Thursday September 21, 2017  
   | 

कृषि अनुदान

  • त्रिशूलीका किसान बंगुरपालनतर्फ आकर्षित

    जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ ।

  • किसान मौरीपालनतर्फ आकर्षित

    जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।

  • सुदूरपश्चिमका स्याउ गाउँमै थन्किन बाध्य

    सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ ।

  • तरकारी खेतीबाट मनग्य आम्दानी

    शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ ।

  • पाँचथरमा व्यावसायिक गोलभेँडा खेती

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३/०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

  • भेडापालक कृषकका लागि अनुदान

    पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

  • अनुदानको करोडौँ रकम त्यसै फिर्ता

    जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत परशुराम यादव यस वर्ष अनुदानका कार्यक्रममा न्यून प्रगति भएको बताउनुहुन्छ । “जोसँग जग्गा छ, प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकासँग जग्गा छैन, त्यसैले क्षेत्र विस्तार हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

  • कञ्चनपुरमा केराको बिरुवा वितरण

    किसानले दश कट्ठादेखि डेढ बिघाका दरले गरी दश बिघा खेतमा केराका बिरुवा रोपेका एमडीरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो । महिलाको आयस्तरमा वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि वैज्ञानिक विधिबाट बढी फल्ने जातका केराका बिरुवा उपलब्ध गराएका छौँ” उहाँले भन्नु भयो ।

  • किसान ट्राउट माछापालनप्रति आकर्षित

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् ।

  • पोखरामा कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

    कास्कीको पोखरा–लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।