Wednesday October 18, 2017  
   | 

व्यवसाय

  • इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

    जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ ।

  • एकसय तीनवटा परियोजनालाई चालिस करोड तीस लाख सहयोग

    कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ ।

  • मनाङको अर्गानिक आलु काठमाडौंमा

    बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ । मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन । जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले ।

  • जडीबुटी टिमुर लोप हुँदै

    महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन ।

  • किसान मौरीपालनतर्फ आकर्षित

    जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।

  • चितवनलाई दूधमा आत्मनिर्भर बनाउन पहल

    जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो ।

  • भरपर्दो भैसी पालन

    नेपालमा कूल १७ लाख मेट्रिक टन दूध भैसीले मात्रै दिन्छ । यो मात्रा भनेको कूल दूध उत्पादनको ७० प्रतिशत हुन आउछ । त्यस्तै मासू मात्रै तीन लाख मेट्रिक टन भैसीको खपत हुने गरेको छ । झट्ट तथ्याड्क हेर्दा साच्चै भैसी पाल्न प्राय किसान उत्साहित हुन्छन् ।

  • सुदूरपश्चिमका स्याउ गाउँमै थन्किन बाध्य

    सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ ।

  • तरकारी खेतीबाट मनग्य आम्दानी

    शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ ।

  • चिया नीति कार्यान्वयन हुन सकेन

    इलाम, ३० साउन । राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन..