Wednesday July 18, 2018  
   | 

मूख्य समाचार

  • कृषिका लागि भूमि र भूउपयोग नीति आवश्यक: कृषिमन्त्री खनाल

    काठमाडौं । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।

  • आलुको बीउबाट लाखौं आम्दानी

    काठमाडौं । पछिल्लो समय किसानले आलुको बीउ बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गर्नु भएको हो ।

  • सप्तरीमा कृषि सामाग्री वितरण

    काठमाडौं । जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।

  • सामूहिक रुपमा गाईपालन

    काठमाडौं । महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ । उक्त समूहले प्याक्टको रु ३४ लाख ९९ हजार अनुदान तथा आफ्नो रु ३६ लाख ४४ हजारको लागतमा गाईपालन व्यवसायमा शुरु गरेको हुन् ।

  • झापामा घिउको मूल्य घट्यो

    काठमाडौं । झापामा घिउको मूल्यमा कमी आएको छ । दूध, घिउ, दही, पनिरलगायत वस्तुमा आत्मनिर्भर बन्दै गएको भएतापनि अहिले घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका हुन् ।

  • मोरङमा कृषि तथा औद्यौगिक मेला लाग्ने

    काठमाडौं । मोरङमा कृषि तथा औद्यौगिक दश दिने मेला लाग्ने भएको छ । ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको हो ।

  • चेतनाको अभावमा आलु उत्पादन कमी

    काठमाडौं । आलु उत्पादनका हिसाबले दोस्रो र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । तर आलुबाट किसानले भने जस्तो आम्दानी लिन सकेका छैंनन् । गुणस्तरीय आलुको बीउ रोप्नुपर्छ भन्ने ज्ञान नहुँदा किसानले आलुबाट प्रसस्त आम्दानी लिन नसकेका हुन् ।

  • अलैँची विकास बोर्ड गठन हुने

    काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने बताउनुभएको छ । 

  • किसान चैते धानतर्फ आर्कषित

    काठमाडौं । चितवन जिल्लाको पूर्वी क्षेत्रमा यति बेला चैते धान लगाउने चटारो शुरु भएको छ । चैते धानको उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ ।

  • घर आँगनमै तरकारी: कृषिमन्त्री खनाल

    काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो–“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ ।