कुखुरापालक किसान विस्थापित हुने अवस्थामा

२०७५ मङ्सिर ९ आइतबार १५:३६:०० मा प्रकाशित

किसानबीचको एकता र राज्यको सहयोग 

हलोखबर

halokhabar

चितवन, ९ मङ्सिर । कुखुराजन्य उत्पादनको मूल्यमा गिरावट आएपछि किसान प्रभावित भएका छन् । अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्यनिकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका हुन् । 

 

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्यभन्दा बिक्री मूल्य रु दुई प्रतिगोटा कम छ । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ३५ लाख गोटा अण्डा उत्पादन हुनेगर्दछ । अण्डाबाट किसानले दैनिक रु ७० लाख नोक्सान व्यहोरिरहेको उनको भनाई छ । सङ्घले हाल फार्म मूल्य प्रतिक्रेट ठूलो अण्डा रु २३० र मझौला अण्डा रु २०० तोकेको भए पनि बजारमा ठूलो अण्डा रु २०० को हाराहारी र मझौला रु १८० हाराहारीमा बिक्री भएको कँडेलले बताए । अण्डाको लागत मूल्य रु नौ रुपैयाँ पर्ने गर्दछ । जसबाट लेयर्स कुखुरा पाल्ने दुई हजार किसानले नोक्सान व्यहोरिरहेको उनले बताए । 

 

नेपालमा कुखुरापालन क्षेत्रमा ७० अर्ब लगानी रहेको व्यवसायी बताउँछन् । यसको आधा हिस्सा लेयर्स कुखुरा पालनमा लगानी भएको छ । आधाभन्दा बढीमा बैंकको ऋण रहेको छ । कँडेलले किसान बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, “अब तीन महीना यस्तै रह्यो भने आधा किसान व्ययवसायबाट विस्थापित हुन बाध्य हुन्छन् ।” उता कुखुराको मासुको मूल्य अत्यधिक घटेपछि बोइलर कुखुरापालक किसान पनि प्रभावित बनेका छन् । कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले किसानले मासुमा प्रतिकिलो रु ४० नोक्सान व्यहोरिरहेका बताए । 

 

फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १३५ मा बिक्री भइरहेको छ । लागत मूल्य प्रतिकिलो रु १७५ पर्ने उनको भनाइ छ । देशभरमा ४० हजारभन्दा बढी कृषकले बोइलर कुखुरा पाल्दै आएका छन् । चल्ला, दानाको मूल्य बढी तिरेर पनि कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्दा निकै नोक्सान व्यहोर्नु परेको उाले बताए । 

 

सङ्घले दाना उत्पादन सघ, ह्याचरी उद्योग सङ्घ र सप्लायर्ससँग सहयोगको आह्वान गरेको भए पनि कसैले चासो नदेखाएको उनको गुनासो छ । देशका ठूला कोल्ड स्टोर्सले सस्तोमा कुखुरा खरीद गरेर गोदाम भर्ने र महङ्गो मूल्मा मासु बिक्री गर्ने गरेका कारण किसान मर्कामा परेका बताइएको छ । यसका साथै अवैध रुपमा भारतीय बजारबाट मासु भित्र्याउदा पनि किसान प्रभावित बनेका पौडेलको भनाइ छ । 

 

यस्तै अवस्था रहे किसानले शुरुमा चल्ला उठाउन बन्द गर्ने, त्यसपछि दाना रोकेर आन्दोलन थाल्ने उनले चेतावनी दिए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्लाको मूल्यमासमेत गिरावट आएको छ । रु ७५ प्रतिगोटा बिक्री हुँदै आएको बोइलर चल्ला रु ५५देखि ६० मा झरेको छ, भने रु १७० मा बिक्री हुँदै आएको लेयर्स चल्ला रु ७५ मा झरेको छ । मासुका मूल्य बजारमा बढी भए पनि किसानले जिउँदो कुखुराको मूल्य कम पाएको पोखरेलले बताए ।

 

बजारमा रु २५० भन्दा बढीमा तयारी मासु बिक्री हुँदासमेत किसानको फर्ममा जिउँदो कुखुराको मूल्य निकै कम रहेको छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष समेत रहेका पोखरेलले अण्डा उत्पादक किसानको आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट आएको बताए । बजार व्यवस्थित हुन नसकेमा दीर्घकालीन रुपमा कुखुरा व्यवसाय प्रभावित हुने साथै किसानबीचको एकता र राज्यले सहयोग गर्नुपर्र्ने उनको भनाई छ । रासस
 

प्रतिकृया दिनुहोस

सामान्य व्यापारीले बिक्री गर्न लैजादै गरेका बोकापाठी पक्राउगरी सशस्त्र प्रहरीद्धारा लिलामी (प्रमाण सहित)

काठमाडौं, २८ मंसिर । सिकेन्दर साह हजुरबुबाको पालादेखि सिरहाको लहानमा बस्दै आएका सामान्य किसान हुन । उनले विगत दश बर्षदेखि पूर्वका विभिन्न ठाउँमा

तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन्

काठमाडौं । खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाई आदि जस्ता कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् । सायद यही

सहकारीका माध्यमबाट कृषिलगायत अन्य क्षेत्रमा १७४८ जनालाई स्वरोजगार

कञ्चनपुर, २७ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम