अर्वन एग्रीकल्चर क्षेत्रमा १८ करोड रुपैया खर्चिने हो भने, उपत्यकाबासीले न तरकारी आयत गर्नु पर्छ, त न वायु प्रदुषणको मार नै खेप्नु पर्छ ?

२०७५ मङ्सिर ५ बुधबार २०:५६:०० मा प्रकाशित

के हो अर्वन एग्रीकल्चर ?

मनोज श्रेष्ठ

halokhabar

९३ प्रतिशत कृषिमा आश्रित  नेपाली जनताको वर्तमान अवस्था सवैलाई जगजायर नै छ । पछिल्लो २० बर्षमा कृषिमा आश्रित दर घटेर ६३/६४ मा आईपुगेको छ । यस देशका राष्ट्रपति विद्यादेवी भण्डारी भने १८ करोडको गाडीमा लोभिन पुगेको समाचार भाईरल भईरहेको छ । यो कति ठिक वा बेठिक भन्ने बहसको कुरा होला । तर, कृषि प्रधानदेशमा जनताले राम्रोसंग खान पाएका छैनन्, तर, हिजोको राज खान्द्यानलाई विर्साउँने राष्ट्रपतिको यस्तो विलासिता कुराले पक्कै पनि जनताले चित्त बुझाउँने ठाउँ छैन ।

यदी, यो रुपैया कृषिजन्य क्षेत्रमा खर्चिने हो भने धेरैको उद्धार हुन्छ । देशभरलाई यो रकम कम होला । तर, उपत्यकामा मात्रै पनि खर्च गर्न सके ठूलो उपलब्धी हुन्छ । यो रकमलाई अर्वन एग्रीकल्चर मा खर्चिन सकिन्छ । अर्वन एग्रीकल्चर अर्थात शहरी खेती । यो अवधारणा नेपालमा पनि भित्री सकेको छ । हुन त शहरमा खुल्ला स्थानहरु सागुरिदो अवस्थामा छ । त्यै पनि अन्य विकल्पहरु नभएका होइनन् । घरका करेसावारी होस वा कौसी । जहाँ पनि तरकारी जन्य बाली लगाउँन सकिन्छ ।

ललितपुर, काठमाडौं र भक्तपुर महानगरपालिकालाई प्रदेश सरकार र स्थानिय नियकाले गठन गरेको छुट्टाछुट्टै शाखाले शहरी खेतीको अवधारणा अघि सारेका छन् । तर, ति निकायलाई बजेट भने खासै छुट्ट्याएको छैन । ललितपुर महानगरलाई कषि र पशुमागरी एक करोड ९५ लाख छुट्याईएको छ । त्यस्तै काठमाडौं र भक्तपुरलाई पनि त्यही हाराहारीमा बजेट विनियोजन गरिएको छ । महानगर बाहेक ललितपुर, काठमाडौं र भक्तपुर जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकामा भने कृषि र पशुमा बजेट केही लाख मात्रै विनियोजन गरिएको छ ।

समग्रमा तीन जिल्लामा साढे ७ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ । यो बजेटले तीन जिल्लाका लागि पर्याप्त होइन । शहरी खेतीमा केन्द्रित यो बजेटले करेसाबारी र कौसीमा आधुनिक तरकारी खेती उब्जनी गरेर उपत्यकाबासीलाई तरकारीमा आत्मनिर्भर बनाउँन सकिने ललितपुर महानगरपालिका, कृषि महाशाखाका प्रमुख केशव अधिकारीले जानकारी दिए ।

उन्नत जातका तरकारीलाई व्यवस्थित तरिकाले कौसी वा करेसाबारीमा लगाउँने हो भने उपत्यकाबासीले अन्यत्रबाट तरकारी आयत गरिरहनु नै नपर्ने देखिन्छ । किनभने यि तीनै जिल्लाले शहरी खेती अन्र्तगत प्रायः सवै कुरामा अनुदान दिने घोषणा गरेको छ । पहिलो कुरा आत्मनिर्भर त हुने नै भयो । दोश्रो कुरा, उपत्यकामा वायु प्रदुषणले आक्रान्त छ । यसको न्युनिकरणको एक मात्रै विकल्प भनेको हरियो रुखविरुवा रोप्नु नै हो । 

अव उपत्यकामा यस्ता बोटविरुवा रोप्ने ठाउँको अभाव छ । तर, यसको विकल्प नै नभएको भने होइन । उपत्यकाबासीले हरेक घरमा कौसी खेती वा करेसाबारीमा सानो खाने फलफुलको विरुवा रोप्ने हो भने अहिलेको वायु प्रदुषणको मात्रा ७० प्रतिशत कम हुने अनुमान गर्न सकिन्छ । 

पछिल्लो केही बर्षलाई हेर्ने हो भने छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलाई उद्हारण लिन सकिन्छ । नयाँ दिल्लीमा हुने वायु प्रदुषणबारे हरेक नेपाल लगभग जानकार छ । त्यसलाई निर्मूल पार्न दिल्लीले अपनाएको हरियो रुख विरुवा रोप्ने अभियानले अहिले दिल्लीको वातावरण मात्रै होइन, स्वरुपले पनि काचुली फेरेको छ ।

सामन्यतय, साग, काउँली, काक्रा, बन्दा, फर्सी, टमाटर, चमसुर, पालुङ्गो, भिन्डी, करेला, खोर्सानी जस्ता तरकारी जन्य कुराहरु कौसीमा लगाउने हो भने आफुलाई खाएर विक्री गर्न समेत पुग्छ । यसकालागि स्थानिय निकायले अनुदान मात्रै नभएर प्राविधिक ज्ञान समेत दिने गरेको छ । विभिन्न किसान समूह बनाएर अन्य थुप्रै लाभ पनि लिन सकिने जानकारहरु बताउँछन् ।

हजारी, हाते ट्याक्टर, ठेला, पाईप, पमसेट, हलो, कुटो, कोदालो जस्ता कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान घोषणा गरेको छ । जागरिला किसानलाई शीप सिकाउँने, भ्रमण लैजाने, विभिन्न प्रशिक्षण दिने जस्ता कार्यक्रम पनि स्थानिय निकायले घोषणा गरेको छ ।

के हो अर्वन एग्रीकल्चर ?
सामान्यतय, शहरमा खाली ठाउँ हुदैन । भएपनि सानो ठाउँहरु मात्रै हुन्छन् । त्यही सानो ठाउँलाइ व्यवस्थित तरिकाले उपयोगगरी विभिन्न कुराहरु उब्जनी गरिन्छ भने त्यसलाई अर्वन एग्रीकल्चर भनिन्छ । यो विधि घरको कोसीमा पनि प्रयोग गर्न सकिन्छ । तरकारी जन्य कुरा फलाउँने ठूलो ठाउँ चाहिदैन । सानो ठाउँलाई राम्रोसंग उपयोग गर्न सक्यो भने त्यही मनग्य उब्जनी गर्न सकिन्छ । अहिले पनि उपत्यकाले यहाँको मागको झण्डै आधा हिस्सा स्थानिय उत्पादनले धानेको छ ।
 

प्रतिकृया दिनुहोस

खाद्य अधिकारबारे धान विज्ञ भोलामानसिंहको पढ्नै पर्ने लेख 

     खाद्य अधिकारको लागि पहिला देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्यो । भनिन्छ, खाए अनुसारको तिमी हुन्छौं । बिगत ५२ बर्षको अवधिमा हरितक्रान्तिले

‘जौको जादू, कोदोको कमाल र फापरको फलिफप’

खानेकुराको प्रसंग आउँदा हामी स्वादको कुरा गर्छौं पहिले । तर, स्वाद केका लागि ? जिब्रोका लागि । निश्चिय नै स्वाद जिब्रोका लागि हो, खाना भने स्वास्थ्यका

यात्रा संस्मरण : कृषि पर्यटनकालागि प्रख्यात मलेसियाको क्यामरुन हाईल्याण्ड

मलेसियाको क्यामरुन हाईल्याण्ड त्यस्तो पहाड हो, जहाँ जाँडो पनि हुन्छ । चार बर्ष पहिले अन्नपूर्ण पोष्ट छाड्ने निर्णय गरियो । त्यसपछि व्यवसायिक कृषि