तपाईहरुको घरदैलोमा दिदी बहिनीको ‘अग्र्यानिक तरकारी’

२०७५ कार्तिक २८ बुधबार १८:३७:०० मा प्रकाशित

मनोज श्रेष्ठ

halokhabar

काठमाडौं, २८ कात्तिक : कालीमाटी तरकारी बजारमा सरकारले विषादीयुक्त तरकारी विक्रेतालाई कारवाहीको नाटक गरेपछि काठमाडौंमा एकाएक ‘अग्र्यानिक तरकारी’को बिक्रीबितरण बढ्न थालेको छ ।
हुन पनि हो, तरकारीमा यती धेरै विषादी हालिन्छ कि भनेर साध्यै छैन । उपत्यकामा पछिल्लो समय अग्र्यानिक तरकारीको खरिदबिक्री हुनेक्रम बढ्दो छ । यही होडमा देशका विभिन्न स्थानमा रहेका १४ दिदीबहिनीले ‘अग्र्यानिक तरकारी’ बिक्री गर्न थालेका छन् । 
बौद्धस्थित टुसालमा उनीहरुले ह्वाईट लोटस अग्र्यानिक कन्सर्न नेपाल प्रालिबाट देशका विभिन्न स्थानबाट ल्याईएका तरकारीलाई आफ्नो ब्राण्ड नेम दिएर उपत्यकामा बिक्रीवितरण गर्न थालेको दुई वर्ष पुगेको छ । महिला सहयात्रा माईक्रोफाईनान्स, चित्लाङकी समेत अध्यक्ष रहेकी डा. सुमित्रा मानन्धरको नेतृत्वमा स्थापना गरिएको ह्वाईट लोटस ब्राण्डको अग्र्यानिक तरकारी तथा खाद्यन्न समाग्री शहरका विभिन्न स्थानमा उपलब्ध गराउँदै आईरहेको कम्पनी प्रबन्धक विमला सुनुवारले जानकारी दिईन ।
संस्थाका अन्य सदस्यहरुमा उर्मिला श्रेष्ठ, सरिता श्रेष्ठ, छोईङ साङ्मु, निता प्रधान जोशी, शोभा बज्रचार्य, मैना तामाङ, शीला मानन्धर, निरु मानन्धर, शुशिला महर्जन, सम्झना शाक्य र अर्को एक संस्था जीवन विकास इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । उनीहरुले मार्केटिङ रणनीति चुस्त बनाउँने कोसिस गरिरहेका छन् । 
बुधबार राजधानीस्थित भृकुटीमण्डपमा सुरु भएको ह्याण्डीक्राफ्ट एक्जिविसनमा उनीहरुले पनि स्टल राखेका छन् । सोही स्टलमा देशका विभिन्न स्थानबाट झिकाईएको ‘अग्र्यानिक खाद्य सामाग्री’को चाङमा ग्राहकलाई ब्रिफिङ गर्दै थिईन, विमला सुनुवार । आफ्नो कम्पनीको बारेमा जानकारी दिनेक्रममा उनले यो समाचारदातालाई खोटाङबाट ल्याईएको किवी पनि चाख्न दिईन ।
‘हाम्रो उद्देश्य भनेको साविक ७५ जिल्ला कै उत्पादन झिकाएर उपत्यकामा विक्री गर्ने हो’, संचालिका समेत रहेकी विमलाले हलोखबर डट कमसंग भनिन्, ‘तर, सुरुवाती अवस्थामा त्यस्तै १४, १५ जिल्लाबाट खाद्यन्नजन्य सामाग्रीका साथै तरकारीहरु झिकाएर बिक्री गर्दै आएका छो ।’ राजधानीमा उनीहरुको कम्पनीबाट मकैको च्याख्ला, मार्सी चामल, जुम्लाको स्याउँ, ग्रीन टी, दाल, चामल, पिँठो, हर्वल टी, जरिबुढी लगायतका सामाग्रीहरु बढि मात्रामा बिक्री हुदै आएको रहेछ ।
माईक्रो फाईनान्सका अन्य सदस्य तथा उनीहरु आफैले बनाएको च्यानल मार्फत विभिन्न जिल्लाका ‘स्पेशल अग्र्यानिक’ खाद्यन्न तथा तरकारी जन्य सामान ल्याउने गरेको विमलाले जानकारी दिईन । सुरुमा २३ लाखबाट सुरु गरेको यो व्यापारमा अहिले थप २७ लाखगरी कुल ५० लाख लगानी गरिसकेको विमलाले जानकारी दिईन । एक्पोमा ग्राहक आउँदा उनको अनुहार हर्षित हुन्थे । तर, लगानी गरेको दुई बर्षमा खासै नाफा कमाउँन भने नसकेको दावी गर्छिन ।


फेरी समस्या उस्तै, किन्ने ५० मा बिक्री गर्ने ११० रुपैयामा 
संचालिका विमलाका अनुसार नेपालमा यस्ता सामान ढुवानी गर्दा निक्कै समस्या हुन्छ । भौगोलिक अवस्थाका कारण होस वा कम परिमाणमा ढुवानी गर्दा पनि खर्च बढी हुने गरेको उनी बताउँछिन् । जुम्लाबाट किसानसंग मकैको च्याख्ला ५० रुपैयामा उनीहरु खरिद गर्छन । तर, त्यसलाई ढुवानी, प्याकेजिङ सवै गर्दा ११० रुपैयामा बिक्री गर्नुपर्ने हुन्छ, विमलाले भनिन् । यो त एउटा बस्तुको मूल्य मात्रै हुन । कतिपयले ईलाममा एक हजारमा ग्रीन टी खरिद गरेर यहाँ ३ हजारसम्म पनि विक्री गरिरहेका उद्हारण थुप्रै छन् ।
‘विदेशबाट आयात गरिएका खाद्यन्न वा तरकारीको तुलानामा नेपाली अग्र्यानिक सामाग्री महंगो पर्न आउँछ’, विमलाले भनिन्, ‘राम्रोसंग उत्पादन भएका सामाग्री समयमै ल्याउँन सकियो भने मूल्यमा खासै फरक पर्दैन ।’ 
हलोखबरको प्रश्नमा उनी दावाका साथ भन्छिन्, ‘किसानले उत्पादन गरेको तरकारी तथा खाद्यन्न वाली सवै अग्र्यानिक हुन । तर, यसको मतलब अन्य सवैको होइन, हामीले ल्याउँने तरिकारी तथा खाद्यन्न बाली वुझेरै ल्याउँछौ ।’

प्रतिकृया दिनुहोस

झण्डै ५० विगहा जग्गामा टमाटर उत्पादन गर्दै दाङका महिलाहरु (फोटो फिचर)

दाङ, ९ फागुन । महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उद्हारण हेर्नकालागि दाङ गए हुन्छ । किनभने सामान्यतया महिलाहरुले केही गर्दैनन् भन्ने आरोप

मकै सुपरजोन दाङमा यान्त्रीकरणको प्रयोगपछि लागत र समय बचतसंगै उत्पादन वद्धि हुदा स्थानिय हर्षित

दाङ ७ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागू भएपछि दाङमा मकै खेती तुलनात्मक रुपले वृद्धि भएको छ । कृषि

लाहुरे भन्दा चियाको बुट्टामा रमाए लिम्बूको जीवन

इलाम, २ माघ । अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेकाछन्