Tuesday October 16, 2018  
   | 

मूख्य समाचार

  • चौबिस बिघामा आलु खेती

    धनगढी, १६ मङ्सिर । कैलालीको गदरिया गाविस–९ सामरचौरा गाउँका ४० भन्दा बढी किसानले २४ बिघा जग्गामा व्यावसायिक आलु खेती गरेका छन् । बिगतका वर्षसम्म आफ्नो घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका किसानले भारतबाट आपूर्ति हुने आलुबाट गुजारा चलाउनुपर्ने अवस्था हटाउन आलु उत्पादनमा लागेको बताएका छन् ।

  • उखु किसान आन्दोलनमा उत्रिए

    नवलपारासी । नवलपरासीका उखु किसान चिनी उद्योगलाई उखु दिन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । पुरानो भुक्तानी नपाएर थलिएका उखु किसान यस पटक अघिल्लो वर्षको बाँकी..

  • ४० घारमौरी अनुदानमा वितरण

    गुल्मी। जिल्ला कृषि विकास कार्यालय गुल्मीले गोलो सहितको ४० घारमौरी लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था वामीलार्ई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कार्यालयको नियमित कार्यक्रम अन्र्तरगत कार्यालयले लक्ष्मीनारायण महिला कृषि सहकारी

  • वैज्ञानिक नहुँदा कृषि अनुसन्धान प्रभाबित

    लुम्ले(कास्की)- क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कास्की लुम्लेले पशुमा लाग्ने रोग तथा जातको अनुसन्धान गर्छ। तर, सोही केन्द्रमा पाँच भेडाच्यांग्रा मरे, पशुमा लाग्ने रोगको अनुसन्धान केन्द्रमै उपचार नपाए भेडाच्यांग्रा मरे पछि त्यहाँका कर्मचारी नाजवाफ छन्।

  • कृषि फार्म दर्ता अभियान

    कास्की । वास्तविक किसान पहिचानका लागि कास्कीमा व्यवसायिक कृषि फार्म दर्ता अभियान सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीले यहि आर्थिक वर्षदेखि यो अभियान सञ्चालन गरेको हो ।

  • चौँरीपालन व्यवसाय घट्दै

    मुस्ताङ, ११ मङ्सिर । मुस्ताङमा चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएको छ । तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय परम्परागत हुँदा यसप्रति किसानको आकर्षण बढ्न नसकेको हो ।

  • संविधान कार्यान्वयन गर्न चुनौति रहेको: सञ्चारमन्त्री

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जारी गरिएको नयाँ संविधानलाई कार्यान्वयन गर्नु नै मुख्य चुनौति रहेको बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ र एसियाली प्रसारकहरुको विकासमा कार्यरत संस्था एआईबिडीको

  • ‘बाँच्न र पढ्न देऊ’ नाराका साथ पाँच लाखको मानव सांङलो

    काठमाडौं । तराई मधेसमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले आज काठमाडौ चक्रपथमा मानव साङ्लो प्रर्दशन गरिएको छ ।

  • अब सरकारी ८ वटा पम्पबाट मात्रै पेट्रोल वितरण गरिने

    काठमाडौं । सरकारले आजदेखि सरकारी पम्पबाट मात्रै पेट्रोल वितरण गर्ने भएको छ । साझा पम्प, प्रहरी, सेना, नेसनल ट्रेडिङ लगायत आठ वटा सरकारी पम्पबाट मात्र पेट्रोल वितरण गर्ने वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले जनाएको छ । डिजेल भने निजी पम्पबाट पनि वितरण गरिनेछ ।

  • ५ जिल्लाको सीमाँकनमा जनमत संकलन गरे मुलुक झनै अप्ठ्यारेमा पुग्ने: यादव

    काठमाडौं ।। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवादित बनेका पाँच जिल्लाको सन्दर्भमा जनमत संग्रह गर्ने हो भने मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले जनमत संग्रहले समस्याको हल नगर्ने भन्दै अहिलेको समस्या पाँच जिल्लाको नभई पूर्वका दुई र सुदुरपश्चिमका दुई नेताको समस्या भएको जिकीर गर्नुभयो ।