Wednesday October 18, 2017  
   | 

व्यवसाय

  • युवा लक्षित: पशुपालनतर्फ दुई करोड बढी अनुदान

    स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • बागलुङमा आधुनिक प्रबिधिद्धारा तरकारी खेती

    बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्नुभएको छ । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उहाँले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गर्नुभएको हो ।

  • दोलखाका कृषक किबीखेतीतर्फ आकर्षित

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् ।किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई किबी पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ ।

  • किसानले बगरमा सुन फलाउँदै

    मेहनत गरे मरुभूमिमा पनि सुन फल्छ भन्ने उदाहरण बनेका छन् झापाका बगरखेती गर्ने किसान । नदी छेउका बालुवा थुप्रिएका उपयोग विहीन ती जग्गालाई बगरखेती गर्ने किसानले भाडामा लिएर जग्गामा खरबुजा, काँक्रा, लौका र करेला तरकारी उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

  • किसान खेती परिवर्तन गरी केराखेती गर्दै

    उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् ।

  • कृषि पेसामा विदेशबाट फर्किएका युवादेखि अवकाशप्राप्त सैनिकसम्म

    कृषिको पर्याप्त सम्भावना देखेपछि अवकाशप्राप्त सैनिक र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् । उनीहरु पशुपालन, तरकारीखेती र फलफूलखेती गरी दूध, तरकारी र फलफूल उत्पादन गर्न जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न उनीहरु कस्सिएका छन् ।

  • कृषि स्थायी पेसा

    लिवाङ–६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले वार्षिक रु १६ हजार तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आउनुभएको छ ।

  • खोटाङमा कृषि परियोजना अन्तर्गत पकेट, ब्लक र जोन बनाइने

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे ।

  • पर्वतमा पशु बिमा गर्ने बढ्दो

    पर्वत जिल्लामा आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो । सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।

  • कृषकद्धारा दुग्धको मल्य बढाउन माग

    दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन माग गरेका हुन् ।