Tuesday October 16, 2018  
   | 

कृषक

  • खेतबारीमै कृषक पाठशाला

    प्यूठान, २४ पुस । जिल्लाका पाँच गाविस र एउटा नगरपालिकाका कृषकले आफ्नो खेतबारीमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले कृषक पाठशालामार्फत सिक्दै उत्पादन गर्न सुरु गरेका छन् ।

  • कृषि उद्यमी तुलसा राईको प्रश्नः यही देशमा बसौं कि, विदेश जाउँ ?

    ‘यो वर्ष एक करोडको उत्पादन गर्ने लक्ष्य राखेको थिँए । उत्पादन त करोड भन्दा बढी कै भयो, तर देशको अवस्थाले गर्दा ६० लाखको विक्रि गर्न पनि धौ धौ परयो ।’ निराश अनुहारमा उनले भनिन्, ‘भाई म त दोधारमा पो छु । यही देशमा बसौं कि विदेश जाउँ ।’

  • रु पाँच करोडको सुन्तला बिक्री

    बागलुङ, २० पुस । सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् ।

  • तरकारी खेतीबाट १९ जना पाल्दै

    पुस २० । बेलौरी नगरपालिका ४ बुटावारीका ४४ वर्षीय अमृत चौधरी अपांगता भएका व्यक्ति हुन् । उनको दायाँ खुट्टा राम्ररी चल्दैन । कुनै बेला हिँडडुल गर्नै समस्या हुन्छ । उनले सबलांगझै काममा खटिएर १९ जनाको परिवार पालेका छन् ।

  • खोरेत रोगविरुद्ध खोप लगाउन सुरु

    इलाम, १५ पुस । जिल्ला पशुसेवा कार्यालयले इलामको मावुको विखेभञ्ज्याङ र कालपोखरी क्षेत्रका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएपछि प्राविधिक खटाएर खोप लगाउन सुरु गरेको छ । करिब दुई सातादेखि सो क्षेत्रमा खोरेत रोग फैलिएर पशुचौपाया बिरामी पर्न थालेपछि कार्यालयले प्राविधिक खटाएर सङ्क्रमित पशुमा खोप लगाउन सुरु गरेको हो ।

  • उखुको भुक्तानी १९ करोड अझै बाँकी

    परासी, १४ पुस । नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् । जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब रु १९ करोड उनीहरुले अझै भुक्तान लिन बाँकी रहेको छ । उद्योगहरुले प्रति क्विन्टल रु ४३६ को दरले अघिल्लो वर्षको रकम बल्ल दिन

  • तरकारी व्यवसायमा भण्डारी सफल

    रामपुर (पाल्पा), १३ पुस । दुई दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न जिल्लाको मदनपोखराका अगुवा किसान धु्रवप्रसाद भण्डारी यतिबेला जिल्लामै तरकारीखेतीबाट प्रख्यात बन्नुभएको छ । भण्डारीले बजारको मागअनुसार तरकारी लगाएकै कारण उहाँको घरमा दिनहुँ व्यापारिको भीड लाग्ने गर्दछ ।

  • लमजुङमा चौथो अलैँची महोत्सव

    लमजुङ, १३ पुस । पछिल्लो समय अलैँचीखेतीले ख्याती कमाएको जिल्लाका किसानले चौथो अलैँची महोत्सव मनाएका छन् । चार वर्षदेखि मनाइँदै आएको महोत्सव यसवर्ष भुलभुले गाविस–९ तारचोकमा आयोजना गरिएको हो । अलैँची खेतीको महत्व, सम्भावना र फाइदाकाबारेमा जानकारी गराउँदै जिल्लालाई अलैँची पकेटक्षेत्रको

  • लोप हुँदै ढिँकीजातो

    पाल्पा, १२ पुस । परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको लोप थालेको हो । मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र अमिलो पेल्न कोलसमेत आधुनिक प्रविधिको

  • युवाहरूले खोले जडीबुटी प्रशोधन केन्द्र

    गोरखा, ११ पुस – गोरखाको ताङ्लीचोक गाविस–४ स्थित पातीस्वाँरा गाउँका युवाले जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । आटिमिसिया (एक प्रकारको जापनिज बिरुवा) प्रशोधन गरी औषधि उत्पादन गर्न ३० लाख रुपैयाँको लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो । जापानमा बसेर फर्केका स्थानीय माकी गुरुङको