Tuesday April 24, 2018  
   | 

कृषक

  • परम्परागत खेतीले उत्पादन घट्दै

    पहिले घर नजिकै सोतर, स्याउला र घाँस प्रशस्त पाइने गरिन्थ्यो । एकै बसाइमा गएर ल्याउन सकिने यी वस्तु अहिले वनजङ्गल गएर ल्याउन दिनभरि लाग्छ । वन मासिँदै जाँदा यस्तो समस्या आएको शाहीको भनाइ छ ।

  • अनुदानको लागि कृषक छनोट

    म्याग्दी, १५ माघ । युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानका लागि जिल्लामा यो वर्ष ६० जना युवा छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले २१५ निवेदनमध्ये युवा लक्षित कार्यक्रमका लागि उनीहरुलाई छनोट गरेको हो ।

  • भिसा रद्द गरी गाउँमै बाख्रापालन

    हेफर इन्टरनेशनलको सहयोगमा इन्प्रेड नेपालले सञ्चालन गरेको उद्यम सवलीकरण परियोजना मार्फत धनकुमारीले उपहारका रुपमा १० वटा बाख्रा लिएर व्यवसाय शुरु गर्नुभएको थियो ।

  • किबी व्यावसायिक खेती बन्दै

    फलेवास, १४ माघ । परीक्षणका रुपमा सुरु गरिएको किबीखेती सफल भएपछि यहाँका एक किसानले पशु चौपाया बिक्री गरेर किबीमा लगानी गरेका छन् । लेकफाँट–७ का कृष्णबहादुर रञ्तिजाले करिब रु तीन लाखको लगानीमा किबीको व्यावसायिक खेती थाल्नु भएको हो ।

  • मौरीपालन बर्षेनी रु ५ लाख आम्दानी

    विराटनगर, १३ माघ । मोरङको लेटाङ भोगटेनी–६ का कमल राई मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उहाँको जीवनशैली नै फेरिएको छ । मौरी व्यवसायबाट बर्षेनि सरदर रु पाँच लाख आम्दानी भएपछि उहाँको जीवनशैली नै फेरिएको हो ।

  • किबीबाट वार्षिक रु ६ लाख आम्दानी

    किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ ।

  • तरकारी खेतीमा बढ्दो आकर्षण

    माघ १०, सरकारले कृषि क्षेत्रमा लाग्न युवाहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यले विभिन्न राहत तथा अनुदानका कार्यक्रमहरू ल्याएपछि तरकारी खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । खाडी मुलुकमा ५ वर्ष बिताएर स्वदेश फर्किएका गीतानगरका गणेश भण्डारीले तरकारी खेती सुरु गरे ।

  • मुक्तकमैयाद्धारा च्याउखेती

    भीमदत्तनगर । एक दशकअघि कञ्चनपुरको सुडामा साहुको खेतमा काम गरेर छोराछोरीको स्याहारमा जुटेकी मुक्तकमैया सुनिता चौधरी हिजोआज च्याउखेती गरेर गाउँमा व्यवसायीका रुपमा चिनिन थालेकी छन् ।

  • विदेशबाट फर्किएका युवा गाउँमै व्यावसायिक पशुपालन र तरकारीखेती गर्दै

    म्याग्दी, ८ माघ । म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् । रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेतीमा लागेपछि गाउँकै मुहार फेरिएको छ ।

  • केरापछि माछा व्यवसायमा सफल अम्बिका अधिकारी

    उनलाई पोखराको केरा खेतीले घाटा लगायो । तर पोखरामा बस्दा उनले माछाको बजार बुझे । त्यस पछि साथीसंगै मिलेर उनले नगरपालीकाको स्वामित्वमा रहेको २ सय ८० रोपानीको खोष्टे ताल भाडामा लिएर माछा पाल्न शुरु गरे ।