी हुन सकेको छैन । कर्मचारी व्यवस्थापन हुन हम्मेहम्मे भईरहेको छ । साविक जिल्ला कृषि विकास कार्यलय वा पशु कार्यालय छैनन् अहिले । प्रदेश, गाउँ वा नगरपालिका भित्रै पनि कृषि केन्द्र छन् । त्यस वाहेक लगभग पाँच दर्जन स्थानमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । यसैले बाँकी सम्पूर्ण जिल्लालाई हेर्नुपर्ने हुन्छ ।

नेपालमा भएका विज्ञहरुले सेवा दिन सक्छन त ?
पक्कै पनि सक्दैनन् । ज्ञान केन्द्रसम्मलाई एउटा विज्ञ दिन सकेका छौ । एउटै ज्ञान केन्द्रले दुई जिल्लासम्म हेर्नुपरेको अवस्था छ । यस्तो अवस्थामा सम्वन्धित पालिका आफैले पनि विज्ञ राख्नुपर्ने हुन्छ । जसले गर्दा गाउँमा कृषि क्षेत्रले राम्रो फड्को मार्न सक्छ । गाउँमा भएका जेटिएले मात्रै अव सेवा दिन सक्दैनन् । कृषिको क्षेत्र विस्तार हुन थालेको छ । त्यससंगै आधुनिकीरण तर्फ उन्मूख पनि हुदैछ ।

तपाईले भनि हाल्नुभयो, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले कृषिलाई साच्चैको आधुनिकिकरण चाँही कसरी बनाउँदैहुनुहुन्छ ? 
महत्पूर्ण प्रश्न । नामले भनेजस्तैगरी हामी यन्त्रीकरणतर्फ किसानलाई लैजान खोजीरहेका छौ । किनभने एउटा किसानले विदेशतिर सय विगाहा जग्गासम्म गर्न सक्छन् । त्यो हाम्रै  नेपाली दाजुभाईले विदेशमा गएर यस्ता खेती गरिरहनु छ । शहरीकरण बढेसंगै कृषिमा काम गर्नेहरुको संख्या घट्दै जान्छ । संगै कृषि योग्य जमिन पनि साँगुरिदै जान्छ । यस्तो अवस्थामा हामीले घरीघरी व्यवसायिकरण, यन्त्रीकरण हुदै औद्योगीकीकरण तर्फ मुलुकलाई लैजानुपर्छ भनेका छौ । र, यसै अनुसार हामीले आफ्ना अनुदान त्यसैमा केन्द्रित गरिरहेका छौ ।

जस्तै, कहाँबाट कसरी सुरु गर्नुभएको छ ?
जस्तै  झापामा हाम्रो उपस्थिती नहुँदा जति धान फल्ने गथ्र्यो । अहिले त्यसको डेढ गुणा बढी उत्पादन भएको छ । अझै यसलाई उन्नत जाँतको लगाउँन सक्यो भने उत्पादन झनै बढ्छ । त्यस्तै वारा लगायतको जिल्लामा माछा उत्पादनमा पनि त्यही अनुपातमा बृद्धि भएको छ । पहिले पहिले माछामा ८० प्रतिशत भारतबाट निर्भर हुनुपथ्र्यो भने अहिले त्यो अनुपात ६० प्रतिशतमा झरेको छ । यस्ता अन्य धेरै छन् । यि सवै कुरा एकै पटक नदेखिन पनि सक्छ ।

अहिलेसम्म कहाँकहाँ कति काम गर्नु भएको छ ?
पूर्वदेखि पश्चिमसम्मै कामहरु भईरहेको छ । अहिले ६९ जोन र १४ वटा सुपर जोन कार्यक्रम लागू छ । धान, मकै, तोरी लचैली, स्याउँ, सुन्तला, कीवी, मौरी, केरा लगायतका जोन तथा सुपरजोनहरु संचालनमा छन् । पहिलो बर्षदेखि सुरु भएको कार्यक्रमको प्रतिफल देखिसकिएको छ । केही बाँकी होलान ।

उत्पादन वृद्धि गर्ने मुख्य मुख्य सुत्रहरु के कस्ता छन् ?
झापामा उन्नत र यन्त्रीकरणमार्फत औद्योगीकरण तर्फ लैजानेक्रममा छौ । बजारमा उत्पादन वृद्धि गर्ने प्रविधि धेरै आईसकेको छ । मेसिनरी पनि हाईटेक प्रविधि छन् । यस्त उपकरण हामी किसानलाई सस्तोमा वितरण गर्छौ । मेसिनरी सामाग्रीको प्रयोग बढाउँने हाम्रो लक्ष्य हो । र, यसलाई दैनिक काममा अध्यस्त पार्न सके पक्कै पनि उत्पादन वृद्धि हुदै जान्छ ।

