Tuesday October 23, 2018  
   | 

राष्ट्रिय समाचार

  • नेपाल पोल्ट्रीमा आत्मनिर्भर

    नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औं साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज चितवनको रामनगरमा सम्बोधन गर्नु हुँदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो ।

  • जलवायु परिवर्तन सम्बन्धी समयमै सचेत बनौं

    हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देखिएको छ । सदरमुकाम दुनैमा आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक कार्यक्रममा सो जानकारी गराइएको हो ।

  • जग्गा कित्ताकाटको निर्णय खारेज गर्न किसानको माग

    गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक मात्र जग्गा कित्ताकाट गर्न पाउने गरेको निर्णय खारेज गर्न सरकारलाई संर्घष समिति पर्साका संयोजक ज्योतिलाल कलवारले आग्रह गरका हुन् ।

  • भैँंसीबारे अन्तर्राष्ट्रिय संगोष्ठी हुने

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

  • कृषिसम्बन्धी लागि सूचना तथा सञ्चाजर प्रविधि नेपाली संस्थाद्धारा अमेरिकी डाटा-ड्रिभन फार्मिङ अवार्ड प्राप्ता

    अमेरिकी सरकारको फिड द फ्युरचर कार्यक्रमले गत बिहिबार आफ्नो विश्व्या्पी डाटा-ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्वयभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ ।

  • गाईको गौमुत्रबाट औषधि उत्पादन

    बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ । जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् ।

  • इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

    ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् ।

  • बाढीप्रभावित किसानलाई शतप्रतिशतसम्म राहत

    कृषि विकास मन्त्रालयले बाढीप्रभावित किसानलाई राहत उपलब्ध गराउने भएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी एक अर्ब २५ करोड पाँच लाख मूल्यबराबरका १२ वटा राहत कार्यक्रम उपलब्ध गराउने घोषणा गरेको छ ।

  • कृषि क्षेत्रमा आठ अर्ब बढीको क्षति

    देशका विभिन्न भू-भागहरुमा गएको बाढी र पहिरोका कारण ८ अर्व ११ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । विषेशगरी तराई तथा भित्री मधेशका अधिकांश भू-भागहरु जलमग्न हुँदा पशुचौपाया, खाद्यान्नबाली, खेतियोग्य जमिन लगायमा ठूलो क्षति भएको हो ।

  • सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु

    जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।