Wednesday July 18, 2018  
   | 

राष्ट्रिय समाचार

  • माछापालनका लागि चार करोडको अनुदान

    जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै रु चार करोड अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको हो ।

  • स्वदेशमै कृषि उद्यम गर्न राज्यमन्त्रीकोे अनुरोध

    विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयअन्तर्गत व्यावसायिक कृषि तथा व्यापार आयोजनाको (प्याक्ट) र प्राक्टिकल एक्सन नेपालको सहयोगमा स्थापना गरिएको नाफा वितरण नगर्ने कम्पनीको रुपमा स्थापना गरिएको यस केन्द्रले आजदेखि कार्य सञ्चालन गरेको छ ।

  • सेवा विस्तार गर्दै स्मार्ट टेलीकम

    दुरसञ्चार बजारमा अर्को प्रतिस्पर्धीका रुपमा हेरिएको स्मार्ट टेलीकमले आफ्नो बलियो उपस्थितीको तयारी गर्दै विश्वमा भित्रिएको पछिल्लो दुरसञ्चार प्रविधिसमेतको जडान र प्रयोगको तयारी गरिरहेको छ ।

  • पशुपक्षी मन्त्रालयमा श्रीप्रसाद जगेबु

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहनुभएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गर्नुभएको छ ।

  • ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु

    ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । विशेषगरी कृषि, ऊर्जा, यातायात, पूर्वाधारका विषयमा छलफल केन्द्रित रहने बताइएको छ । विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्न सम्मेलनले सघाउ पु¥याउने आयोजकले बताएका छन् ।

  • कृषिमा आधुनिकीकरणको खाँचो

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेसा साँच्चिकै पेसा बन्न नसकेको बताउनुभएको छ । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उहाँले अत्याधुनिक प्रविधि भित्र्याउँदै व्यावसायिक र आधुनिकीकरणको खाँचो रहेको औँल्याउनुभयो । कामै नगर्ने, अनि पेसा चाँहि कृषि हो भनेर भन्ने चलन छाड्नुपर्छ ।

  • कृषि बिमा प्रति कृषक अझै बेखबर

    बिमा कम्पनीको बेवास्ता, बिमा प्रतिनिधिको निष्क्रियता, कृषक नै बिमाका बारेमा बेखबर हुनु र सम्बन्धित निकायबीच समन्वयको कमीका कारण बिमा कार्यक्रममा लक्षित वर्गको पहुँच पुग्न सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश कृषकले बिमा गर्ने र क्षतिपूर्ति पाउने प्रक्रियाका बारेमा थाहा पाएका छैनन् ।

  • दोलखामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन

    कृषि पेसालाई आधुनिकीकरण गराई कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको कृषि विकास कार्यालय बागवानी विकास अधिकृत मनोहर कडरियाले बताउनुभयो । परियोजना अवधिभरको कुल अनुमानित लागत रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रहेकामा आर्थिक वर्ष २०७३/७४ का लागि रु पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

  • फलफूलमा आत्मनिर्भरको योजना अलपत्र

    रकारले फलफूल दशक सञ्चालन कार्यविधि तयार गरेको भए पनि कार्यान्वयनमा कुनै छनक देखिएनको छैन फलस्वरुप फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत देखिएको छ । गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आव २०७३/०७४ देखि आव २०८२/०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो ।

  • म्याग्दीमा कृषि परियोजना सुरु

    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।