Sunday January 21, 2018  
   | 

कृषक

  • लहानमा रासायनिक मलको अभाव

    लहानमा हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुँदा सिरहाका किसानहरू चिन्तित बनेका छन् । धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हुँदा किसानहरू चिन्तित बनेका हन् ।

  • चौँरी गोठ बेँसी झर्न थाले

    इलाम जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो ।

  • तरकारी बजारीकरणमा समस्या

    म्याग्दीका जलजला गाउँपालिका–६ शालिजाका कृषकले उत्पादन गरेका तरकारी बजारीकरण गर्न समस्या भएको छ । तरकारी खेतीलाई प्राथमिकता दिएका जलजलाका कृषकलाई यातायातको असुविधाका कारण समस्या भएको हो ।

  • कृषिमा आधुनिक प्रविधि बढ्दो

    कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट्याक्टरको प्रयोग गर्न थालेका छन् । खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको अर्का कृषक ऋषिराम अधिकारीले बताए

  • आलुको ब्राण्ड निर्माणमा कृषक

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रलाई आलुको ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न यहाँका किसान जुटेका छन् । किसान कै सक्रियतामा आलु जोन समिति गठन गरी एक हजार ४७० कृषकको १४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती शुरु भएपछि कृषक आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा जुटेका हन् ।

  • बारामा आलुखेती वृद्धि

    बारामा यस वर्ष कुल सात हजार ५०० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा परेको अबिरल वर्षासँगै आएको बाढीले धानखेती नष्ट भएपछि कृषकले थप आलुखेती गरेका थिए ।

  • बेमौसमी काँक्रो बजारमा

    क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् । पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याएका हुन् ।

  • अदुवाको परिकारबाट लाखौँ आम्दानी

    अदुवाको मूल्य भनेजस्ता नपाएर अधिकांश किसानको बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर इलामकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन् । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरेका हुन् ।

  • अनुदानमा तरकारीको बेर्ना

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

  • अलैँचीको मूल्यमा भारी गिरावाट

    तेह्रथुम म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ९४० किलो० रु २५ हजारको दरले खरिद गरे । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन् ।