तर, खाद्य सामाग्रीको माग त बढ्दो छ, होइन ? 
पक्कै पनि । पहिले पहिले हिमालमा जे फल्थ्यो त्यसैबाट दैनिक गुजारा चलाउँन पथ्र्यो । वा, तराईमा जे फल्थ्यो त्यही खानु पथ्र्यो । तर, अहिले समय बदलिएको छ । तपाईमा फल्ने धान वा चामले हिमालसम्मै गाडीमा पुग्छ । उताका यता, यताको उता हुन थालेपछि उपभोग्य वस्तुको माग अवश्य बढ्छ । तर, उत्पादन हुने क्षेत्रफल घट्दो क्रममा छ । त्यसै कारण आधुनिकीकरण आधुनिकीकरण भनेर भट्टयाईरहेका छौ । र, हुन पनि पर्छ ।

आशा कत्तिको राख्न सकिएला ? 
कृषि तथा बन विश्वविद्यालय, रामपुरमा अध्ययनरत ८ औं सेमिस्टरका विद्यार्थीलाई अघिल्लो वर्ष छ महिला प्रयोगात्मक अभ्यास गराएका थियौ । उनीहरु एकदमै उत्साहित भए । पहिले पहिले यहाँ पढेर विदेश जाने गर्ने । तर, ति विद्यार्थीहरु आफैले व्यवसायिक कृषि देखेपछि धेरै यही देशमा केही गर्ने सोच र अठोट लिएर बसेका छन् । विदेशमा शीप सिकेर फर्केका वा यही पढेर कृषिमा लाग्नेहरु बढ्न थाल्ने वित्तिक्कै कृषिमा क्रान्ति हुन्छ । 

अहिलेसम्म भएको खर्च र प्राप्त उपलब्धीलाई कसरी तुलना गर्न सकिन्छ त ?
हामीले एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य भएपनि सोचे अनुसार पैसा खर्च भएको छैन । विविध कारणले खर्च गर्न नसक्दा सोचेजस्तो उपलब्धी गर्न नसकिएको पक्कै हो । यसको अर्थ कामै  भएको छैन भन्ने होइन । उत्पादकत्व वृद्धि भएको छ । उत्पादन बढेसंगै मूल्य घट्दो छ । शहर बजारमा मूल्य घट्नु भनेको विदेशबाट आयत भएर हो । तर, गाउँमा भने उत्पादन बढेर मूल्य घटेको हो । 

नेपालमा उत्पादन भएकाभन्दा भारतबाट आयातित वस्तुहरुको मूल्य कम पर्छ, किन ? 
बजारको गतीशीलताले गर्दा यस्तो भएको हो । मार्केटमा सहभागी कुनै वर्गको खेल पनि हुन सक्छ । किसानलाई बढी अनुदान दिएर पनि यसलाई न्यूनिकरण गर्नुपर्ने हुन्छ । कलेक्सन सेन्टर, स्टोरको सुविधा दिएर जोन, सुपरजोन वरिपरी राखिनुपर्छ । लिलाम विधिलाई पनि नेपालमा इन्ट्रिड्युस गराउँनुपर्छ । साथै एक मात्रै विकल्प क्षमता वृद्धि गरेर जानै पर्ने हुन्छ । किसानहरुले चिन्ता लिनु पर्दैन । किनभने विस्तारै किसानको मागअनुसारको सुविधाहरु थपिदैछन् । उत्पादन जति गरेपनि हुन्छ । र, अफसिजनमा राम्रो सामाग्री विक्री गर्न सक्छन् । यसकालागि विभिन्न ठाउँ कोल्ड स्टोरेजहरु धमाधम बनिदैछन् । 

किसानलाई तपाईको सुझाव ?
कृषिलाई नाफाघाटाको व्यवसाय बनाउँनुपर्छ । पूख्यौली पेशासाई आधुनिकरण गर्दै लैजनुपर्छ । उन्नत कृषि सस्कृति बनाउँनुपर्छ । अव, हलो त जोत्ने । त्यसको अर्थ उन्नत हलो जोत्ने हो । अवको नयाँ पिँढीले गोरुलाई पछाडी राखेर, हिलो छ्यापेर हलो जोत्दैनन् । अव हलो नै नजोत्ने त ? विदेशमा सैयौ हेक्टर जमिन एक जनाले गर्न सक्छन् । हाम्रा नेपालीले त्यहाँ पुगेर उत्पादन बढाईदिन्छन् । उनीहरु आफ्नो देशमा आएर पनि यस्ता काममा लाग्नुपर्छ । र, सवै लाग्ने हो भने नेपालमा आत्मनिर्भर हुन सकिन्छ ।
 

प्रतिकृया दिनुहोस

किसानको हितकालागि निजी मिडियाहरुसंग पनि सहकार्य गर्दै जान्छौ : प्रमुख दाहाल

कृषि सूचना केन्द्रको नाम अहिले परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र भएको छ । यस केन्द्रले कृषि क्षेत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

किबी खेती कार्यक्रम लथालिंग

इलाम, २८ कात्तिक । इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको १, २, ३ र ४ को क्षेत्रमा किबी फलको ‘जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत भए पनि

अनुदान प्रसस्त पाईन्छ असल कृषिमा काम गर्नेकालागि : हरिबंश आचार्य

चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि