जुम्लाबाट सत्र करोडको स्याउ बाहिरी

२०७५ मङ्सिर ७ शुक्रबार १४:५७:०० मा प्रकाशित

हलोखबर

halokhabar

जुम्ला ७ मङ्सिर । जुम्लाबाट यस वर्ष रु १७ करोडको स्याउ निर्यात भएकोे छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हन् । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार चार सय टन स्याउ उत्पादन भएकामा दुई हजार तीन सय टन स्याउ निर्यात भइसकेको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब तीन सय व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । 

 

व्यापारीले सरदरमा प्रतिकिलो रु ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत प्रमुख शहरमा निर्यात हुने गर्दछ । यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए । गत वर्ष तीन हजार सात सय टन स्याउ निर्यात भएको थियो । जुम्लाका कूल १८ हजार घरधुरीमध्ये करीब १४ हजार घरधुरीले स्याउ खेती गर्ने गरेकाछन् ।

 

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमीनमा स्याउ खेती गरिदै आएको छ । रासस

प्रतिकृया दिनुहोस

बगर हरियाली बनाउन किसानलाई अनुदान

दाङ, २९ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई

प्रदेश १ ले ल्यायो करोडसम्म कृषि अनुदान प्याकेज

सरकारी व्यवस्था त त्यसै पनि भ्रष्ट र ढिलासुस्ती छदैँछ । सर्वसाधरण जतनाकै उपज हो, यो सरकार पनि । न कि अन्यत्रबाट झिकाएको हो । यिनै जनताको नाडीँ

‘चिक्स होली डे’पछि साना कुखुरा पालक किसान झन आन्दोलित

काठमाडौं, २९ मंसिर । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने वहानामा ठूलो धनराषि खर्च गरिरहेको छ । तर, कुखुराको मासुमा बाहेक कृषिजन्य अन्य