दशपछि गाउँ फर्केका युवाले सुरु गरे बाख्रापालन

२०७५ मङ्सिर ६ बिहीबार २०:२१:०० मा प्रकाशित

‘खर्का बाख्रा फार्म’लाई गण्डकी प्रदेशको नमूना फर्मका रुपमा विकास गरिनुपर्नेमा जोड

    हरि बाँस्तोला 

halokhabar

पोखरा, ६ मङ्सिर : अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गरेका छन् । 

साबिकको माझठाना गाविस–६ (हाल पोखरा महानगरपालिका–२८) का विष्णु बाँस्तोलाले अस्ट्रेलियाबाट ल्याएका दुइटा बोयर जातका पाठापाठीबाट व्यावसायिक बाख्रापालन शुरु गरेका हुन । छोटो समयमा बढी उत्पादन दिने, कोल्डस्टोरको मात्रा कम हुने हुँदा उत्पादन र स्वास्थ्यको लागिसमेत उपयुक्त बोयर जात बाख्राको सङ्ख्या वृद्धि गरी विस्तार गर्दै जाने लक्ष्य राखेको उनले बताए । 

गत वैशाखमा अस्ट्रेलियाबाट २५ केजी पाठी र २७ केजीको पाठोलाई रु पाँच लाखमा खर्चेर ल्याएको जानकारी दिँदै उनले छ महिनाको अवधिमा पाठी ५२ केजी र बोका ६२ केजी तौलको बनेको बताए । जङ्गलको बीच र एकान्त स्थानमा निर्मित अत्याधुनिक खोरमा यतिखेर विभिन्न जातका ३० वटा माहु बाख्रासहित ६० वटा पुगेको बताउँदै उनले हालसम्म बाख्रा पालनमा रु ५० लाख लगानी गरिसकेको बताए । 

उनका अनुसार सञ्चालन गरिएको ‘खर्का बाख्रा फार्म’ मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना राखिएको हो । अस्टे«ेलियाबाट खरीद गरेर ल्याएका शुद्व बोयर जातबाट जन्मेका पाठापाठीलाई प्रतिकेजी जिउँदो दुई हजार २०० र क्रसलाई एक हजार ५०० का दरले बिक्री गर्ने लक्ष्य राखिएको छ । खरीद गरिएका ब्याउने माहु बाख्राबाट जन्मेका बोका बिक्री गर्दै आएको बताउँदै उनले भने, ‘हालसम्म सानाठूला गरी १५ वटा बिक्री गरेर लगभग डेढ लाख आम्दानी गरिसकेको छु, खोरमा हाल चार जनाले आवासीय रुपमा रोजगारी प्राप्त गरेका छन् ।’

बाँझिएको २४ रोपनी जग्गामा आधुनिक खोर निर्माण गर्नाका साथै बाख्राका लागि उपयुक्त मानिने इपिलइपिल, राई खनियोलगायत विभिन्न डाले घाँसका बिरुवा लगाएको र उत्पादनसमेत दिन शुरु गरेको व्यवसायमा सहयोग गर्दै आएका केशव बाँस्तोला बताउछन् । बाख्रा फार्मसँगै ११ घार मौरी र लोकल कुखुरासमेत पाल्न शुरु गरेको बताउँदै उनले सो क्षेत्रमा घरबास कार्यक्रमसमेत सञ्चालन गरेर आगन्तुक पाहुनालाई प्राङ्गारिक तरकारी, मह र मासुको स्वाद चखाउने योजना छ ।

अफ्रिकाको स्थानीय जातलाई युरोपमा ल्याएर विकास गरिएको बोयर जातको बाख्रामा जन्मेको एक वर्षसम्म दैनिक २.३५ ग्रामका दरले मासु वृद्धि हुने र राम्रो व्यवस्थापन गर्न सके एउटा बोका १३० केजीसम्म तौल हुने युवाका लागि नमूना बाख्रा गाउँ अभियन्ता सुशील अर्यालले बताए । उनका अनुसार बोका नगन्हाउने, बोसोको मात्रा कम हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेरका मानिसका लागि पनि उपयुक्त हुन्छ ।

बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदा बोयर जातको बाख्रापालनका लागि नेपाल सरकारले समेत सिफारिश गरेको छ । देख्दा राम्रो र सफासुग्घर तथा शान्त वातावरण रुचाउने सो जातको बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्याउने र एक पटकमा दुई वटा पाठापाठी पाउने गर्दछ । समुन्द्री सतहबाट ८५० मिटर उचाइमा रहेको सो स्थानमा बोयर जातको बाख्रापालनका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उहाँले यस ‘खर्का बाख्रा फार्म’लाई गण्डकी प्रदेशको नमूना फर्मका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । 
सङ्घीय सांसद खगराज अधिकारीले सो बाख्रा फार्मको अवलोकन गरेको जानकारी दिँदै उनले फार्म रहेको स्थानलाई मोटर बाटोसँग जोड्न स्थानीय भौतिक विकास कार्यक्रमअन्तर्गत रु १० लाख विनियोजन गरेको बताए । गाउँमा बाँझिएका जग्गालाई सम्भाव्यता अध्ययनका आधारमा भरपुर उपयोग गर्दै उद्यमशीलताको विकासमार्पmत रोजगार सिर्जना गरी समृद्धिको आधार बनाउनु वर्तमानको आवश्यकता भएको सरोकारवाला बताउँछन् । रासस
 

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्