Sunday April 22, 2018  
   | 

मूख्य समाचार

  • मोरङका युवा आफैं रोजगारीको सृजना गर्दै

    काठमाडौं । मोरङका युवा गाउँमा आफैं कृषि व्यवसाय गरी रोजगारीको सृजना गर्न थालेका छन् । राम्रो कमाईको मोहमा परि दैनिक युवा वैदेशिक रोजगारी लागि पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका बन्नु भएको छ ।

  • नेपाल पोल्ट्रीमा आत्मनिर्भर

    नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औं साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज चितवनको रामनगरमा सम्बोधन गर्नु हुँदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो ।

  • माछाको सुकुटीको माग बढ्दो

    काठमाडौं । माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेका सहनी समुदायको आम्दानी बढ्नुका साथै जिवनस्तर समेत सुध्रिउको छ । परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदायले व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका हुन्।

  • जिरो टिलेज प्रविधिबाट गहुँखेती

    काठमाडौं । खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दै आएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् ।

  • अनुदानमा मकैको बीउ वितरण

    काठमाडौं । जिल्ला कृषि विकास कार्यालयल पर्वतले चालू आर्थिक वर्ष २०७४÷७५ मा कृषकलाई तेह्र हजार तीनसय किलो मकैको बीउ वितरण गरिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो ।

  • इलाममा पशुमा कृत्रिम गर्भाधान गराउने बढ्दो

    काठमाडौं । पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्या इलाममा बढ्दै गएको छ । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानको आर्थिक स्तरमा समेत सुधार आएको छ ।

  • बालीमा लाग्ने सबै कीरा शत्रु होईनन्

    काठमाडौं । बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा तालिम संचालन भएको थियो ।

  • माघमा कृषक धान रोप्न व्यस्त

    काठमाडौं । माघमा महिनामा पनि किसान धान रोप्न व्यस्त देखिएका छन् । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनीमा माघ महिना पनि किसान जाडो नमानि खेतमा धान रोप्न ब्यस्त रहने गरेका हुन् । माघमा रोपेको धान वैशाख अन्तिममा काट्ने गरेका छन् ।

  • सिँचाइका लागि ट्युबवेल जडान

    सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३/७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दिनुभयो ।

  • तरकारीमा विषादीको प्रयोग कम हुँदै

    काठमाडौं । कृषक र उपभोक्तामा आएको जनचेतनाका कारण तरकारीमा विषादीको प्रयोग कम हुँदैं गएको पाईएको छ । देशका विभिन्न तरकारी बजारमा नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम हुँदै गएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।