भोजपुरका अलैची किसानलाई ऋण तिर्नै समस्या

२०७५ मङ्सिर ९ आइतबार २०:१७:०० मा प्रकाशित

रोगको संक्रमण र मूल्य घट्दाको असर

निरोज कोइराला

halokhabar

भोजपुर, ९ मंसिर : खोल्साको कालोसुन भनेर चिनिने अलैची खेती गरिरहेका पूर्वी पहाडी जिल्ला भोजपुरका किसानहरु ऋण तिर्न समस्यामा परेका छन । खेती गरिएको अलैचीमा रोग लागेर उत्पादन राम्रो हुन नसकेको र अलैचीको मूल्यमा पनि गिरावट आएको कारण आफुहरु मारमा परेका अलैची किसानहरु बताउँछन । वैदेशिक रोजगारीमा जान छोडेर ऋण लिएर अलैची खेती शुरु गरेका किसानहरु बढी मारमा परेका छन् ।


विभिन्न किसिमका रोगहरु लागेर उत्पादन घटेपछि अलैची बेचेर ऋण तिरौला भन्ने भोजपुर जिल्लाका अलैची कृषकहरुको सपना समेत चकनाचुर भएको छ । गत वर्ष ५ मन अलैची फल्यो, प्रतिमन १ लाख ३० हजारले बिक्री भयो, तर यस वर्ष १० केजीमात्र फल्यो त्यही पनि मनको ३० हजारले विक्री हुन समस्या भइरहेको भोजपुर नगरपालिका १० खुरिलाका किसान देवेन्द्र कार्कीले गुनासो गरे । स्थानीय अलैची कृषक दुर्गाबहादुर कार्कीले निरास हुदै भने २०३७ सालबाट अलैची खेती सुरु गरेको कहिलै यस्तो भएको थिएन यो वर्ष रोगले सखाप बनायो, धान, मकै गहँ कोदो नलगाई अलैची लगाएको रोगले सवै अलैची मरेपछि भैसी वेचेर ऋण तिर्नु प¥यो ।

यस वर्ष अलैचीको विरुवामा छिर्के, गाना कुहिने, डडुवा, पात कुहिने लगायत रोगले सवै अलैची मरेको छ, अलैची फलाएर साउको ऋण तिर्ने योजना, अहिले अलैची नफल्दा र बजारमा भनेजस्तो मूल्य नपाउँदा ऋण तिर्न गाह्रो भएको अर्का अलैची कृषक बमबहादुर कार्कीले दुखेसो गरे । एकताका अलैचीको मूल्य बजारमा ह्वात्त बढेकोले सबै बाली मासेर करिब २० लाख लगानी गरी आफ्नो २६ रोपनी र १ सय ७४ रोपनी भाडामा लिई करिब २ सय रोपनी क्षेत्रफलमा अलैची लगाएको स्थानीय चक्र कार्कीले बताए । 


उनले भने, ‘रोगले महामारीको रुप लियो, २ सय रोपनी क्षेत्रफलमा ३० मन उत्पादन हुनुपर्नेमा पा“च मन मात्र फल्यो, यति अलैची वेचेर खेतलाको ज्याला, खाना, खाजा, मल, घर खर्च खै कसलाई दिनु ? व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याट) अन्तर्गत सरकारले १ करोड प्रदान गर्ने आशमा २० लाख खर्च गरी अलैचीको विरुवा लगाएको तर त्यो कार्यक्रमका लागि आफ्नो उद्यमशिलता कृषि फर्म नपरेकोले आफू ऋणमा परेको कार्कीले जानकारी दिए । उनको वगानबाट यसवर्ष ३ लाख बराबरको अलैचीको बोट र १ लाख बराबरको विरुवा रोगका कारण मरेको बताए । अलैची खेतीको लागि सिचाई र माटो परीक्षण नहुदा उत्पादन हुन नसकेपछि आफूले अहिले अलैची खेती लाउन नसकेको टयाम्केमयुङ गाउँपालिका २ छिनामखुका कृषक वालचन्द्र राईले बताए ।


जिल्ला अलैची व्यवसायी महासंघ भोजपुरका अध्यक्ष नविन प्रधानका अनुसार पहाडी क्षेत्रमा अलैचीमा रोग लाग्नुको कारण विरुवा बुढो भएर एवं अलैची बारीमा भएका उतीसका रुखहरुले मलिलो माटो सोचेर भएको बताए । अर्कोतर्फ कृषकहरु रोगको समस्या लिएर औषधि पसलमा जाँदा रोग पहिचान नै नहुने, सरकारले वास्तवीक कृषक पहिचान नगरी जथाभावी आसेपासेलाई अनुदान प्रदान गर्ने, कृषिविज्ञ नभएकाले कुन प्रजातिको अलैची कुन वातावरणमा लगाउने थाहा नहुनुका कारणले पनि यस्तो समस्या भएको हो ।


