Wednesday July 18, 2018  
   | 

मूख्य समाचार

  • व्यावसायिक पशुपालन गर्ने किसानलाई सहुलियत दरमा ऋण

    पशुपालक कृषकलाई अनुदान दिन सरकार तयार रहेको बताउदै मन्त्री मानवीले अनुदान पाउनका लागिमात्रै फर्महरु सञ्चालन गर्नेहरुमाथि भने अब सरकार कडा नीति अगाडि सार्ने योजनामा रहेको बताइन् ।

  • कृषिको विकास सरकारको प्राथमिकता

    कृषि मन्त्री हरिबोल गजुरेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्रान्तिलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री गजुरेलले आधुनिक र व्यावसायिक खेती प्रणालीको विकास र विस्तारका लागि सरकार प्रयासरत रहेको छ भन्नुभयो ।

  • नेपाल व्यावसायिक बोधिचित खेती

    बोधि + चित यी दुई शब्दहरु मिलेर बनेको छ । जसको अर्थ बोधि अर्थात स्वच्छ बुद्धि र चित अर्थात मन । यसको समग्र अर्थ भन्नुपर्दा स्वच्छ सफा मन र बुद्धिको लागि यो माला बहुउपयोगी हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास मालाको जप गरेमा राम्रो लाभ हुने धार्मिक विश्वास रहेको छ ।

  • मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच कम्प्याक्ट डेभलपमेन्टसम्बन्धी छलफल

    अमेरिकी सरकारको मिल्लेंनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसीसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्‍ता नेपालको भ्रमण गर्नुभएको छ ।

  • सामूहिक कृषि उत्पादनमा जुट्दै काँडेवास

    जिल्लाको काँडेवासका किसान सामूहिक कृषि उत्पादनमा जुटेका छन् । विभिन्न समूहमा आबद्ध यहाँका किसान विभिन्न पेसामा व्यावसायिक बन्न थालेका हुन् । काँडेवास गाविसमा मात्रै पछिल्लो दुई वर्षको अवधिमा करिब रु ५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरिएको छ ।

  • लसुनको मूल्य वृद्धि

    करिब ६ महिना अघि प्रतिकिलो रु १५० मा पाइने लसुनको मूल्य हाल रु ३२५ पुगेको छ । असन, जमल, गङ्गबु, मरु आदि क्षेत्रमा लसुनको मूल्य पसलैपिच्छे फरक-फरक रहेको पाइएको छ । खुद्रा रुपमा खरिद गर्दा लसुन प्रति पाउ रु ६० देखि रु ८० सम्म पर्छ ।

  • परम्परागत कृषि साधन विस्थापित हुँदै

    कृषिमा यान्त्रिकीकरणको प्रयोगले परम्परागत उत्पादनका साधन विस्थापित हुन थालेका छन् । कृषिमा भएको यान्त्रिकीकरणले समयको बचत हुनुका साथै उत्पादनमा वृद्धी तथा कृषि उत्पादनमा लागतसमेत घटेको किसानले बताएका छन् ।

  • बाँस खेती अभियानमा जोड

    बाँसको उपयोगिता महत्वपूर्ण हुने र यसले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले बाँस खेतीलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

  • युवा किसानलाई १ करोड ब्याज अनुदान

    युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थालेको छ । हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाा ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि राष्ट्र बैंकले ९७ लाख रुपैयाा ब्याज अनुदान दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

  • मन र धन दुवैले धनी

    सन् १९९० को दशकमा उनले अपार्टमेन्ट, भोडका र तेल बेचेर व्यापार सुरु गरेका थिए । पछि जग्गामा लगानी गर्दै कृषि–औद्योगिक होल्डिङ कम्पनी ‘रुसाग्रो’ खडा गरे । मोस्कोभिचको अथक मिहिनेतले यो कम्पनी रुसकै सबैभन्दा बढी चिनी उत्पादन गर्ने कम्पनी बन्न पुग्यो ।