वीक ईन्ड मेन्यू : घुम्दै खानुको मज्जै बेग्लै

२०७५ मङ्सिर १ शनिबार १२:२८:०० मा प्रकाशित

हलोखबर

halokhabar

घुम्दै खानुको मज्जा

खाना पारखीहरु हप्तै पिच्छे नयाँनयाँ रेष्टुरेन्टको खोजीमा हुन्छन । कतिपय खाना पारखीहरु विज्ञापन हेरेर त कतिपय पत्रपत्रिकामा प्रकाशित खाना समिक्षा हेरेर जाने गर्छन । कतिपय ठाउँमा फोटोमा देखिए अनुसार त कतिपय ठाउँमा लेखिएको आधारमा ग्राहक आउने गरेको अनुभव रेष्टुरेन्ट सञ्चालकहरुको छ । हरेक रेष्टुरेन्टको विशेषता फरकफरक नै पाइन्छ ।
त्यही फरक विशेषता अन्तरगत न्यूरोड, धर्मपथ (पिनट्सको सवैभन्दा माथिल्लो तल्ला)मा अवस्थित इरिभल्भिङ रेष्टुरेन्ट पनि एक हो । यहाँ वसेर खानुको मज्जै अर्कै छ । पृथ्वीले सूर्यलाई परिक्रमा गरेजस्तै यस रेष्टरेन्ट पनि घुमिरहन्छ । प्रत्येक ४६ मिनेटमा एक राउन्ड घुम्ने यस रेष्टुरेन्टमा विशेषगरि भारतीय परिकार पाइन्छ । स्पेशल प्लाटर (भेज र ननभेज), अकवेरी कलामी कबाव, सिख कबाव, मुस्ताज, हरावरा कबाव जस्तो परिकार यहाँका स्पेशल खानामा पर्छन । 
त्यस्तै मम, चाउमिन, बटर नान, थुक्पा, खाना सेट, फ्राई राइस, व्रियानी, गोल्डेन प्राउन, माछाका परिकार पनि यहाँका सवैभन्दावढि चल्ने परिकारहरु हुन । बफ आइटम भन्दा वाहेक प्रायः सवै पाइने यस रेष्टुरेन्टले हरेक आइतवार कपल क्यान्डिल डिनरको व्यवस्था गरेको छ । त्यस दिन आउने कपलहरुमध्ये एक जोडीलाई रेष्टुरेन्टले निःशुल्क खानाको व्यवस्था पनि गराउदै आएको छ। सञ्चालक बद्री खनालका अनुसार यस रेष्टुरेन्टमा आउने ग्राहकहरु उच्च खानदानबाट आउने गरेका छन्। एक पटक आउने ग्राहक नै यहाँका नियमित ग्राहक बन्ने गरेको छ । 
नामै रिभल्भिङ भएको कारण पनि ग्राहकले नयाँ अनुभूति गर्दै खानाको स्वाद चाख्न पाउछन् । ७६ जनाको क्षमता भएपनि बर्थ डे र एनिभर्सरी पार्टी मनाउनेलाई रेष्टुरेन्टले निःशुल्क केकको व्यवस्था मिलाइदिने म्यानेजर संजय श्रेष्ठले वताए । रिज होटेल म्यानेजम्यान्ट कलेज, बालकुमारीबाट व्याचलर (थर्ड सेमिस्टार)मा पोखरा विश्वविद्यालयमा टपर भएका संजय जस्तै उत्कृष्ट होटेल म्यानेजम्येन्टका विद्यार्थीलाई रेष्टुरेन्टले अवसर दिएको छ । 
म्यानेजर संजयका अनुसार यस रेष्टुरेन्टले हाइजेनिक खाने कुरा पस्कने गरेको छ । नेपालमा फास्ट फुड र रेष्टुरेन्टवारे सर्वसाधरणको ध्यान त्यति गएको पाइदैन । फास्टफुड र रेष्टुरेन्टको अर्थवारे संजय अथ्याउदै भन्छन्, ‘फास्टफुड भनेको तयारी अवस्थामा रहेको खानेकुरा खाने वा प्याक गर्ने गरिन्छ। तर रेष्टुरेन्टको अर्थ रेस्ट ओरिन्टेड हुन्छ । अर्थात आराम गरेर खाइन्छ । रेष्टुरेन्टमा कुनै पनि परिकार तयारी अवस्थामा हुदैन । अर्डर गरेपछि मात्रै बनाइन्छ।’ इरिभल्भिङ रेष्टुरेन्टको चारै दिशा पारदर्शी छ । जहाँबाट बसन्तपुर, नयाँ सडक, स्यम्भू र हिमाल देख्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

आहा ! गुन्द्रुकको अचार र लोकल कुखुराको झोलसंग त कुरै छाडौँ

काठमाडौं २७ मंसिर । केहि समयअघि क्वालालाम्पुर, मलेसियास्थित नेपाली चर्चित रेष्टुरेन्ट दी खुकुरीमा लन्चमा ढिँडो लिइरहेका थिए खोटाङ, वुईपाका सन्देश

मातातिर्थ दाक्षीधारास्थित होटेल आउटलुक

हिजोआज खुलेका होटेल तथा रेष्टुरेन्टमा कुनै न कुनै विशेषता हुनेगरेको पाइन्छ। सधैजसो एकै ठाउँमा बसेर खादाखादा वाक्क भएकाहरु कै लागि पनि एकान्त र