Monday May 21, 2018  
   | 

मूख्य समाचार

  • सैनामैनाका कृषकलाई अनुदान

    काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • केरा खेतीमा लाखौंको क्षति

    काठमाडौं । यस बर्ष हावाहुरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लगाएको केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो ।

  • आलु उत्पादनमा कमी

    काठमाडौं । किसानले यसवर्षको भने जस्तो आलुको मूल्य पाँउन सकेको छैंन । काभ्रेपलाञ्चोकका किसान विगतको तुलनामा आलु कम फल्नु हुनुका साथै उचित मूल्य पनि नपाएपछि चिन्तित बनेका छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ आलु उत्पादन कम भएको बताउनुहुन्छ ।

  • मोरङमै उन्नत जातका खसीबोका

    काठमाडौं । मोरङ जिल्लामा खसी र बोकाको व्यावसायिक कारोबारका लागि उन्नत जातका विदेशी नश्लका खसी बोका र पाठापाठीको उत्पादन विक्री वितरण शुरु भएको छ । रंगेली नगरपालिका अन्तर्गत दर्बेसा –८ स्थित सावित्रा बाख्रा फार्ममा अस्ट्रेलियाको बेयर जातका बोका र भारत राजस्थानको बारबरी जातको बोका खरिद गरी स्थानीय बाख्रालाई गर्भाधान गराई उन्नत जातको पाठापाठी उत्पादन तथा बिक्री वितरणको कारोबार भइरहेको उक्त फार्मका सञ्चालक फणिन्द्र सुवेदीले जानकारी दिनुभयो ।

  • रैथाने बाख्रापालनबाट लाखौं आम्दानी

    काठमाडौं । बाख्रापालनबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् । रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

  • असिनापानीबाट चार करोड बढीको क्षति

    काठमाडौं । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ ।

  • कृषिलाई आधुनिकीकरण गर्न राष्ट्रपतिको जोड

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुभयो । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

  • स्याङ्जाका युवा सामूहिक पशुपालन गर्दैं

    काठमाडौं । युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हन् । उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेका छन् ।

  • गाउँमै जैविक विषादी बनाउदै

    काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आप्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ ।वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि उहाँले मौसमी वनस्पतिको खेती गर्नुभएको हो ।

  • किसानको जीवनस्तर उकास्ने प्रयास

    काठमाडौँ । राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था ९टिटिएस० ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।