भोजपुर नगरपालिकाले आव २०७४÷०७५ मा उद्यमशिलता कृषि फर्मलाई प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत ८० हजार पूँजिगत अनुदान र १ लाख ८० हजार साना सिंचाई साथै विरुवा खरिदको लागि नगरपालिकाबाट रकम प्रदान गरेको भोजपुर नगरपालिका कृषि शाखाका निमित्त प्रमुख कविता अधिकारीले जानकारी दिइन् । यससगै नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आव २०७४/०७५ मा नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत अनुदानमा वडा नं १ हेलौंछाका कृषकहरुलाई ७० रोपनी क्षेत्रफलमा लगाउन ३५ हजार ९ सय विरुवा प्रदान गरेको समेत अधिकारीेले बताइन् ।


अलैची क्षेत्रलाई विकास गर्नका लागि जिल्लाका चम्पे, प्याउली, साङपाङ, सिद्धेश्वर, नागी, थिदिङखा, अन्नपूर्ण, छिनामखु, खावा, बोया, किमालुङ र हेलौंछालाई अलैचीको पकेट क्षेत्र घोषणा गरिएको छ । अलैची खेती गर्दा काठ, डालेघाँस, घाँसपात समेत प्रशस्त हुने हुदा वाख्रापालन, भैसीपालनमा समेत टेवा पुग्दछ । यसअघि सरकारले अलैची कृषहरुलाई प्रोत्साहन गर्नका लागि व्लक क्षेत्रमा उत्पादन भएको अलैचीलाई संकलन, प्रशोधन, प्याकेजिङ र बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत टयाम्केमयुङ २ छिनामखुमा ५० प्रतिशत करिब २० लाख ४० हजारको ५ कोठो भवन जिल्ला कृषि विकास कार्यालयको अनुदानमा निर्माण गरेको व्लक क्षेत्र सञ्चालन समितिका अध्यक्ष विदेन कुमार राईले जानकारी दिए ।


जिल्लाको उद्यमशील कृषि सहकारीलाई ५० प्रतिशत करिब १३ लाख ४० हजार कृषि विकास कार्यालयबाट अनुदान प्राप्त भएपछि उनीहरुले गाडीसमेत किनेका छन् । त्यस सगै गत वर्षमा जिल्ला कृषि विकास कार्यालय र उन्नती परियोजनाको सयुक्त लगानीमा चम्पे, भैसीपंखा र दिङ्लाका कृषकहरुलाई ८ वटा आधुनिक अलैची भट्टी प्रदान गरी सकिएको छ ।
आव २०७४/०७५ अन्तर्गत कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा डम्बरसाई प्रजातिको अलैची समुद्री सतहबाट ८ सयदेखि १२ सय मिटरमा पर्ने चम्पे, साङपाङको तल्लो भागमा गरी करिब ५० हेक्टरमा लगाइएको  छ ।

सबैभन्दा बढी लगाइएको रामसाई प्रजातिको अलैची १५ सय मिटरभन्दा माथिको भागहरु छिनामखु, सिद्धेश्वर, अन्नपूर्ण, खावा, बोया, किमालुङ, साङपाङमा गरी करिब ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको छ । गोलसाई प्रजातिको अलैची १२ सयदेखि १६ सय मिटरसम्म हुने भएकाले जिल्लाको हेलांैछा, गुप्तेश्वर, छिनामखुको तल्लो भागमा करिब २ सय हेक्टर क्षेत्रफलमा लगाइएको साविक जिल्ला कृषि विकास कार्यालय भोजपुरका सूचना अधिकारी युकमणी भट्टराईले जानकारी दिए । हाल जिल्लामा प्रदेशस्तरीय कृषि ज्ञान केन्द्र स्थापना भएको उल्लेख गर्दै भट्टराईले मंसिर पहिले हप्तामा अलैची खेतिलाई थप विस्तार गर्नका लागि जिल्लामा प्रयोगशाला स्थापना, रोग निवाकरणका लागि विषादी तथा उपकरण, अगुवा कृषकहरुलाई राहत सामग्री वितरण, विषादी वितरण गर्ने, जनचेतना अभिवृद्धि कार्यक्रम तय गरिएको बताए ।


पछिल्लो समय जिल्लामा अलैची जोन कार्यक्रम सञ्चालनका लागि क्षेत्र निर्धारण गर्न सरोकारवाला निकायहरुसँग छलफल गरी भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टयाम्केमयुङ रामप्रसादराई, अरुण गाउँपालिकाको २१ वडा छनोट गरिएको छ । अन्य वडाहरुमा भने स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक एंव अन्य सहयोग गर्ने समेत भट्टराईले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सामान्य व्यापारीले बिक्री गर्न लैजादै गरेका बोकापाठी पक्राउगरी सशस्त्र प्रहरीद्धारा लिलामी (प्रमाण सहित)

काठमाडौं, २८ मंसिर । सिकेन्दर साह हजुरबुबाको पालादेखि सिरहाको लहानमा बस्दै आएका सामान्य किसान हुन । उनले विगत दश बर्षदेखि पूर्वका विभिन्न ठाउँमा

तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन्

काठमाडौं । खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाई आदि जस्ता कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् । सायद यही

सहकारीका माध्यमबाट कृषिलगायत अन्य क्षेत्रमा १७४८ जनालाई स्वरोजगार

कञ्चनपुर, २७ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम